नेपाल कम्युनिस्ट पार्टीको दुइमहिने विशेष अभियान


स्थायी समितिमा पार्टी र सरकारको वस्तुनिष्ठ समीक्षा:-

काठमाडौं-सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको झण्डै एक सातादेखि जारी स्थायी समितिको बैठक पार्टी र सरकारको काम कारबाहीको वस्तुनिष्ठ समीक्षा गर्दै ।पार्टी अध्यक्षद्वयद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा आधारित भएर भएको छलफल पार्टी एकतालाई स्थानीय तहसम्म  पुर्याउने, तीनै तहका सरकारहरुको प्रभावकारी परिचालन गर्ने, समृद्धिका ठोस योजनाहरू अगाडि सार्ने, पारदर्शिता र सुशासनमा जोडदिने, संघीय संरचना हरूको प्रभावकारी कार्यान्वयन गर्नका लागि यही माघ र फागुनमा दुई महिने राष्टव्यापी संगठनात्मक राजनीतिक र वैचारिक अभियान सञ्चालन गर्ने निष्कर्षका साथ स्थायी समितिको बैठक समापन हुँदैछ ।बैठकमा वामदेव गौतम र भीम रावलले आ–आफ्ना मत लिखित रूपमा प्रस्तुत गर्नु भएको  

थियो भने अन्य सदस्यहरूले प्रतिवेदनमाथि आधारित भएर आ–आफ्ना राय सल्लाह राख्नुभएको थियो ।

पार्टी नेतृत्वको भूमिका:-

पार्टीको स्थायी समितिको बैठकलाई लिएर विभिन्न टिकाटिप्पणी र आलोचना भए पनि ४५ जनाको स्थायी समितिमा जम्मा ७ जनाले प्रतिवेदनमाथि केन्द्रीत भएर पार्टी र सरकारको नेतृत्वको आलोचना गरेका थिए भने अन्य अधिकांश सदस्यहरूले पार्टी र सरकारलाई प्रभावकारी ढंगले सञ्चालन गर्नका लागि महत्वपूर्ण सुझावहरू दिएका थिए र सुझावका आधारमा प्रतिवेदनलाई समृद्ध पार्दै अगाडि बढ्ने कुरा पार्टी सूत्रले जानकारी दिएको
छ ।

पार्टीको नेतृत्वको बारेमा चर्चा गर्दै उहाँहरूले शान्ति प्रक्रिया, संविधान निर्माण, निर्बाचन प्रकृया, पार्टी एकताको बिधि र प्रकृयामा पु¥याउनुभएको योगदानको बिश्लेषण गरीएको छ । उहाँहरुकै नेतृत्वमा दुई तिहाईभन्दा माथिको बहुमत हासिल गर्न सफल भएको, विकास र समृद्धिका क्षेत्रमा जनताका मूर्छित सपनाहरुलाई ब्युझाएर अब केही हुन्छ भन्ने आधार तयार गरेको, राष्ट्रियताको रक्षा र राष्ट्रिय एकताको संवद्र्धनमा विशेष जोड दिएको कुरासमेत उल्लेख गरिएको छ । त्यसैगरी संघीय संरचानाको प्रभावकारी कार्यान्वयन र राजनीतिक स्थायीत्व र शान्ति स्थापनाका निम्ति नेतृत्वले खेलेको भूमिकालाई स्थायी समितिको बैठकले विशेष जोड दिएको छ ।

सरकारको नौ महिना र यसको समीक्षा:-

पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले आफ्नो कार्यकालको नौ महिना व्यतित गरेको छ । यस बीचमा जनअपेक्षित परिणाम प्राप्त गर्न नसके पनि यसले वृहत्तर समितिको निर्माण, दुई छिमेकीसँगको सम्बन्धमा सुधार, आर्थिक विकास, संघीय संरचनाको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिएको छ । तीनवटै सरकारहरूको प्रभावकारी कार्यान्वयन, कानुन निर्माण र संविधान कार्यान्वयनलाई प्रभाकारी बनाउन विशेष जोड दिएको छ ।

आगामी कार्यभार:-

पार्टीको एकीकरणलाई सुदृढ र अझ बलियो बनाउँदै स्थानीय तहसम्म पु¥याउन विशेष जोड दिने, त्यसको कार्यतालिका बनाएर अगाडि बढ्ने, पार्टीका कतिपय वैचारिक तथा राजनीतिक विषयलाई स्पष्ट नीतिका साथ त्यसको दिशा तयार गर्ने, सरकारको प्रभावकारी कार्यान्वयन गर्ने, समृद्धिका योजनाहरूलाई अझ बढी स्पष्ट गर्दै कार्यान्वयन गर्ने, पारदर्शिता र सुशासन, संघीय संरचनाको प्रभावकारी सञ्चालन गर्ने, राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमिकताको रक्षा गर्ने, पार्टीको निर्णय र सरकारको काम कारबाहीलाई एकरूपतामा लगी पार्टी संगठनलाई नियमिति गर्ने, पार्टी प्रचारको काममा विशेष जोड दिने र पार्टी प्रचारको कामलाई प्रभावकारी ढंगले सञ्चालन गर्नेलगायतका कार्यभारहरूलाई कार्यान्वयन गर्ने र गराउने कुरामा विशेष जोड दिने भएको छ ।

अनर्गल प्रचारः दुःख व्यक्त:-

पार्टी नेतृत्व र सरकारलाई बदनाम गर्न यतिबेला बाहिर र भित्रबाट केही तत्वहरू लागिरहेका छन् । त्यसलाई समेत पार्टीले हेक्का राख्ने निणर्य गरेको छ । सांसदले पैसा बाँड्ने, पीएको पैसा खाने, घरभाडा खानेजस्ता काम भएको छ भनी गरिएको अनर्गल प्रचार गरिएको प्रति दुःख व्यक्त गरिएको छ । नेकपाको एकताबाट आत्तिएका तत्वहरू कागजी रूपमा