जयकुमार राई: कम्युनिस्टको मर्म बुझ्ने व्यक्तित्व


भोजपुर जिल्लामा जन्मनु भएका जयकुमार राई जिल्लाको राजनीतिमा मात्र होइन राष्ट्रिय राजनीतिमै योगदान दिएका नेता हुनुहुन्छ । न्याय र समानताका लागि विद्यार्थीकालदेखि नै कम्युनिस्ट पार्टीको राजनीतिमा लाग्नुभएका उहाँले फासिस्ट पञ्चायती व्यवस्थाका विरुद्ध लाग्दा जेल जीवनसमेत बिताउनु भएको छ । विद्यार्थी राजनीतिदेखि जिल्ला पार्टीको विभिन्न तह हुँदै संघीय सांसद र विभिन्न संघ संस्थामा सल्लाहाकार रहेर महत्वपूर्ण योगदान दिइरहनु भएका उहाँले राजनीतिक यात्रा आरम्भ भने शिक्षा ज्योति निमाविमा पढ्दादेखि नै गर्नु भएको थियो । उहाँले पार्टी निर्माण विस्तारदेखि नीति निर्माण तहमा रहेर सफल र सार्थक भूमिका निर्वाह गर्नु
भएको छ । जनताको हित एंव पार्टीको मर्यादा र अनुशासनलाई सदैव उच्च तहमा राखेर परिर्वतन र समृद्धिका लागि निष्ठापूर्ण राजनीति गर्नु भएका उहाँ सालीन नेता हनुहुन्छ । पार्टीलाई वैचारिक राजनीतिक रूपमा सबल बनाउने सन्दर्भमा विनास्वार्थ अगाडि बढ्ने उहाँ जिल्लाका आमजनता र पार्टी पंक्तिमा राम्ररी घुलमिल र परिचित हुनुहुन्छ । विद्यार्थी राजनीतिमार्फत अगाडि बढ्नु
भएका राईको लगभग साढे ३ दशकको गतिशील राजनीति जीवनयात्रा अहिले सांसदको रूपमा जनताका काम गर्दै अगाडि बढिरहेको छ । जस्तोसुकै चुनौतीको सामना गरेर सत्यको पक्षमा सतिसालझैँ उभिने उहाँ स्वार्थी, जनविरोधी र पार्टी विरोधीहरूलाई शालीन रूपमै जवाफ दिएर उनीहरूलाई बदल्न खोज्नुहुन्छ । व्यक्तिगत स्वार्थभन्दा देश र जनताको स्वार्थलाई बढी
महत्व दिने उहाँ विचार र सिद्धान्तमा कहिल्यै सम्झौता नगर्ने क्रियाशील नेता हुनुहुन्छ । जिल्लाको विकास निर्माणमा खटिरहनु भएका उनै जनसेवक राईको जीवन संघर्ष, अनुभव, अनुभूति, रूचि र स्वभावका विविध पाटोलाई समेटेर जीवनचक्र प्रस्तुत गरेका छौं ।

तपाईंको शुभनाम, जन्म मिति र ठेगाना बताइदिनुस् न ।
मेरो नाम जयकुमार राई, म २०२५ साल भदौ १७ मा भोजपुर जिल्लाको साविक बालङखा गाविस आमचोक भन्ने ठाउँमा जन्मेको हुँ । हाल धरान उपमहानगरपालिका वडा न १५ मा बस्छु ।
कहिले धारान झर्नुभयो ?
२०४२ सालमा अध्ययनको सिलसिलामा झरेँ ।
दिनचर्या कसरी बितिरहेको छ त ?
आफ्नो निर्वाचन क्षेत्रका विकास निर्माणका काम र संघीय संसद्मा ऐन कानुन बनाउने काममा बितिरहेको छ ।
परिवारमा को को हुनुहुन्छ ?
बुबाआमा बितिसक्नु भयो हाल १ दाजु, म र ३ भाइ गरी ५ जना छौं ।
बुबाआमा के गर्नुहुन्थ्यो ?
बुबाआमा घर खेती गर्नुहुन्थ्यो ।
उहाँहरूको स्वभाव कस्तो थियो ?
कसैसँग नराम्रो नगर्ने, सबैको भलो चाहने, इमान्दार, मेहेनती, परोपकारी भावना, शान्त र भद्र स्वभावको हुनुहन्थ्यो ।
तपाईंको नि ?
आमाले भनेअनुसार समाजको हित चाहने, कसैले अन्याय गरेको मन नपर्ने, कसैको हानी नोक्सानी नगर्ने र सबैसँग मिल्ने स्वभावको थिएँ रे । लाहुरेको परिवारमा जन्मनु भयो त्यो बेलाको सम्मानित जागिर लाहुर जान
छोडेर राजनीतिमा किन लाग्नुभयो ?
जान्न म त नि गोर्खा भर्ती मलाया छाउनिमा,पापी मोरो कुईरेको देशैमा भन्ने गीतै थियो त्यसबेला, २०३६ सालको आन्दोलन पनि भइसकेको थियो, त्यसैले फासिस्ट पञ्चायती व्यवस्थाको अन्त्य गरी शोषणरहित समन्यायिक समाजको निर्माण गर्न विद्यार्थी राजनीतिमा लागेँ ।
अहिले त्यस्तो छ त ?
त्यसबेलाको भन्दा धेरै राम्रो छ तर जस्तो सोचेर म राजनीतिमा लागेको थिएँ, त्यस्तो छैन ।
मिलनसार हुँनुहुँदो रहेछ कुट्ने कुटाइ खाने काम त भएन होला होइन ?
आफूले कुटिएन निरंकुश पञ्चायती शासकबाट कुटाइ पिटाइ खाइयो ।
कसरी ?
२०४६ सालमा फासिस्ट पञ्चायती शासन फाल्न खोज्दा फक्राउ परेर चरम यातना पाएको छु ।
कस्तो यातना दियो ?
दिसा गर्दै गरेको बेला छिटो गर् भनेर पछाडिबाट बुटले हान्ने, उसले भनेको नमान्दा, नेताको नाम सोधेर नभन्दा खुट्टा माथि टाउको तल पारेर कुट्ने गथ्र्यो ।
त्यो बेलाको सामाजिक अवस्था कस्तो थियो ?
सामन्ती शासन व्यवस्था थियो, तर मेरो गाउँमा शोषक सामन्ती थिएनन् ।
बाल्यकाल कसरी बित्यो ?
उकाली ओरालीमा पसिना झार्दै, घाँस दाउरा, गोठालो गर्दै, पढ्दै रमाइलो ढंगले बित्यो ।
बाल्यकालको कुनै अविस्मरणीय क्षण छ ?
जेलमा बस्दा हबल्दारले त्यहाँको बलियो राई प्रहरीसँग तँ पनि राई उ पनि राई लड् भन्यो मैले उहाँ तालिम गरेको बलियो मान्छे मलाई जितिहाल्नुहन्छ नि लड्दिँन भनेर लडिनँ त्यसपछि चरम यातना दियो त्यो क्रुर समयको याद आइरहन्छ ।
खान खेल्नमा कस्तो रूचि थियो ?
दूध, दहीसहितको दाल, भात, तरकारी खाने, अनि भलिबल, ब्याडमिण्टन, फुटबल खेल्ने ।
सुरुवाती शिक्षा कहाँ लिनुभयो ?
गाउँकै स्कुल सिंहदेवी प्राविमा ।
पढाइको स्तर कस्तो थियो ?
मध्यमस्तरको थियो ।
पढ्दा आर्थिक अभाव कत्तिको भयो ?
मेरो लाहुरे किसान परिवार भएकोले आर्थिक अभाव भएन ।
राजनीतिमा कहिलेदेखि लाग्नुभयो ?
२०३८ सालमा शिक्षा ज्योति निमावि पसल भञ्ज्याङमा पढ्दैदेखि अनेरास्ववियुमा लागेँ ।
किन लाग्नुभयो ?
शोषित, पीडित गरिब जनतामाथि थिचोमिचो गर्ने सामन्ती व्यवहारको अन्त्य गरी सबै समान हुने, सबैले गरी खाने व्यवस्था ल्याउन ।
जेल पनि पर्नुभयो ?
२०४६ सालमा बहुदल आउनुभन्दा एक महिनाअघि नै आन्दोलनको क्रममा जेल परेँ ।
विवाह कोसँग कहिले कसरी गर्नुभयो ?
२०५६ सालमा तेह्रथुमकी हेमा तुम्बाहाम्फेसँग मागी विवाह भएको थियो २०६३ सालमा व्यवहार विचार नमिलेर डिभोर्स भयो ।
अर्को विवाहको सोच छ कि छैन ?
अहिले देश र जनताप्रतिको जिम्मेवारी बढी भएकोले त्यतातिरको ध्यान नै छैन ।
जागिर खाने सोच भएन ?
सानैदेखि विद्यार्थी राजनीतिमा लागेँ जागिर तिरको सोचै भएन ।
नेता को को मनपर्छ ?
देश, जनता र परिवर्तनका लागि योगदान गर्ने सबै अग्रज नेता मनपर्छ ।
बढी मन परेर पढेको पुस्तक कुन कुन हुन ?
माक्र्स, लेलिन, नेल्सन मण्डेला र आङसाङ सुकीको जीवनीका साथै माक्र्सवादी दर्शनका पुस्तक बढी पढेको छु ।
तपाईंको कमजोरी ?
चाँडो विश्वास गर्ने, नेताको घरमा नधाउने र गुटमा नलाग्ने कमजोरी होला ।
प्रेरणाको स्रोत नि ?
आमाबुबाबाट, समाजमा भएका विभिन्न घटनाक्रमबाट सिक्दै भोग्दै यहाँसम्म आएँ यी सबै घटना परिघटना र परिस्थिति मेरा प्रेरणाका स्रोत हुन् ।
सुख दुःखको क्षण ?
बुबाआमा, मदनकुमार भण्डारी, जीवराज आश्रितको निधन हुँदा, २०५४ सालमा पार्टी फुट्दा र तत्कालीन राजा ज्ञानेन्द्रबाट प्रजातन्त्रमाथि ‘कु’ हुँदा दुःखको क्षण र २०४६ सालको आन्दोलन सफल हुँदा, गणतन्त्र आउँदा र नयाँ संविधान घोषणा हुँदा खुसी लागेको थियो ।
सन्तुष्टि असन्तुष्टि के छ ?
समाज परिवर्तनका लागि निरन्तर लागेको मान्छे, जनताको काम गर्ने अवसर आदरणीय अग्रज नेता कार्यकर्ता तथा जनताहरूले दिनुभएको छ असन्तुष्टि केहीमा छैन तर जनचाहानाअनुसार काम पनि नभएकोले पूर्ण सन्तुष्टि पनि छैन ।

पारिवारिक पृष्ठभूमि, अनुभव र अनुभुति:-

भोजपुरको रमणीय गाउँ बालंखामा हुर्किनुुभएका सांसद जयकुमार राई सम्य, सुसंस्कार र गाउँको सम्मानित मध्यम वर्गीय परिवारमा जन्मिएका नेता हुनुहुन्छ । उहाँका स्व.पिता धनबहादुर र स्व. माता छरीमाया राई कृषि पेसामा आबद्घ हुनुहुन्थ्यो । मध्यवर्गीय परिवारमा २०२५ सालमा जन्मेर ५१ वर्षे जीवनयात्रामा हिँडिरहनु भएका राईको पारिवारिक पृष्ठभूमि असाध्य गर्विलो रहेको छ । उहाँका जेठा दाजु नेरेन्द्र ब्रिटिस आर्मीका क्याप्टेन र भाई दीपक हङकङमा रोजगारी गर्नुहुन्छ । उहाँ राजनीति गर्नुहुन्छ भने उहाँका अन्य दुई भाइ प्रदीप र सुरेश धरानमा व्यापार व्यवसाय गर्नुहुन्छ । उहाँको २०५६ सालमा तेह्रथुम निवासी हेमा तुम्बाहम्फेसँग विवाह भएता पनि उहाँसँगको दाम्पत्य जीवन सफल हुन सकेन । कुनै खालका खराब काम नगरी कुनै कुलतमा नफँसी समाज परिवर्तनका लागि अनगिन्ती संघर्ष गर्नु भएका उहाँले थुप्रै तीता मीठा अनुभव ,अनुभूति संगाल्नु भएको छ , आरोह अवरोह पार गर्नु भएको छ । उहाँले बुबाआमा बित्दाको पीडादेखि अन्य थुप्रै दुःख सुखका भगाँलाहरू पार गर्नु भएको छ, अप्ठयारो बेलामा पार्टीमा काम गरेर योगदान गर्नुभएको छ, जिल्ला नगर क्षेत्रमा विभिन्न महत्वपूर्ण काम गर्नु भएको छ, जसको सुखद दुःखद दुवै अनुभूति छ उहाँलाई । सुखसयलको परवाह नगरी न्याय समानताका लागि पञ्चायती व्यवस्थाको अन्त्य र समाज परिवर्तनका लागि जेलमा चरम यातना खेपेको उहाँको अतित दुःख र सुखको दोभानभित्र छ । सांसदको रूपमा चुनेर जनताले फूलमाला लगाइदिएको सुखद सन्दर्भदेखि सामान्य किसान मजदुरसँग भलाकुसारी गरेर हिँडेको सन्दर्भ मात्र होइन आफूले लडेर ल्याएको २०४६ सालको प्रजातन्त्रको अनुभूति, मदन–आश्रितको निधन र पार्टी फुट्दाको दुःखद क्षणदेखि प्रतिगमनको पीडा र गणतन्त्र आएको सुखद क्षण पनि छ उहाँसँग । बारीमा हलो कोदालो गरेको, घाँस दाउरा काट्न उकाली ओराली गोठालो गरेको, साथीभाईसँग खेलेको विगतदेखि जिल्ला नेता र संघीय सांसद भएर काम गरेको अतित र वर्तमान उहाँसँग छ । देश र जनताका लागि बोलेको र विकास निर्माणका काम गरेको अनुभूतिदेखि निरंकुश पञ्चायतसँग लडेको गौरवगाथा ज्यूँदै छ उहाँसँग । हरेक सन्दर्भ भोगेर आउनु भएका जयकुमार समाजका लागि महत्वपूर्ण योगदान दिने नेताको रूपमा परिचित हुनुहुन्छ । यो पाटोबाट हेर्दा उहाँ र उहाँको परिवार सबैको पीरमर्का र भावना बुझने सबैकुराको संयोजन भएको सुन्दर र शान्त परिवार देखिन्छ । उहाँको सुखद अनुभूति पनि यही हो ।

शिक्षा र समाजसेवा:-

बाल्यकालदेखि नै शिक्षा र समाजसेवामा रूचि राख्ने जयकुमार राईले सुरुवाती शिक्षा गाउँकै स्कुल सिंहदेवी प्राविमा लिनु भयो भने शिक्षा ज्योति निमाविहुँदै एसएलसी धरानको शिक्षा सदन माविबाट र उच्चशिक्षा महेन्द्र बहुमुखी क्याम्पसबाट हासिल गर्नुभयो । उहाँले राजनीतिका कारणले पढ्दैदेखि कष्टसाध्य जीवन बिताउनुभएको देखिन्छ । राजनीति सँगै समाज सेवाका थुप्रै काम गर्नुभएका उहाँले विभिन्न संघसंस्था र निजी सरकारी बिद्यालयमा रहेर सल्लाहाकारको भुमिका निबार्हा गरीरहनुभएको छ । यो सबै भन्दा महत्वपूर्ण, अनुकरणीय र ग्रहणीय काम हो ।

राजनीतियात्रा:-

बाल्यकालदेखि नै कसैसँग झगडा, अन्याय र अत्याचार नगर्ने, सकेको सहयोग सबैलाई गर्ने र खराब मान्छेबाट टाढै रहने जयकुमार राई कम्युनिस्ट पार्टीको राजनीतिमार्फत परिवर्तन र जनताको मुक्ति आन्दोलनमा लाग्नुभएको हो । २०३६ सालको विद्यार्थी आन्दोलबाट प्रभावित हुनुभएका उहाँ २०३९ सालमा नेपाल कम्युनिस्ट पार्टी मालेको भातृ संगठन अनेरास्ववियुको निमावि कमिटीमा रहेर राजनीतिमा प्रवेश गर्नुभएको हो । फासिस्ट पञ्चायती व्यवस्थाका विरुद्ध जेल सजाय र यातना व्यहोर्नु भएका उहाँले राजनीतिक उतार चढावका थुप्रै परिघटनाहरू व्यहोर्नु भएको छ । पञ्चायती सामन्तवादका विरुद्ध जेहाद छेड्ने कम्युनिस्ट आन्दोलनमा जीवनको परवाह नगरी राजनीतिमा लाग्नु भएका राईलाई पञ्चायती शासकले २०४६ सालमा चरम यातना दिएको उहाँ बताउनुहुन्छ । अनेरास्ववियु नगर कमिटीको अध्यक्षदेखि जिल्ला सदस्य, उपाध्यक्ष, कोसी अञ्चल संयोजक, राष्ट्रिय परिषद् सदस्य, केन्द्रीय सदस्य, राष्ट्रिय जनसांस्कृतिक महासंघ सुनसरीको सदस्यहुँदै संयोजक भएर काम गर्नुभयो । त्यसैगरी उहाँले पार्टीको नगर कमिटी सदस्य, सहसचिव, उपाध्यक्षहुँदै जिल्ला कमिटी सदस्यमा रही हाल सुनसरी क्षेत्र नं. १ बाट संघीय संसद्मा निर्वाचित हुनुभएका उहाँ परिवर्तनका पक्षमा दृढताका साथ काम गर्दै राजनीति उद्देश्यमा अगाडि बढिरहनु भएका युवा नेता हुनुहुन्छ । जनताको आन्दोलन र पार्टी काममा कहिल्यै नथाक्ने राई राजनीतिमा गुट उपगुट, चाकडी, चाप्लुसी, पाखण्ड र छलछाम गर्नुहँुदैन, आस्था र निष्ठाको राजनीति गर्नुपर्छ भन्ने इमान्दार नेतामा पर्नुहुन्छ । उहाँले पार्टीको कामदेखि सिंगो क्षेत्र तथा जिल्लाको विकास निर्माणको काममा महत्वपूर्ण योगदान दिएर नेकपाको जनप्रेमी नेताको छवि बनाउनु भएको छ ।

विकास निर्माणका काम:-

सामन्ती राजतन्त्र फाल्न कम्युनिस्ट आन्दोलनमा जीवनको परवाह नगरी लाग्नु भएका जयकुमार राईले देश र जनताको हितमा थुप्रै काम गर्नु भएको छ । उहाँले धरानका सबै ठाउँमा हिँउद बर्खा हिड्न सक्ने गरी सडक पु¥याउने, धरान उपमहानगरपालिकालाई सबै क्षेत्रबाट जोड्ने, सुनसरी क्षेत्र नं १ अन्तर्गत पर्ने धरानलाई बराहा, रामधुनी नगरपालिका लगायत अन्य आसपासका गाउँपालिका र छिमेकी जिल्लासँग सडक सञ्जालले जोड्ने सडकको स्तरोन्नति गरिरहेको, साविक बक्लौरीसँग जोड्ने सडक निर्माणका लागि ट्र्याक खोल्ने काम भइरहेको, साविक भरौल र धरान जोड्ने सडकको स्तरोन्नति भइरहेको, विष्णुपादुका–धरान–आहाले जोड्नका लागि धरान मंगलबारेबाट सर्दुखोलामा पुल निर्माण भइरहेको, धरान १५ र धरान ४ जोड्ने सेउतीखोलामा पुल निर्माणको योजना भइरहेको, धरान १५ खोरिया बस्ती माथिल्लो पानवारी जोड्ने सेउतीखोला र अँधेरीखोलाको पुल निर्माणलाई निरन्तरता दिन बजेट विनियोजन गराएको, रंगशाला निर्माणको लागि बजेट विनियोजन गर्न लगाएको, सुकुम्वासी अव्यवस्थित समस्या समाधान गर्न पहलकदमी लिइरहेको, धरान खानेपानी आयोजना निर्माण विस्तार गर्न पहल गरिरहेको, धरान विमानस्थलको लागि पहल गरिरहेको, वृद्धाश्रमको निर्माणमा जुटिरहेको, धरानमा आयुर्वेद विश्वविद्यालय निर्माणका लागि पहल गरिरहेको उहाँ बताउनुहुन्छ । त्यसैगरी सुनसरी उपमहानगरपालिका भएर मेचीसम्म पुग्ने मदन भण्डारी सडकमार्ग बनाउन पूर्वका सबै माननीयसहित डेलिगेसन गएर त्यो सडकमार्ग अगाडि बढाउन सफल भएको, धरानमा खेल मैदान बनाउनका लागि पहलकदमी लिएको, सुनसरी क्षेत्र नं १ मा थुप्रै खोलाहरू रहेको र ती खोलामा वर्षेनि आउने बाढीले जनतालाई सँधै समस्यामा पारिरहेकोले त्यसको स्थायी समाधानको लागि नदी नियन्त्रण गर्न पहल गरिरहेको उहाँ बताउनुहुन्छ । त्यसैगरी उहाँले सुनसरी क्षेत्र नं १ मा बिजुली नपुगेका ठाउँमा बत्ती र पानी पु¥याउनका लागि काम गरिरहेको, सञ्चारको सहजताका लागि टेलिफोन टावरहरू निर्माण तथा मर्मत सम्भारमा पहल गरिरहेको, सुनसरीलाई आत्मनिर्भर बनाउन कृषि योजना र कार्यक्रमलाई कृषक लक्षित गरी अगाडि बढाइरहेको बताउनुहुन्छ । यसैगरी सुनसरीको विकास र समृद्धिको प्रमुख क्षेत्र पर्यटन भएकोले पर्यटन प्रवद्र्धन, विकास र विस्तारका लागि त्यहाँ भएका पर्यटकीय स्थललाई व्यवस्थित र मनमोहक बनाउने, भौतिक पूर्वाधारका कुराहरू सुधार गर्ने र थप नयाँ पर्यटकीय गन्तव्यस्थलको अध्ययन गर्ने कामका लागि योजनागत रूपमा अगाडि बढिरहेको बताउँदै त्यस क्षेत्रमा भ्युटावर पार्क, केवलकार सञ्चालनका निम्ति सम्भाव्यता अध्ययन, थाउजेण्ड बिग बुद्घ निर्माण, बराहक्षेत्र मन्दिर, चतराधामलगायत विष्णुपादुका, बूढासुब्बा,दन्तकाली, पिण्डेश्वर, पञ्चकन्या मन्दिर, विजयपुरस्थित भताभुङ्गे राजाको ऐतिहासिक दरबारलगायत त्यस क्षेत्रका तालतलैया सिमसार क्षेत्रलाई संर्वद्धन र संरक्षण साथै पूर्वाधार निर्माण गरेर पर्यटक पु¥याउने कुरामा पहलकदमी लिइरहेको उहाँ बताउनु हुन्छ । त्यसैगरी बीपी प्रतिष्ठानलाई थप भौतिक पूर्वाधारयुक्त, दक्ष जनशक्तियुक्त, स्रोतसाधनले सुविधासम्पन्न अस्पताल बनाउन त्यसको स्तरोन्नति गर्नेदेखि पूर्वकै मनोरमस्थल भेडेटारलाई अझ आकर्षक बनाएर त्यहाँबाट आर्थिक लाभ लिने योजना बनाई धरानलाई प्रदेश नं. १ को पर्यटकीय हब बनाउने र रोजगारी सिर्जना गर्ने गरी काम गरिरहेको उहाँ बताउनुहुन्छ । त्यसका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग स्रोत साधन जुटाउनको लागि त्यस क्षेत्रका प्रदेश माननीय, स्थानीय जनप्रतिनिधिसहितको सामूहिक छलफल परामर्श गरी डेलिगेसन जानेदेखि जिल्लाका जनताका व्यक्तिगत र सामूहिक समस्या समाधानमा आफ्नो समय र पहुँचले भ्याउञ्जेल काम गरिरहेको उहाँ सुनाउनुहुन्छ । यी सबै कुरालाई हेर्दा सांसद राई विकास निर्माणका काम पनि उतिकै सक्रियताका साथ लागिरहेको देखिन्छ ।

त्याग र समपर्ण:-

विद्यार्थी अवस्थादेखि नै समाजप्रति सचेत जयकुमार राईले सुखसयलको परवाह नगरी सबै जोखिम मोलेर पञ्चायतविरुद्धको आन्दोलनको कठिनतम् अवस्थामा ज्यानको परवाह नगरी संगठन र पार्टीमा काम गर्नुभयो, सबैको मन जितेर गाउँ, क्षेत्र, जिल्लाहुँदै राष्ट्रिय राजनीतिमा सक्रिय रहनु भयो, पार्टीमा योगदान गर्नुभयो, जिल्लावासी सबैलाई मिलाएर लैजान भूमिका खेल्नुभयो, कार्यकर्ताको मनोबल उच्च राख्नुभयो यो उहाँको राजनीति त्याग र समर्पण हो ।

चिन्ता पार्टी र समृद्धिको:-

नेकपाका सांसद जयकुमार राई मुलुकमा शान्ति, स्थिरता, विकास र समृद्धि आउनेमा आशावादी त हुनुहुन्छ तर जनताले सोचेअनुरूप काम हुन नसकेको र पार्टीमा विचार, सिद्धान्त, निष्ठा, अनुशासन, आचरण, पद्धति, प्रक्रिया, वर्गीय पक्षधरता कमजोर हुँदै गएकोमा भने चिन्ता व्यक्त गर्दै जनताको समृद्धि नभेटुञ्जेल कुनै पनि नेताले आफूलाई होइन देश र जनतालाई केन्द्रमा राखेर काम गर्नु पर्नेमा जोड दिनुहुन्छ । अहिले दुई तिहाईको स्थिर सरकार निर्माण भएकोले भ्रष्टाचारको अन्त्य, शान्ति, सुुशासनको सुरुवात, कृषिको आधुनिकीकरण, पर्यटन, यातायात र हाइड्रोको विकास, आधुनिक प्रविधिको उच्चतम प्रयोग गरेर युवालाई उत्पादनमा जोड्न सक्नुपर्छ, उनीहरूलाई काम गर्न ठाउँ दिनुपर्छ देश चार वर्षमै समृद्ध बन्छ भन्ने उहाँको तर्क छ । उहाँको बढी नै चिन्ता भने पार्टीप्रति देखिन्छ । उहाँ जोड दिएरै भन्नुहुन्छ ‘पार्टीका नेताको सोच व्यवहार, जीवनशैली, मुलुकको वर्तमान अवस्था र जनताको अपेक्षाभन्दा नितान्त विपरीत भएको र यसप्रति सबैको चिन्ता बढिरहेको छ ।’ मुलुकमा शान्ति, स्थिरता, विकास र समृद्धि ल्याउन पुरानो सोच, व्यवहार, संस्कार, संस्कृति र स्वभावमा परिवर्तन हुनुपर्ने, भ्रष्टाचार र अनियमितताको अन्त्य गर्न कठोर नीति ल्याउनुपर्ने, निर्वाचनमा टिकट पाउन र निर्वाचन जित्न गरिने अधिक खर्च रोक्नुपर्ने उहाँ बताउनुहुन्छ ।

स्वभाव र शैली:-

अधिकांश समय राजनीतिमा लगाउने जयकुमार राई मेहेनती, मिलनसार, स्वाभिमानी, अर्काको हितमा काम गर्न उत्साहित हुने, देश, जनता र पार्टीका लागि जस्तोसुकै योगदान गर्न तयार हुने क्रियाशील नेतामा पर्नुहुन्छ । हरेक काम कुरालाई परिणाममा हेर्ने र उत्पादनमा जोडिन चाहने उहाँ सबैलाई सिर्जनशील र दक्ष बन्न प्रेरित गर्नुहुन्छ । उहाँका स्वर्गीय आमाबुबा पनि अप्ठ्यारोमा परेकालाई सहयोग गर्ने भएकोले उहाँ पनि अवस्था, आवश्यकता र सामथ्र्यअनुसार सहयोग गर्नुहुन्छ, आफूलाई जनताको सेवक ठान्नुहुन्छ, त्यहीअनुसारको आचरण र व्यवहार गर्नुहुन्छ । यसले उहाँलाई अगाडि बढ्न सहयोग पु¥याएको छ । उहाँलाई खान र लाउनमा कुनै शौख छैन, धन सम्पत्तिप्रति मोह छैन, समाजलाई केही दिऔं भन्ने सकरात्मक सोच छ, यही सोच, शैली र स्वाभावले उहाँलाई असल नेता र जनप्रिय सांसद बनाएको छ ।

जीवनलाई फर्केर हेर्दा:-

जयकुमार राई राजनीति गर्दा होस् वा निजी जीवनका काम गर्दा होस्, विकास निर्माणका काम गर्दा होस् वा नीति निर्माणका काम गर्दा होस् जस्तोसुकै चुनौती छिचोल्न तयार हुने तथा देश र जनताको पक्षमा काम गर्ने नेतामा पर्नुहुन्छ । यही कर्मले उहाँलाई यो उचाइ पनि दिएको छ र उहाँलाई देशले चिन्ने सांसद बनाएको छ । यो सबैका लागि सुखद अनि उहाँ र उहाँको परिवारका लागि सन्तुष्टि हो । यही बलमा राईले त्यस क्षेत्रका जनतालाई समृद्ध पारिरहनुभएको छ ।

साथीको नजरमा जयकुमार:-
जयकुमार राई सबैसँग मिलनसार स्वाभाव भएका, कसैलाई नराम्रो नगर्ने, जनताको हितमा रातदिन खट्ने, अन्ययाका विरुद्ध लड्ने, परिर्वतनकारी र विकासमा बढी चाख दिने सांसदको छवि बनाएका सिद्धान्तनिष्ठ, अविचलित एवं दृढ नेता भएको कुरा उहाँका राजनीतिक गुरु हर्क चुम्बे र समकालीन साथी राम कोइराला बताउनुहुन्छ ।

About

हरेक पल हरेक खबर विचार र समचारको जनपक्षीय डिटिटल पत्रिका छलफल विक्ली डट कम