जनताको मन जित्ने काम गर्नुपर्छ: माधब नेपाल


काठमाडौं १ जेठ । नेकपाका वरिष्ठ नेता एवं पुर्ब प्रधानमन्त्री माधवकुमार नेपालले अहिले पनि धेरै जनताको विश्वास जित्न बाँकी रहेको र जनताका धेरै काम गर्नुपर्ने भएकोले दुई तिहाईको दम्भ देखाउन नहुने बताउनु भएको छ । युवा संघ नेपालको २९ औ बार्षिकोत्सवको अवसरमा आज राजधानीमा आयोजित विशेष कार्यक्रममा नेता नेपालले उक्त कुरा बताउनु भएको हो । पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले हाम्रो काम र व्यवहारले जनताको मन जित्न सक्ने, जनताका पीर, मर्कामा सहयोगी भए, जनताको दुःख कष्टमा साथ दिए र जनताको सुखमा रमाउन सकियो भने मात्र जनताले हामीलाई मन पराउने बिचार ब्यत्त गर्नुभयो । कम्युनिष्ट नेताहरुको आचरण र व्यवहार परीक्षणमा रहेको भन्दै वरिष्ठ नेता नेपालले युवा नेताहरुलाई सचेत पनि गराउनु भएको छ । ‘हाम्रो आचरण र व्यवहारमा कतै ठुला समस्या त खडा भएका छैनन् ? अनौठो खालका विकृतिहरु झांगिएका त छैनन् ? पारदर्शीता छ कि छैन ? कमिटीभित्र सबै कुराहरु छलफल हुन्छ कि हँुदैन ? कामको बाँडफाँड गरिन्छ कि गरिँदैन ? योग्यता क्षमताको मुल्यांकन गरिन्छ कि गरिँदैन ? यि सबै कुरालाई हेरेर काम गर्नुपर्ने उहाँले बताउनु भयो ।

About

हरेक पल हरेक खबर विचार र समचारको जनपक्षीय डिटिटल पत्रिका छलफल विक्ली डट कम