महेश प्रसाद काफ्ले: बिकास बैंकका पिता (जीवनचक्र)


“महेशप्रसाद काफ्ले नेपालको बैंकिङ क्षेत्रका एक अनुभवी, साहसी र सफल व्यक्तित्व हुनुहुन्छ । गाउँले अनि सहरिया जीवन भोगाइले बैंकिङ क्षेत्रलाई राम्रो बनाउन उहाँले चालेका दृढ पाइला, गाउँको गरिबी समाप्त पार्ने दृढ इच्छाशक्ति प्रतिबद्धता र दरिलो विश्वाससहित उहाँले गरेका योगदान गर्व गर्न लायक छन् । विकास बैंकमार्फत गरिबी हटाउने अभियानमा उहाँ झण्डै साँढे दुई दशकदेखि निरन्तर क्रियाशील हुनुहुन्छ । विभिन्न आरोह अवरोह, चुनौती र जटिलताहरूको सामना गर्दै शिक्षा र बैंकिङ क्षेत्रमार्फत समाज परिवर्तन र समृद्धिको आन्दोलनमा लाग्नुभएका काफ्ले कामना विकास बैंकका सीईओ भएर काम गर्नुभएको छ । हालै त्यहाँबाट रिटाएर भएका उहाँ अनामनगरमा एउटा इनभेष्टमेन्ट कम्पनी खोलेर विभिन्न सेक्टरका काम गरिरहनुभएको छ र राष्ट्रिय सहकारी महासंघको उपाध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ । शिक्षामा समेत योगदान दिनुभएका उहाँ इमानदार, शालीन र निष्ठावान् व्यक्तित्व हुनुहुन्छ । देशमा व्याप्त बेरोजगारी समस्यालाई मध्यनजर गर्दै उहाँले २०४९ सालदेखि शिक्षा र बैंकिङ क्षेत्रका माध्यमबाट युवाहरूलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न र मुलुकमा समृद्धि भित्र्याउन लागिरहनु भएको छ । यही अदम्य साहसले आज उहाँलाई बैंकिङ क्षेत्रमा चिनाएको छ र उहाँका कामले धेरैलाई प्रेरणा दिएको छ । उनै विज्ञ र अनुभवी काफ्लेको गौरवपूर्ण जीवनयात्रा अनुभव , अनुभूति एवं विविध पक्षलाई समेटेर जीवनचक्र प्रस्तुत गरेका छौं ।”

परिवारका साथ कामना विकास बैंकका पूर्वसीईओ महेशप्रसाद काफ्ले

कुरैकुरा
तपाईंको नाम, जन्ममिति र ठेगाना बताइदिनुहोस् न ।
मेरो नाम महेशप्रसाद काफ्ले हो । मेरो जन्म २०२३ साल बैशाख ५ गते पाल्पा जिल्लाको माथागढी गाउँपालिकामा भएको हो ।
हाल के गर्दै हुनुहुन्छ ?
बैंकिङ क्षेत्रबाट भर्खरै रिटाएर भएर सानातिना काम गरेर बसेको छु ।
सानातिना भन्नाले कस्ता ?
इनभेष्टमेन्ट कम्पनीमार्फत सानोतिनो लगानी गरेर दुई चारवटा काम गर्ने सोचका साथ काम थालेको छु ।
त्यो केसँग सम्बन्धित हुन्छ ?
मूलत यो ट्रेनिङको काम हो तर यो भोलि गएर उत्पादन र विकाससँग जोडिन्छ ।
कमाइ पनि राम्रै हुन्छ होला नि ?
कमाइको लागि भन्दा पनि आफनो लामो अनुभव त्यसै खेर जान नदिउँ, समाजका लागि केही गरुँ भनेर लागेको छु ।
बैंकिङ क्षेत्रमा तपाईंको कतिको लामो अनुभव छ ?
मैले यो क्षेत्रमा काम गरेरै २४ वर्ष बिताएँ ।
परिवारमा को को हुनुहुन्छ ?
बुबा, आमा,एक भाइ, एक दिदी, एक बहिनी म, मेरी श्रीमती, एक छोरा र एक छोरी छौं ।
बुबाआमा के गर्नुहुन्थ्यो ?
बुबाले ३७ वर्ष हेडमास्टर भएर पढाउनु भयो, आमाले घर चलाउनु भयो ।
बुबाले के पढाउनु हुन्थ्यो ?
अग्रेजी पढाउनुहुन्थ्यो ।
बुबाआमाको स्वभाव कस्तो थियो ?
बुबा मिलनसार, परोपकारी सबैंको हित चाहने समाजसेवी शिक्षक हुनुहुन्थ्यो, आमा धार्मिक र दयालु हुनुहुन्थ्यो ।
तपाइ सानोमा कस्तो हुनुहुन्थ्यो नि ?
आमाले भनेअनुसार सोझो, सीधा, सबैसँग मिल्ने, कसैले गाली गर्दा रोइहाल्ने, मुख रातो बनाउने र नयाँ कुरा जान्न खोज्ने जिज्ञासु थिएँ रे ।
तपाईंको कस्तो परिवार हो ?
मेरो मध्यम वर्गीय जागिरे परिवार हो ।
बाल्यकाल कसरी बित्यो ?
आमाबुबाको निगरानीमा पढ्दै, खेल्दै रमाईलो ढङगले बित्यो ।
सानोमा पिट्ने, पिटाइ खाने काम कत्तिको भयो ?
यस्तो कर्म मेरो जीवनमा कहिल्यै भएन ।
सुरुवाति शिक्षा कहाँ लिनुभयो ?
पाल्पाको सिद्धिपानीस्थित सौभाग्य माविमा लिएँ ।
पढाइको स्तर कस्तो थियो ?
म सुरुदेखि मास्टर डिगी्र सिध्याउञ्जेलसम्म नै मध्यम स्तरको विद्यार्थी भित्रै परेँ ।
पढ्दा बुबाको पैसा चोर्नु भयो कि भएन ?
त्यो कर्म पनि जीवनमा गरिनँ ।
बाल्यकालमा खाने, खेल्नेमा केमा रुचि थियो ?
खानमा भट्मास, खेल्नमा खोप्पी र डण्डिबियो ।
त्यो बेलाको सामाजिक अवस्था कस्तो थियो ?
पञ्चायती व्यवस्था थियो तर पनि त्यो बेला अनुशासन, नैतिकता, एकले अर्कालाई सरसहयोग गर्ने खालको सामाजिक अवस्था थियो ।
जागिर खान मन लागेन ?
२०४९ सालदेखि २०५२ सालमम्म मावि र क्याम्पसमा पढाएँ ।
तलब कति थियो ?
राम्रै थियो १०-१५ हजार थापिन्थ्यो ।
किन शिक्षण पेसा नै अपनाउनु भयो ?
बुबाको प्रेरणाले मलाई सानैदेखि शिक्षण र समाजसेवा गर्ने इच्छा थियो, त्यही भएर ।
विवाह कहिले, कोसँग, कसरी गर्नुभयो ?
नवलपरासीकी चेली रश्मिसँग २०५२ साल बैशाख २८ गते मागी विवाह भएको हो ।
विवाहमा कति खर्च गर्नुभयो ?
सबै खर्च जोड्दा लगभग २ लाख जति भयो होला ।
श्रीमती के गर्नुहुन्थ्यो ?
उनी मास्टर पढ्दै थिइन ।
उहाँको स्वभाव कस्तो छ ?
हाँसेर बोल्ने, सबैसँग मिल्ने, परोपकारी र धार्मिक स्वभावकि छिन् ।
बूढाबूढीबीच कहिलेकाँहि ठाकठुक पर्दैन ?
झगडैचाहिँ पर्दैन, म अलि कडा स्वभावको भएको हुनाले कहिलेकाहीँ विचारमा फरक मत हुन्छ, तर एउटा विन्दुमा गएर सहमति भइहाल्छ ।
श्रीमतीको तपाईंप्रति कस्तो अपेक्षा हुन्छ ?
सामाजिक प्रतिष्ठा बढोस्, परिवारमा रमाइलो होस् र परिवारको भविष्यप्रति उत्तरदायी होस् भन्ने ।
छोराछोरीलाई के बनाउने सोच छ ?
यस बारेमा हाम्रो कुनै योजना छैन । असल र सफल मान्छे बनून् भन्ने हाम्रो उद्देश्य छ, त्यसअनुसार हामी उनीहरूको रुचि र क्षमताअनुसार अघि बढाउन सहयोग गर्छौं ।
धुम्रपान, मध्यपान गर्नुभयो कि भएन ?
धुम्रपान गरिएन, पहिले पहिले पार्टीमा जाँदा मध्यपान हल्का रमाईलोका लागि हल्का गरियो, अहिले पूरै घटाइयो ।
राजनीतिमा कत्तिको चासो छ ?
त्यता लागिएन तर चासोचाहिँ छ । हामीजस्ता सचेत र विज्ञले राजनीतिमा चासो राख्नुपर्छ तर गर्नुहुँदैन । पहिले नौनौ महिनामा सरकार फेरिएको देख्दा विरक्त लाग्थ्यो । तर अहिले पाँचवर्षे स्थिर सरकार बनेकोले अब विकास निर्माणका काम हुन्छन् कि भन्ने आशा जागेको छ ।
तपाईंलाई मन पर्ने नेता ?
पहिले मदनकुमार भण्डारी, अहिले केपी शर्मा ओली ।
फेसबुक कत्तिको चलाउनु हुन्छ ?
समय मिलाएर चलाउँछु ।
कस्ता चिज मन पर्छ ?
नयाँ नयाँ प्रविधि र ज्ञानका सूचना सामाग्री ।
विदेश कत्तिको घुम्नु भएको छ ?
विदेशका युरोप, रसियालगायत दर्जनौ देश घुमेको छु ।
पुस्तक कत्तिको पढ्नु हुन्छ ?
पुस्तक त पढ्छु तर आफनो क्षेत्रका मात्रै । बरु सिनेमा बनाउने र हेर्ने गरेको छु ।
कुन हेर्नुभयो र कुन बनाउनु भयो ?
बागवान हेरेँ, त्यसैको कथावस्तु हेरेर सुब्बासाब बनाएँ ।
कत्तिको चल्यो ?
अहिलेका जेनेरेसनले त्यस्ता सन्देशमूलक चलचित्र हेर्दारहेनछन्, खासै चलेन ।
तपाईंको कमजोरी नि ?
एकछिन भए पनि कडा रिस र छिटो विश्वास गर्ने बानी ।
आफ्नो काममा सन्तुष्टि, असन्तुष्टि के छ ?
काममा म पूर्ण सन्तुष्ट छु । समाजसेवा र उद्यमका काम गर्दा समय गएको पत्तै हुँदैन, रमाइलो लाग्छ ।

भूमिका:-

महेशप्रसाद काफ्ले नेपालको बैंकिङ क्षेत्रका एक अनुभवी, साहसी र सफल व्यक्तित्व हुनुहुन्छ । गाउँले अनि सहरिया जीवन भोगाइले बैंकिङ क्षेत्रलाई राम्रो बनाउन उहाँले चालेका दृढ पाइला, गाउँको गरिबी समाप्त पार्ने दृढ इच्छाशक्ति प्रतिबद्धता र दरिलो विश्वाससहित उहाँले गरेका योगदान गर्व गर्न लायक छन् । विकास बैंकमार्फत गरिबी हटाउने अभियानमा उहाँ झण्डै साँढे दुई दशकदेखि निरन्तर क्रियाशील हुनुहुन्छ । विभिन्न आरोह अवरोह, चुनौती र जटिलताहरूको सामना गर्दै शिक्षा र बैंकिङ क्षेत्रमार्फत समाज परिवर्तन र समृद्धिको आन्दोलनमा लाग्नुभएका काफ्ले कामना विकास बैंकका सीईओ भएर काम गर्नुभएको छ । हालै त्यहाँबाट रिटाएर भएका उहाँ अनामनगरमा एउटा इनभेष्टमेन्ट कम्पनी खोलेर विभिन्न सेक्टरका काम गरिरहनुभएको छ र राष्ट्रिय सहकारी महासंघको उपाध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ । शिक्षामा समेत योगदान दिनुभएका उहाँ इमानदार, शालीन र निष्ठावान् व्यक्तित्व हुनुहुन्छ । देशमा व्याप्त बेरोजगारी समस्यालाई मध्यनजर गर्दै उहाँले २०४९ सालदेखि शिक्षा र बैंकिङ क्षेत्रका माध्यमबाट युवाहरूलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न र मुलुकमा समृद्धि भित्र्याउन लागिरहनु भएको छ । यही अदम्य साहसले आज उहाँलाई बैंकिङ क्षेत्रमा चिनाएको छ र उहाँका कामले धेरैलाई प्रेरणा दिएको छ । उनै विज्ञ र अनुभवी काफ्लेको गौरवपूर्ण जीवनयात्रा अनुभव , अनुभूति एवं विविध पक्षलाई समेटेर जीवनचक्र प्रस्तुत गरेका छौं ।

पारिवरिक पृष्ठभूमि र बाल्यकाल:-

बुबा ध्रुवराज शर्मा र आमा सरिता काफ्लेको पहिलो छोराको रूपमा २०२३ सालमा जन्मेका महेशप्रसाद काफ्लेको बाल्यकाल सामान्य रूपमा गाउँमै बितेको थियो । उहाँ सानोछँदा निकै सीधा, इमानदार र उत्सुक हुनुहुन्थ्यो रे । उहाँलाई बुबाआमाले मात्र होइन सबैले मन पराउने र माया गर्ने गर्दथे रे । उहाँका बुबा माविका प्रधानाध्यापक भएकोले उहाँले विद्या आर्जनदेखि कुनै पनि कुरामा आर्थिक संकट व्यहोर्नु परेन, जीवन सहज अगाडि बढेर आएको देखिन्छ । सामान्य खेतिपाती गरेपनि बुबाको मुख्य पेसा जागिर भएका कारणले उहाँको बाल्यकाल र युवा अवस्था राम्रैसँग बितको देखिन्छ । २०५२ साल बैशाख ५ गते श्रीमती रश्मि काफ्लेसँग वैवाहिक सम्बन्धमा बाँधिनु भएका काफ्लेका ११ कक्षामा पढ्ने एक छोरा विवेक काफ्ले र स्नातक उत्तीर्ण गरेर मास्टर पढ्न लागेकी छोरी वर्षा काफ्ले छन् । उहाँका भाइ किरण काफ्ले ग्रामीण विकास वित्तीय संस्था पश्चिमाञ्चलको क्षेत्रीय प्रबन्धक हुनुहुन्छ भने दिदी कल्पना पौडेल र बहिनी सिर्जना काफ्ले हुनुहुन्छ । शिक्षा र रोजगारीमा उनिएको उहाँको परिवार सामाजिक प्रतिष्ठामा पनि अगाडि नै रहेको छ । उहाँका बुबाले २०२० सालमा स्नातक तह उत्तीर्ण गरेर अंग्रेजीजस्तो जटिल विषय पढाउने प्रगतिशील प्रधानाध्यापक भएर समाजको सेवा गर्नुभएको थियो । उहाँका बुबाले भित्रभित्रै वामपन्थी आन्दोलनलाई सहयोगसमेत गर्नुभएको थियो । त्यसले गर्दा पनि उहाँको परिवार समाजमा बढी परिचित रहेको थियो । उहाँको त्यस्तो परिवार भए पनि न उहाँका बुबा आमामा घमण्ड थियो न उहाँमा छ । उहाँको परिवार सभ्य, सुसंस्कृत, सबैंको मिलन केन्द्र, परोपकारी, मिलनसार पूर्ण प्रगतिशील, शिक्षित र खानदानी देखिन्छ । उहाँका दिदीको विवाह भइसकेको छ भने बहिनी वामपन्थी राजनीतिलगायत सबै आ आफ्नो पेसामा कार्यरत हुनुहुन्छ ।

अध्ययन,जागिर र समाजसेवा:-

मध्यम वर्गीय परिविारमा जन्मनु भएका महेशप्रसाद काफ्ले पढाइमा मध्यमस्तरको विद्यार्थीमा पर्नु हुदोँरहेछ । उहाँले प्रारम्भिक शिक्षा सिद्धिपानीको सौभाग्य माविमा लिनुभएको थियो । घरको कुनै कुराले उहाँलाई शिक्षा आर्जनमा समस्या थिएन । उहाँले माध्यमिक तहको शिक्षा पाल्पाको किसान मावि झडेवाबाट २०३८ सालमा पुरा गर्नुभयो भने उच्चशिक्षा त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाबाट सम्पन्न गर्नुभयो । २०४९ सालमा एमबीए पढ्दा नै पाल्पाकै कन्या हाइस्कुलमा मावि शिक्षकको रूपमा अध्यापन गर्नुभएका उहाँले डिगी्रसकेपछि कोटेश्वर क्याम्पस कोटेश्वर र अछाम कमर्स क्याम्पस अछामको क्याक्पस चिफ भएर दुई वर्ष अध्यापन गराउनु भएको थियो । त्रिभुवन क्याम्पस तानसेनबाट व्यवस्थापनमा एमबीए उत्तीर्र्ण गरी शिक्षामा महत्वपूर्ण योगदान दिनुभएका काफ्लेले थुप्रै गरिब जेहेन्दार विद्यार्थीलाई निशुल्क पढाएर सहयोग पनि गर्नु भएको छ । उहाँले पछि बैंकिङ क्षेत्रमा काम गर्दा समेत पोखरा युनिभर्सिटी र त्रिभुवन युनिभर्सिटीमा चार पाँचवर्ष बिहानमा पार्ट टाइम अध्यापन गर्नुभएको छ । उहाँले लाइन्स क्लब, लुम्बिनी टेलिभिजनको सल्लाहकार, भिजन लुम्बिनीको सल्लाहाकार, रूपन्देही एफएमको डाइरेक्टर, रिपब्लिक एफएमको सल्लाहकारलगायत दर्जनौ स्कुल, क्लब र बैंकिङ संस्थाहरूमा विभिन्न तहमा रहेर समाजसेवाका काम गर्नुभएको छ ।

बैंकिङ यात्रा:-

हाल इनभेष्टमेन्ट कम्पनीमार्फत लगानी गरेर ट्रेडिङलगायत विभिन्न काम सञ्चालन गरेर अगाडि बढिरहनु भएका महेशप्रसाद काफ्लेको बैंकिङ यात्रा तत्कालीन पश्चिमाञ्चल ग्रामीण विकास बैंकबाट सीधै अफिसरको रूपमा २०५२ साल जेठदेखि सुरु भएको थियो । बैंक बुझेका र पढेका काफ्लेले बैंकिङ क्षेत्रमै काम गर्ने र रमाउने निधोका साथ यस क्षेत्रमा विज्ञता र अनुभव पोख्नुभएका उहाँले पश्चिमाञ्चल ग्रामीण बैंकमै हुँदा २०५५ सालमा केही साथीलाई लोन दिएर उद्योगपति बनाएको सुखद अनुभूति आफूले गरेको सगौरव बताउनुहुन्छ । त्यहीँदेखि यो क्षेत्रमा रमाएको बताउनु हुने काफ्लेले बैंकका ग्राहकलाई पनि प्रभावकारी सेवा प्रवाह गर्नु भएको सुनाउनुहुन्छ । आफूले सेवा दिएका, काउन्सिलिङ गरेर सहयोग गरेका कतिपय साथीहरूले अहिले प्राडो र पजेरो चढेको देख्दा उहाँलाई त गर्वको विषय हुने नै भयो उहाँको सेवाभाव र काम गराई निक्कै सक्रिय, क्षमताशील र प्रभावकारी थियो भन्ने कुरामा दुईमत छैन । उहाँले सेवा विकास बैंकमा दश वर्ष प्रमुख कार्यकारी अधिकृत भएर काम गर्नु भएको छ । उहाँले ३ जिल्लाको विकास बैंकलाई विस्तार गरेर १० जिल्लामा पु¥याएर २ अर्ब ५० करोडको पूँजी बनाएर काठमाडौंको महंगो स्थानमा जग्गा किनेर केन्द्रीय कार्यलयको आफनै भबन बनाएर त्यसैबाट बैंकिङकारोबार गराएर सफल ब्यबसायीको रूपमा काम गर्नु भई हालै रिटाएर हुनुभएका काफ्ले उद्योगकै माध्यमबाट समृद्धि भित्र्याउन तल्लीन हुनुहुन्छ । उहाँले हाल अनामनगरको एक नयाँ बिल्डिङमा इन्भेष्टमेन्ट कम्पनी स्थापना गरेर उत्पादन र विकासका काम गरिरहनु भएको छ । यो आँफैमा सुखद, साहसिलो, युवालाई रोजगारी सिर्जना गर्ने, ज्ञान, अनुभव र दक्षताको उपयोग हुने र राष्ट्रिय समृद्धिमा टेवा पुग्ने काम हो । यो उहाँले गरिरहनु भएको छ । यो उहाँलगायत सबैंको लागि सुखद विषय हो । सुरुमा सेवा विकास बैंकबाट बैंकिङ क्यारिएर सुरु गर्नुभएका उहाँले शिक्षा र व्यवसायलाई सँगै अगाडि बढाइरहनुभएको छ । उहाँले बिजनेस पढ्नुभयो, बैंकमार्फत बिजनेस नै गर्नुभयो, बैंकिङ क्षेत्रमै पसिना झिजाउनु भयो, बैंकले नै काम दियो अनि नाम दियो र परिचय बनाइदियो । यो उहाँका लागि गौरवपूर्ण यात्रा हो ।

बैंकिङ समस्या:-

करिब २४ वर्ष बैंकिङ क्षेत्रमा काम गर्नुभएका महेशप्रसाद काफ्ले बैंकिङ क्षेत्र अस्वस्थ ढंगले प्रतिस्पर्धामा गएको छ, एउटाले १४ प्रतिशतमा लोन दिन्छ, अर्काले १२ मा दिन्छु मेरामा आउनुस् भन्छ, अर्काले ती सबैलाई उछिनेर १० मै दिन्छु मेरोमा आउनुस् भन्छ, यस्तो भएपछि कसरी चल्छ ? यो अहिले सबैभन्दा चिन्ताको विषय हो । विकास बैंकले के काम गर्ने, वाणिज्य बैंकले के काम गर्ने र वित्तीय फाइनान्सहरूले के काम गर्ने भनेर नछुुट्याइ दिँदा, नाम र वर्गअनुसारको जिम्मेवारी, कार्यक्षेत्र नतोकिदिँदा एवं स्पष्ट नीति नबनाइदिँदा नेपालको बैंकिङ क्षेत्र अस्तव्यस्त र अन्योलग्रस्त भएको उहाँको भनाइ छ । उहाँ यसमा अझै जोड दिएर भन्नुहुन्छ अहिले बैंकिङ क्षेत्रमा नयाँ ग्राहक आएका छैनन्, तिनै पुरानाहरूनै तीनवटै बैंकमा घुमिरहेका छन् । वित्तीय फाइनान्सले पनि उही डिपोजिट लिने त्यही लोन दिने, विकास बैंकले पनि उही डिपोजिट लिने त्यही लोन दिने र वाणिज्य बैंकले पनि उही डिपोजिट लिन, त्यह डिपोजिट लोन दिने सकभर गाउँमा नजाने सहरमै घुम्ने अनि कसरी बैंकिङ क्षेत्रको प्रबद्र्धन हुन्छ भन्दै त्यसको अन्त्यको लागि बैंकले उत्पादनमा लगानी गर्नुपर्ने, सेवा प्रवाहको प्रकृति फरक फरक गर्नुपर्ने, वर्गीकरणअनुसार काम गर्नुपर्ने र सकभर गाउँलाई फोकस गरेर बैंकहरू अगाडि बढ्नुपर्ने उहाँको धारणा छ ।

चलचित्र सुब्बासाब र बागवान:-

बैंकिङ क्षेत्रका पुस्तक र पत्रपत्रिका पढ्न रुचि राख्ने महेशप्रसाद काफ्ले त्योभन्दा रुचि चलचित्र हेर्न राख्नुहुन्छ । बागवान चलचित्रमा आमाबुबाले छोराछोरीलाई हुर्काउने, बढाउने,पढाउनेदेखि असल छोराछोरी बनाउन अहोरात्र खटेको र पछि उनीहरूको विवाह गरिदिएपछि छोराले आफ्नी श्रीमतीको कुरा सुनेर आमाबुबालाई हेला गर्ने दुःख दिने गरेको, पछि सबै कुरा बिग्रिएपछि आफूले थाहा पाएर आमाबुबासँग छोरा बुहारीले गल्ती गरेको महसुस गरी माफी मागेको कथा र त्यो कथावस्तुको घटना हाम्रो आमनेपाली समाजमा व्याप्त रहेको हुनाले त्यो चलचित्र साह्रै मन परेको र त्यो हलमै गएर हेरेको उहाँ बताउनुहुन्छ । साथै त्यही घटनाले उद्धेलित बनाएर आफूले पनि त्यस्तै चलचित्र बनाउन बागवान चलचित्रको त्यही कथावस्तुलाई हेरेर सुब्बासाब चलचित्र बनाएको काफ्ले बताउनुहुन्छ । तर सूचना र सन्देशमूलक चलचित्रहरू पछिल्लो नेपाली युवाले रुचाउन छोडेको विदेशी चलचित्रको प्रभावमा परेको बताउँदै यो नेपाल र नेपालीका लागि चिन्ताको विषय भएको उहाँ सुनाउनुहुन्छ ।

जीवनशैली:-

मध्यम वर्गीय जागिरे परिवारमा जन्मिए पनि महेशप्रसाद काफ्लेको जीवनशैली असाध्यै सामान्य छ । खूल्ला र सफा हृदय, स्पष्ट र दृढ मान्यता , काम र जिम्मेवारीप्रति सचेत र संकल्पित, निष्ठापूर्ण सर्मपण भाव, महत्वकांक्षा र उत्तेजनारहित विवेकपूर्ण व्यवहार, अन्याय र अत्याचारप्रति विद्रोहपूर्ण कदम, सुख समृद्धि र उत्पादनप्रतिको लगाव अनि राष्ट्रिय अर्थतन्त्र सुदृढ बनाएर अगाडि बढ्नुपर्ने सुझाव दिने उहाँ समयको गति र परिवर्तित सन्दर्भका हरेक पाइलामा आफूलाई समायोजन गर्दै अगाडि बढिरहनु भएको छ । छोरा र छोरीमा भेदभाव हुनुहुँदैन, छोराले जति छोरीले पनि गर्न सक्छन् भन्ने र बाबुआमालाई छोराछोरीले राम्ररी हेरचाह गर्नुपर्छ भन्ने मान्यता बोक्नु हुने उहाँ जस्तोसुकै कामलाई चुनौतीका रूपमा लिएर कुशलतापूर्वक सम्पन्न गर्नुहुन्छ । सुख सयल मोजमस्तीभन्दा उत्पादन, सृजनशीलता र अध्ययनमा बढी ध्यान लगाउने उहाँ त्यतिकै शालीन र इमान्दार पनि हुनुहुन्छ । मेरोभन्दा पनि हाम्रो र निजीभन्दा सामूहिक सन्दर्भ र स्वार्थलाई प्राथमिकतामा राखेर स्वाभिमानयुक्त जीवन अगाडि बढाउने उहाँको दृष्टिकोण आममानिसका लागि प्रेरणादायी छ । सामाजिक काम, सामाजिक सन्तुष्टि र सामाजिक प्राप्तिमा रमाउने अनि समन्याय, समानता,सामूहिक सम्मान र बैंकिङ क्षेत्रबाट सामूहिक समृद्धि खोज्ने अभियानमा लागिरहनु भएका काफ्ले एक होनहार व्यक्तित्वको कोटीमा पर्नुहुन्छ । नयाँ नयाँ विषयको अध्ययन, अनुसन्धानका लागि विदेश भ्रमण गर्ने, सबै कुराको जानकारी लिने, सामाजिक, आर्थिक र उत्पादनशील काममा लागिरहने अनि सबैलाई सहयोग गर्ने उहाँको जीवनशैली सरल र अनुकरणीय देखिन्छ ।

संघर्ष र समृद्धि:-

नेपालमा थुप्रै आन्दोलन भए, व्यवस्था परिवर्तन भए, राजतन्त्र समाप्त भएर गणतन्त्र आयो, तर देशमा आर्थिक क्रान्ति हुन सकेको छैन । यसमा महेशप्रसाद काफ्ले चिन्तित हुँदै राष्ट्रिय समृद्धिका लागि पुरानो सोच त्याग्नुपर्ने, आत्मनिर्भर अर्थतन्त्रको सन्देश दिनेखालको अर्थनीति बनाउनुपर्ने, उत्पादनमा जोडिनुपर्ने, कुरा होइन काम गर्ने पद्धतिको विकास गर्नुपर्ने, विदेशीको प्रभाव र हस्तक्षेपमा पर्नु नहुने, आयात घटाउन र निर्यात बढाउन उत्पादन बढाउनुपर्ने, विदेशी सहयोगको मुख ताक्न छोड्नु पर्ने बताउनु हुन्छ । नेपालमा प्रचुर सम्भावना हुँदाहुँदै विदेश गएर अर्काको भारी बोकेर भरिया हुने गरिब चिन्तन त्यागेर आफ्नै देशमा मालिक हुने सोचको विकास गर्नुपर्ने, जोमसोमको स्याउदेखि किलोको करोड पर्ने हाम्रो बहुमूल्य जडीबुटी यार्सागुम्बाको समुचित उपयोग गर्नुपर्ने र विज्ञहरू नेपालमै बसेर काम गर्नुपर्ने उहाँ बताउनुहुन्छ । त्यसो भयो भने, मुलुक समृद्ध बन्छ । त्यसमा सुसंस्कृति,परम्परा र कडा अनुशासनसहितको वैज्ञानिक पद्धति र प्रक्रियाको थालनीलाई पनि संयोजन गर्नुपर्ने उहाँको तर्क छ । त्यसका साथै नेताले आफूलाई होइन देश र जनतालाई केन्द्रमा राखेर काम गर्नु पर्ने, अहिले दुई तिहाईको स्थिर सरकार निर्माण भएकोले भ्रष्टाचारको अन्त्य, शान्ति, सुुशासनको सुरुवात, कृषिको आधुनिकीकरण, पर्यटन, यातायात र हाइड्रोको विकास, आधुनिक प्रविधिको उच्चतम प्रयोग गरेर युवालाई उत्पादनमा जोड्न सक्नुपर्छ , उनीहरूलाई काम गर्न ठाउँ दिनुपर्छ । यसो गर्न सके देश हाम्रै पालामा समृद्ध हुने उहाँको तर्क छ ।

अनुभव र अनुभूति:-

नेपालमा थुप्रै आन्दोलन भए, व्यवस्था परिवर्तन भए, राजतन्त्र समाप्त भएर गणतन्त्र आयो, तर देशमा आर्थिक क्रान्ति हुन सकेको छैन । यसमा महेशप्रसाद काफ्ले चिन्तित हुँदै राष्ट्रिय समृद्धिका लागि पुरानो सोच त्याग्नुपर्ने, आत्मनिर्भर अर्थतन्त्रको सन्देश दिनेखालको अर्थनीति बनाउनुपर्ने, उत्पादनमा जोडिनुपर्ने, कुरा होइन काम गर्ने पद्धतिको विकास गर्नुपर्ने, विदेशीको प्रभाव र हस्तक्षेपमा पर्नु नहुने, आयात घटाउन र निर्यात बढाउन उत्पादन बढाउनुपर्ने, विदेशी सहयोगको मुख ताक्न छोड्नु पर्ने बताउनु हुन्छ । नेपालमा प्रचुर सम्भावना हुँदाहुँदै विदेश गएर अर्काको भारी बोकेर भरिया हुने गरिब चिन्तन त्यागेर आफ्नै देशमा मालिक हुने सोचको विकास गर्नुपर्ने, जोमसोमको स्याउदेखि किलोको करोड पर्ने हाम्रो बहुमूल्य जडीबुटी यार्सागुम्बाको समुचित उपयोग गर्नुपर्ने र विज्ञहरू नेपालमै बसेर काम गर्नुपर्ने उहाँ बताउनुहुन्छ । त्यसो भयो भने, मुलुक समृद्ध बन्छ । त्यसमा सुसंस्कृति,परम्परा र कडा अनुशासनसहितको वैज्ञानिक पद्धति र प्रक्रियाको थालनीलाई पनि संयोजन गर्नुपर्ने उहाँको तर्क छ । त्यसका साथै नेताले आफूलाई होइन देश र जनतालाई केन्द्रमा राखेर काम गर्नु पर्ने, अहिले दुई तिहाईको स्थिर सरकार निर्माण भएकोले भ्रष्टाचारको अन्त्य, शान्ति, सुुशासनको सुरुवात, कृषिको आधुनिकीकरण, पर्यटन, यातायात र हाइड्रोको विकास, आधुनिक प्रविधिको उच्चतम प्रयोग गरेर युवालाई उत्पादनमा जोड्न सक्नुपर्छ , उनीहरूलाई काम गर्न ठाउँ दिनुपर्छ । यसो गर्न सके देश हाम्रै पालामा समृद्ध हुने उहाँको तर्क छ ।

अनुभव र अनुभूति:-

बैंक तथा वित्तीय क्षेत्र, शिक्षा र समाजसेवाको क्षेत्रबाट समृद्धि भित्र्याउन हामफाल्नु भएका महेशप्रसाद काफ्लेलाई आफ्नो काम र जीवनदेखि कुनै गुनासो छैन रे । यसै सन्दर्भमा उहाँ भन्नुहुन्छ ‘अहिले हरेक मान्छे सफल हुनका लागि काम गर्नुपर्छ, हरेक काम गर्न चुनौतीको सामना गर्नु पर्छ ।’ उहाँको भनाइलाई गहिरिएर हर्ने हो भने उहाँको जीवन यसैगरी अगाडि बढेको देखिन्छ । उहाँले सुखद दुःखद थुप्रै खालका अनुभव र अनुभूति संगाल्नु भएको छ । नेपालको सामाजिक जीवनका बारेमा बुझेको सन्दर्भ पनि छ, काम पनि छ अनि शिक्षा एवं सिंगो बैंकिङ क्षेत्रको अनुभव र अन्तराष्ट्रिय परिस्थितिको ज्ञान पनि छ । यी सबै कुराले उहाँको सामाजिक प्रतिष्ठा पनि उच्च भएको छ, पद र जिम्मेवारी पनि पाउनु भएको छ यो उहाँको सुखद अनुभूति हो । यो सफलतामा आउनका लागि अग्रज तथा संरक्षक बुबा, आमा र श्रीमतीको सहयोग रहेको उहाँ बताउनुहुन्छ । यी सबै कुरालाई हेर्दा उहाँले थुप्रैखालका अनुभव र अनुभूति समाल्नु भएको देखिन्छ । उहाँले शिक्षक भएर काम गरेको सुखद अवस्था पनि छ, सीईओ भएर काम गरेको सन्दर्भ पनि छ, बैंकबाट ऋण दिएर मान्छेको आर्थिक हैसियत ह्वात्तै माथि पु¥याइदिएको सन्दर्भ पनि छ भने यी सबै कुरा सिक्न र बुझ्न भारत, बैंकक, मलेसिया, सिंगापुर, थाइल्याण्ड, श्रीलंका, माल्दिभ्स, कतार, चीन, दुबई, रूसलगायत युरोपका दर्जनौ देशको अध्ययन भ्रमण गर्नुभएको अनुभव पनि छ ।

साथीको नजरमा:-

महेशप्रसाद काफ्ले काम गर्ने क्षमता भएका, सबैसँग मिल्न सक्ने स्वाभाव भएका, काम र जिम्मेवारीप्रति प्रतिबद्ध एवं उत्कृष्ट सिइओको रूपमा चिनिने व्यक्तित्व भएको कुरा उहाँका मिल्ने साथी मधु पौडेल बताउनुहुन्छ । हाल सिइओबाट रिटायर भए पनि अर्थ क्षेत्रमै काम गर्नु उहाँको कामप्रतिको भोक भएको बताउनुहुन्छ ।