लोकसेवा हजारौँ पदमा विज्ञापन खोल्ने तयारीमा


लोकसेवा आयोगले यस वर्ष हजारौँ पदमा विज्ञापन गर्ने प्रक्रिया अगाडि बढाएको छ । पाँच लाखभन्दा बढी युवा लोकसेवामा तयारीमा रहेको अवस्थामा ‘दुई वर्षसम्म लोकसेवा नखोल्ने’ भन्नेजस्ता भनाइ बाहिर आएपछि लाखौं युवालाई निराश बनेका थिए ।

मङ्सिरको अन्तिमसम्म विज्ञापन गर्ने आयोगको तयारीले ती युवामा आशाको सञ्चारसमेत गराएको छ । आयोगले मङ्सिर महिनाबाट विज्ञापनको प्रक्रिया सुरु गरेर आगामी २०७६ को असार मसान्तसम्म सबै परीक्षाको प्रक्रिया पूरा गर्ने तयारी गरेको छ ।

आयोगको इतिहासमै पहिलो पटक नेपाल सरकार मन्त्रिपरिषद्को अनुरोधमा आयोगले आफ्नो कार्यतालिका दुई महिना पर सारेको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छापिएको छ ।