सामाजिक सञ्जालमा लिप्त समाज
हिजोआज सामाजिक सञ्जाल प्रयोग नगर्ने मानिस भेटिन मुस्किल छ । फेसबुक, ट्विटर, हृवाट्सएप, इन्स्टाग्रामलगायतका विभिन्न खालका सामाजिक सञ्जालको प्रयोगकर्ता दिनदिनै बढिरहेका छन् । स्मार्टफोनमा इन्टरनेटको सुविधा भएपछि त मानिसहरू आफ्नो काम धन्दा भुलेर घन्टौं सामाजिक सञ्जालमा भुल्न थालेका छन् । प्रविधिको विकाससँगै विशेषगरी युवाहरू सामाजिक सञ्जालको कुलतमा फँस्दैछन् । सामाजिक सञ्जालले हाम्रो दिमागलाई नराम्रोसँग असर गर्छ । यदि तपाईंले सामाजिक सञ्जालमा कुनै खानेकुराको तस्बिर देख्नुभयो भने यसले भोक बढाउँछ, उक्त खानेकुरा खाँउखाँउ लाग्छ वा गलत समयमा भोक पैदा गर्न सक्छ । यसैगरी सामाजिक सञ्जालले मानिसको खुसीमा पनि असर गर्छ । सामाजिक सञ्जालको विभिन्न फाइदाहरू छन् । यसले हामीलाई विश्वको कुनै पनि कुनामा भएका व्यक्तिसँग जोडिन सहयोग गर्छ । यसले मानिसको शारीरिक दूरीलाई भुलाउन मद्दत गर्छ । तर, सामाजिक सञ्जालमा घन्टौं भुलिरहने बानीले तपाईंलाई ठूलो समस्यामा पनि पार्न सक्छ जसको कल्पना पनि गर्न सकिँदैन । यसैले सामाजिक सञ्जालको लत लाग्न भन्दा पहिले थोरै सावधान रहनुहोस् । वैज्ञानिकहरूले गरेका अध्ययनहरूका अनुसार सामाजिक सञ्जालले हाम्रो दिमागमा महत्वपूर्ण प्रभाव पार्छ । यसले हाम्रो सोच्ने क्षमतामा पनि असर गर्छ । सामाजिक सञ्जालले दिनचर्या र बानीहरूलाई बदल्छ ।
यसले कुनै व्यक्तिलाई भावनात्मक रूपले दुःख पनि पु¥याउन सक्छ । यदि तपाईं सामाजिक सञ्जालको लतमा फसिसक्नुभएको छ भने यसले तपाईंको खुसीलाई खोस्न सक्छ । आउनुहोस् जानी राखौं सामाजिक सञ्जालले मानिसको खुसीलाई कसरी बर्बाद गर्छ ।
पैसा धेरै खर्च गर्ने बानी
सामाजिक सञ्जालले मानिसलाई आत्म नियन्त्रण गुमाउन बाध्य बनाउँछ । यसले मानिसलाई आवश्यकताभन्दा धेरै पैसा खर्च गर्न प्रेरित गर्छ । सामाजिक सञ्जालको लतमा ,फँसिसकेका मानिसहरूमा यस्तो हुन्छ । यसैकारण तपाईं अन्तिममा हतास महसुस गर्नुहुन्छ र असन्तुष्ट रहनुहुन्छ नतिजास्वरूप तपाईंको खुसी हराउँछ ।
झुटो वास्तविकता
आजभोलि धेरैजसो मानिस आफ्नो अहंकारलाई पूरा गर्न सामाजिक सञ्जालको उपयोग गर्छन् । जसको कारण उनीहरू आफूले के गरिरहेको छु त्यो त्यो वास्तविकता होइन भन्ने भुल्छन् । यसपछि वास्तविकतासँग जब उनीहरूको सामना हुन्छ त्यतिखेर उनीहरू दुःखी हुन्छन् ।
अरूको इष्र्या गर्ने
हामी धेरैजसो आफूलाई अरू मानिससँग आफ्नो तुलना गर्ने गर्छौं यस्तो बानीले पनि हामीलाई दुःखी बनाउँछ । धेरैजसो मानिसहरू सामाजिक सञ्जालमा अरू मानिसलाई देखेर मानिसको जीवनशैली र उनीहरूको तस्वीरहरू देखेर इष्र्यालु हुन्छन् । सामाजिक सञ्जालमा अरूले प्रयोग गरेका सामानहरू देखेपछि धेरैको मनमा आफ्नो साथमा अपर्याप्त चिजहरू रहेको महसुस हुन्छ र उनीहरूलाई धेरै चिजको आवश्यकता छ भन्ने हुन्छ तर खासमा यस्तो हुँदैन । सामाजिक सञ्जालमा अरूको जीवनलाई देख्दा उठ्ने भावनाले तपाईंको खुसीहरूलाई प्रभावित गर्छ ।
आत्मसम्मानलाई ठेस लगाउनु
धेरै मानिसहरूले आजकाल सामाजिक सञ्जालको कारण आफ्नो आत्मविश्वास वा आत्मसम्मान गुमाउँछन् । एक अध्ययनका अनुसार फेसबुकमा घन्टौं समय बिताएपछि एक तिहाई मानिसहरूले आफूलाई एक्लो महसुस गर्छन् । उनीहरू निराश र क्रोधित महसुस हुन्छन् । खासगरी यस्तो त्यतिखेर हुन्छ जब उनीहरूले आफूलाई अरूसँग तुलना गर्छन् ।
वास्तविक कुराकानीलाई प्रभावित गर्छ
जबदेखि सामाजिक सञ्जाल प्लेटर्फममा मानिसहरूको कुराकानी सुरु हुन्छ त्यतिखेर देखि उही मानिससँग पनि वास्तविक जीवनमा गरिने कुराकानी
पातलिँदै जान्छ । सामाजिक सञ्जालको प्रयोग बढ्दै जाँदा मानिसहरू भर्चुअल प्लेटर्फममा कुरा गर्न धेरै मन पराउन थालेका छन् । यससँगै मानिसहरू विस्तारै एक अर्काको वास्तविक भावनाहरूलाई बुझ्न असमर्थ हुँदैछन् ।
–एजेन्सीको सहयोगमा