काठमाडौ-एसिया प्यासिफिकका लागि जोर बिजोर प्रणाली नहटाईएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । चौतर्फी बिरोधपछि विहान साढे ११ बजेबाट जोर विजोर प्रणाली हटाइएको भन्दै केही अनलाइनमा समाचार प्रकाशित भएको प्रति ध्यानाकर्षण गराउदै ट्राफिक प्रहरी महाशाखाले रिङ्गरोड बाहिरमात्रै जोर विजोर हटेको जनाएको छ ।
रिङ्गरोट बाहिर भिभिआईहरुको आवात जावत कम भएकाले जोर विजोर हटाएको महाशाखाले जनाएको छ ।
एसिया प्यासिफिक सम्मेलनका लागि १३ देखि १६ गतेसम्म जोर विजोर प्रणाली लागू गरिएको छ । तर, रिङ्गरोड बाहिर भिभिआइपीहरुको सवारी नभएका कारण जोरविजोर हटाइएको छ ।