सरकारले जनतालाई निराश नपारोस्


काठमाडौ-नेकपाको सरकारले राम्रा काम गरेको दाबी गरीरको छ, काम राम्रै पनि भएका होलान तर ति कुरा जनता सम्म पुग्न नपाउँदा जनतामा निरासा छाएको छ, सरकारले काम गर्न सकेन भन्ने प्रचार ब्यापक छ । यस्को मुल कारण पार्टीका तल्ला कमिटिहरुको एकता प्रकृयामा ढिलाई, पार्टी भित्रको गुट टकराब र अबसरको न्यायोचित बितरणमा एकाधिकार । यो सरकार निमार्णमा सबैको योगदान छ तर अबसर बितरण न्यायोचित छैन, कसैले पाएको पाएै, कसैले हेरेको हेरै, जसले गर्दा यो सरकार हाम्रो हो भन्ने अपनत्व पार्टीका सबै नेता कार्यकर्तामा हुन सकेको छैन । यहि कारणले पार्टीका आम नेता कार्यकर्ता अध्यक्ष केपी ओलीले भनेजस्तो अरिँगाल र माहुरी बन्न सकेका छैनन् र बिरोधिले घेरा बन्दि गरीरहेका छन । अर्को कुरा पार्टीका पछिल्ला गतिबिधि र मन्त्रिका काम ब्याबहारले त झन जनतामा बितृष्णा र नकरात्मक भाब तिब्र गतिमा पैदा गरीरहेको छ । अहिले नेपालीहरुको महान चाड दशै भित्रि सकेको छ, बाहिर जाने यात्रुहरु ठगि रहेका छन, महंगिले डाँडा काटेको छ, निजामति कर्मचारी र सुरक्षा कर्मिका काम ब्याबहारले जनता आजित भएका छन, भ्रष्टाचारमा उपल्लो तहका कर्मचारी देखि सुरक्षा निकायका ब्यात्तिहरु पक्राउ परीरहेका छन, हत्या र बलात्कारका घटना त्यतिकै बढिरहेका छन । यसले जनतालाई निरास बनाएको त छ नै प्रधानमन्त्रिको समृद्ध नेपाल सुखि नेपालीको नारालाई नै चुनौति दिइरहेको छ । यो सुखद अवस्था होइन ।

प्रधानमन्त्रिको सहकार्य एनआरएनसँग

प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल निर्माणका लागि सरकार निजी क्षेत्र र गैरआवासीय नेपाली सङ्घसँग सहकार्य गर्न तत्पर रहेको बताएका छन । काठमाडौमा हिजोदेखि शुरु भएको गैरआवासीय नेपाली विज्ञहरुको विश्व सम्मेलनको उद्घाटनको क्रममा नेपालको पहिचान विश्वसामु प्रस्तुत गर्न सङ्घले निर्वाह गरेकोे भूमिकाको सराहना गर्दै उनले मुलुकको आर्थिक समृद्धिका लागि आवश्यक वातावरण तयार पार्न सरकार प्रतिबद्ध रहेको बताए । प्रधानमन्त्रीले विकासका लागि ज्ञान र सीपको उपयोग गर्नैपर्छ भन्दै विज्ञ सम्मेलनले गरेको निष्कर्ष विकासका लागि सरकारलाई महत्वपूर्ण सुझाव हुने उल्लेख गरे । भूकम्पपछिको पुनःनिर्माणमा गैरआवासीय नेपालीहरुको योगदान महत्वपूर्ण भएको उल्लेख गर्दै कृषिको आधुनिकीकरण, प्रविधिको प्रयोग,पूर्वाधार विकास तथा जलविद्युत् उत्पादनको क्षेत्रमा लगानी गर्न सरकारले विशेष ध्यान दिएको प्रम ओलीले बताए ।

सोचे अनुरुप काम हुन सकेन

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले सोचेअनुरुपको काम गर्न नसकेको स्वीकार गरेका छन् । नेकपा मध्यपुर थिमि नगर कमिटीद्वारा हिजो आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले कमजोरी सच्याउँदै राम्रो काम गर्न प्रयासरत रहने बताए । उपत्यकाको सडकका खाल्डाखुल्डी पुर्न र धूलोमुक्त बनाउन सोचेअनुरुप नसकिएको भन्दै प्रचण्डले आउने नयाँ वर्षसम्ममा यो समस्या समाधान गर्ने दाबी गरे । नेकपा नेतृत्वको दुई तिहाईको सरकार बनेपछि नेपालमा आर्थिक समृद्धिको ढोका खुलेको बताउँदै प्रचण्डले चीन र भारतसँग विभिन्न सम्झौता भएपछि नेपाल ‘ल्याड लक’बाट ल्याड लिंक देश बनेको दाबी गरे । दुई पार्टीको एकतालाई मूर्तरुप दिन दशैं पछि प्रदेश र जिल्ला कमिटीहरुको काम तीव्र गतिमा अगाडी बढाइने पनि सो क्रममा प्रचण्डले बताए ।

पार्टी एकता प्रकृयामा बिलम्ब

शत्तिसाली कम्युनिष्ट सरकारले जनताका काम पुरा नगरेको, पार्टी बिधि र बिधानमा नचलाएको भनेर पार्टीको चौतर्फि बिरोध र घेराबन्दि भैरहेकोबेला पार्टी र सरकारले गरेका राम्रा कामको प्रचार र सरकारका कामलाइ प्रभाबकारी रुपमा जनता सम्म लैजाने पार्टीका तल्ला कमिटिको एकता प्रकृया फेरी दसैंपछि धकेलीएको छ । हिजो बस्ने भनिएको सचिवालय बैठक कात्तिक ४ मा बस्ने गरी सारिएपछि नेकपाको साँगठानिक एकता दसैंपछि धकेलिएको हो । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले आवश्यक गृहकार्य नपुगेको भन्दै कात्तिक ४ गते बस्ने गरी बैठक सारेको नेकपाका एक नेताले बताए । यसअघि असोज २१ गते सचिवालयको बैठक बसेको थियो । स्थायी कमिटीको बैठक कात्तिको १२ र १३ गते बस्ने नेकपाले जनाएको छ । सचिवालय बैठकले स्थायी कमिटीको बैठकको एजेण्डा तय गर्नेछ । गत भदौं ५ गतेभित्र सवै तहको साँगठानिक एकता सकाउने घोषणा गरेपनि नेताहरुबीच बिवाद हुँदा अहिलेसम्म जनसंगठन, प्रदेश, जिल्ला र स्थानीय कमिटीहरु एकीकृत हुन सकेका छैनन । गत असोज ५ गते प्रदेशका पदाधिकारी तय भएपनि तल्ला कुनैपनि कमिटी एकीकृत हुन नसक्दा सवै जनसंगठनहरु पुर्णत निष्कृय बनेका छन । लामो समयसम्म साँगठानिक एकता नहुँदा जनसंगठन, प्रदेश र जिल्ला कमिटीहरु निस्कृय बनेका र त्यसका नेता कार्यकर्तामा निरासा छाएको छ ।

सरकारको टाउको दुखाई

सरकारलाई सबै भन्दा बढि टाउको दुखाई र बद्नाम गराउने घट्नाको रुपमा रहेको कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्यारा प्रकरणमा अनुसन्धानमा खटिएको तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी अधिकृत र कर्मचारीमाथि छानबिन समितिले सुक्ष्म अध्ययन गरिरहेको छ । गत भदौ ३१ गते सरकारले प्रहरी अतिरित्त महानिरीक्षक धिरु बस्न्यातको संयोजकत्वमा गठन गरेको छानबिन समितिले निर्मला प्रकरणमा अनुसन्धानमा प्रहरी कर्मचारीको भूमिका र सम्पादन भएका कार्यको सुक्ष्म अध्ययन गर्दै टोली गत शुक्रबार भीमदत्तनगर पुगेको छ । गठन भएकै समयदेखि तोकिएको जिम्मेवारी अनुसार अनुसन्धानमा खटिएको प्रहरी अतिरित्त महानिरीक्षक बस्न्यातको टोलीले अनुसन्धानमा खटिएका यहाँका २६ जना प्रहरीमाथि छानबिन भइरहेको जनाएको छ । संयोजक बस्न्यातले घटनासँग सम्बन्धित सूचना दिन सबैपक्षसँग आग्रहसमेत गरेका छन ।