वाम एकता पद केन्द्रित होइन


काठमाडौं । दुई ठूला कम्युनिस्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल हुँदै पार्टी एकताको तयारी भएको छ । अहिले मुलुकमा प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनबाट जनादेश पाएर वाम गठबन्धन सरकार निर्माणको तयारीमा छ । यसले जनतालाई खुसी र आशावादी बनाएको छ भने मुलुकको उन्नति प्रगती र समृद्धि नचाहानेहरूलाई आक्रोशित तुल्याएको छ । उनीहरूले यो गठबन्धनलाई अधिनायकवाद र अनिष्टको संकेतसम्म भनेका छन् । यो आफू मिल्दा पवित्र हुने अरु मिल्दा अपवित्र देख्नेहरूको दृष्टि दोष हो । वाम एकताको चर्चा र बहस लामो समयदेखि चल्दै आएको हो । तर, यसले परिपक्वता हाँसिल गर्न पाएको थिएन । वाम राजनीतिमा बुझाईको अन्तर भएको कारण यसले मूर्तरूप लिन सकेको थिएन । अहिले समय परिपक्व भएको महसुस आम वामले गरेका छन् । विचार र सिद्धान्त मिल्ने दलहरूका बीच एकता हुनुलाई स्वभाविक मान्नुपर्छ । यसअर्थमा बाम एकतालाई शंकाको दृष्टिले हेर्नुको कुनै तुक छैन ।


मुलुकमा दलहरू धेरै हुँदा र राजनीतिक मूल्य, मान्यता एवं सैद्धान्तिक धरातलमा नहिंड्दा राजनीतिक अस्थिरता बढेको बेला ठूला वाम दलबीचको एकताले नयाँ सन्देश दिनुका साथै स्थिर सरकार हुने स्पष्ट देखिएको छ । यसले समृद्धिको यात्रालाई पनि अगाडि बढाउनेछ । तर यसको वैचारिक सैद्धान्तिक मूल मर्मतर्फ दुई मुख्य दलका नेताहरू संवेदनशील भएनन् राष्ट्र र जनताको स्वार्थलाई शिरमा राखेर हिडेनन् ,व्यक्ति व्यक्ति केन्द्रित भएर पार्टी एकता गर्न खोजे,पहिल्यै परिभाषित भइसकेको समाजवादको व्याख्यालाई पुनव्र्याख्या गर्न खोजियो भने त्यो प्रतित्युपादक र घातक हुनेछ । त्यसैले पार्टी एकतालाई ठीक ठाउँमा पु¥याँउँदैन, बरु दुर्घटना गराउँछ । त्यसैले वाम गठबन्धन केका लागि गरिंदैछ, कसका लागि कुन आवश्यकताले गरिंदैछ, त्यसमा सबै नेताहरू प्रष्ट हुन जरुरी छ । त्यो भयो भने त्यसले परिणाम राम्रो निकाल्नेछ, जुन मुलुक र जनताको हितमा हुँन्छ । यसतर्फ प्रमुख नेताहरू गम्भीर बन्नु जरुरी छ । नेपालको वाम आन्दोलन इतिहासदेखि नै टुटफुट र अनेकताबाट ग्रसित छ । यसमा आन्तरिक र बाह्य स्वार्थहरु घूसपैठ हुने गरेका छन् । जसले वाम एकतामा भाँजो हाल्ने र बिगार्ने भईरहेको यथार्थ हाम्रो सामु प्रष्ट छ । यसबाट सचेत भएर व्यक्तिगत स्वार्थ छोडेर पार्टी एकतालाई अगाडि बढाउनु अहिलेको अनिवार्य आवश्यकता हो । कम्युनिस्ट पार्टीभित्र थुप्रै पात्र र प्रवृतिहरू छन् । एकखालको पात्र र प्रवृति मुलुक र जनताका लागि गर्नुपर्छ भन्ने उद्देश्यबाट लेस छ । तर त्यही भित्रको अर्को पात्र र प्रवृति आफ्नो स्वार्थ पूरा गर्नु नै सबै प्राप्ति हो भन्ने बुझाइमा छ । यही टकरावबीच पार्टी एकता नहुने खतरा देखिन्छ । कम्युनिस्ट आन्दोलनमा लागेर दुःख पाएका जेलनेल खाएका, सर्वस्व गुमाएका जीवन नै पार्टीमा समाहित गरेका थुप्रै अग्रज नेता कार्यकर्ता छन् । जो यो वाम तालमेल र एकताबाट उत्साहित भएका छन् । उनीहरूको व्यवस्थापनमा पनि त्यतिकै ध्यान पु¥याउनु जरुरी छ । पछिल्लो पात्र र प्रवृतिबाट जोगिएर जनताको समृद्धिलाई शिरमा राखेर मुलुकलाई अगाडि बढाउने महान् अभियानमा होसियारीका साथ अगाडि बढ्नुपर्ने परिस्थिति पनि वाम नेताहरूलाई अहिले आएको छ । यो जोखिम र कठिन कार्य हो, तर राजनेता तिनै हुन्छन् जसले यी दुवै कामलाई विवेकपूर्ण ढंगले साहसताका साथ सफलतामा पु¥याउन सक्छन् । त्यो समय अहिले नेपालका वामपन्थी दलका प्रमुख नेताको काँधमा आएको छ । यो चुनौतीपूर्ण अभिभारालाई प्रमुख नेताहरूले सफलताका साथ अगाडि बढाउन सक्नुपर्छ त्यसैमा जनताको भविष्य निर्भर छ । यो दिशामा राजनीति जाँदै गर्दा कांग्रेसलगाएत देशि बिदेशि षड्यन्त्रकारीको गतिविधिले समस्या निमत्याउन सक्छ ,उनिहरुको बिगत नै असक्षमता युत्त छ । त्यसमा पनि शेर बहादुर देउवाको विगत देशी विदेशी प्रतिक्रियावादीहरूको स्वार्थमा काम गर्ने र लोकतन्त्र शक्तिकेन्द्रमा बुझाउने भएकोले वाम शक्ति बढी चनाखो हुनु जरुरी छ । यसतर्फ सबै वाम नेताहरूको ध्यान पुगोस् र मुलुकले स्थिर सरकारसहितको आर्थिक उन्नति गरोस् । पार्टी एकताको तयारीमा सबैको सोच यही हुनुपर्छ । एकता भाँडने दुषप्रयास कसैले गर्नुहँुदैन ।