समृद्धिका लागि इमानदार भएर काम गर्ने हो कसैको धम्कीले डराइदैन: भीम रावल


स्पष्टवक्ता र प्रभावशाली नेताका रूपमा चिनिने भीम रावल नेकपाका स्थायी समिति सदस्य, पूर्वउपप्रधानमन्त्री, रक्षा र गृहमन्त्री एवं सात नं प्रदेश इञ्चार्ज हुनुहुन्छ । देश, जनता र परिवर्तनको लागि कम्युनिस्ट पार्टीमा लागेर संघर्षपूर्ण राजनीति गर्नुभएका उहाँ सरल, ईमानदार, वैचारिक र नेतृत्व क्षमता भएका जनताका प्रीय नेताका रूपमा परिचित हुनुहुन्छ । राष्ट्रिय स्वाधिनता, स्वाभिमान र समृद्धिका लागि जस्तो सुकै चुनौतीको डटेर सामना गर्ने रावलसँग पछिल्लो राष्ट्रिय राजनीति, पार्टीका गतिविधि र सरकारका कामका बारेमा छलफलले गरेको कुराकानीको सम्पादित अंशः

भीम रावल, स्थायी समिति सदस्य, नेकपा

पार्टी एकता भएको एक वर्षपछि पनि एकताका सबै कामहरू अझै सकिएका छैनन्, पोलिटब्युरो गठन, केन्द्रीय सदस्यको कार्यविभाजन र गाउँ नगरस्तरका कमिटीहरूको गठन सकिएको छैन, सकिएकोमा पनि कतिपय ठाउँमा असन्तुष्टि सुनिन्छ किन यस्तो ?
हामीले २०७५ जेठ ३ गते पार्टी एकताको घोषणा हुँदा तीन महिनाभित्र सबै काम सम्पन्न गर्ने भनेका थियांैं । त्यसअनुसार हुन सकेन धेरै विलम्ब भयो, पुस महिनाभित्र सम्पन्न गर्ने भनेर हामीले स्थायी कमिटीबाट निर्णय गराएका थियांैं, तदनुरूप पनि भएन । फागुन महिनाबाट त हामीले देशव्यापी रूपमा अभियान सञ्चालन गर्ने कुरा गरेका थियांै, त्यो पनि हुन सकेन । अहिले आएर जिल्ला अध्यक्ष, सचिव, जनसंगठनका संयोजक र सहसंयोजकहरूका बारेमा जुन निर्णय गरिएको छ, त्यो अहिलेको लागि त राम्रै भएको छ, यसले अहिले एकतामा भइरहेको ढिलाइ र त्यसप्रतिको असन्तुष्टिलाई त केही मत्थर पारेको छ तर अझै सबै जल्ला कमिटी निर्माणका कामलाई अन्तिम रूप दिने, सबैतिर त्यसको सपथग्रहण गराउने, जनसंगठनहरूका सबै कमिटीहरूलाई पूर्णता दिने, जनतासँग प्रत्यक्ष जोडिने स्थानीय तहका कमिटीहरू बन्न सकिरहेका छैनन् । त्यसले गर्दा पार्टीका काम नहुने, पार्टी सशक्त नहुने, नेताबाट जनता अलग थलग हुने अवस्था सिर्जना भइरहेको छ, नेकपाका नेताहरूप्रति प्रश्न उठेको छ । त्यसैले पार्टीको मूल नेतृत्वले यसमा ध्यान दिएर पर्याप्त समय दिएर यी काम चाँडै सम्पन्न गर्नुपर्छ । यसरी पार्टीको संगठनात्क कामलाई सम्पन्न गर्नु भनेको पार्टीका लागि मात्र होइन देश र जनताकै लागि हित हुने काम हो ।

एकताप्रति सबै नेता कार्यकर्ता सन्तुष्ट देखिँदैनन्, दुईजना अध्यक्षले ड्राइभ गरेको नेकपारूपी जेट विमान ठीक दिशामा गइरहेको छ कि छैन, यसलाई कुन रूपमा लिनुभएको छ ?
एक वर्षसम्म पार्टीका सम्पूर्ण कमिटीहरूलाई निस्क्रिय बनाएपछि, एकताका कामहरू विलम्ब गरेपछि, लाखौं नेता कार्यकर्तालाई कामविहीन बनाएर राखेपछि, कतिपय कामहरू पारदर्शी ढंगले नगरेपछि र जिम्मेवारी दिने कुरामा तलवितल भएपछि कार्यकर्ताले आवाज उठाउनु स्वभाविक हो । जहाँसम्म दुईजना अध्यक्षले पार्टी ड्राइभ गर्ने कुरा गर्नुभयो ठीक छ हामीले पार्टी एकता गर्ने सन्दर्भमा पार्टीलाई दुईजना अध्यक्षले सञ्चालन गर्ने कुरा ग¥यांै तर त्यसको अर्थ पार्टी सञ्चालन गर्दा समयमा यसको बैठकै नबस्ने, छलफल नै नगर्ने, राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाका सन्दर्भमा सामूहिक निर्णय नगर्ने, सबैको बल,बुद्धि,विवेक नलगाउने र पार्टीलाई कमजोर हुन दिने भनेको होइन । यी र यस्ता काम नगर्ने, सामूहिक बल विवेकबाट पार्टी सञ्चालन गर्ने भनेको हो भन्ने कुरा बुझनु पर्दछ । तर यसरी काम नहुँदा ठीक ढंगले अगाडि जान नसकिने, नेता कार्यकर्तामा अन्योलता हुने र असन्तुष्टिहरू बढ्ने जस्तो अवस्था आएको हो ।

यो पार्टीमा तपाईं नै पनि लामो राजनीतिक अनुभव, त्याग तपस्या, योगदान गर्नुभएको व्यक्तित्व हुनुहुन्छ, अन्य वरिष्ठ नेता पनि हुनुहुन्छ, अध्यक्षद्वयसँग सँगै बस्नुहुन्छ होला गफगाफ पनि हुँदो हो, यस्ता विषयमा कुरा गर्न भ्याउनुहुन्न कि गरेर पनि नमिलेको हो या कुरा गर्दा पनि अध्यक्षहरूले वास्ता नगर्नु भएको हो खास कुरा के हो ?
यस्ता कुरा हामीले मुलभूत रूपमा पार्टीका बैठकहरूमा राख्ने हो, पार्टी नेताहरूसँग भेटघाट हुँदा भन्ने होे, पार्टीको बैठक हुँदा त हामीले भन्यौं तर पार्टीको बैठक नै नबसेको पाँच महिना नाघ्न लाग्यो । यस्तो अवस्थामा देश र जनताका महत्वपूर्ण विषयहरूमा आधिकारिक रूपले कहाँ भन्ने ? भन्ने सन्दर्भमा हामीलाई नै समस्या भएको छ । यस्तो अवस्थामा राष्ट्रियता र राष्ट्रिय सार्वभौमिकताका विषयमा पार्टीमा आधिकारिक रूपले छलफल नहुँदा, संस्थागत सामूहिक निर्णय नहुँदा देश र जनताको हितका खातिर मैले सार्वजनिक फोरममा समेत बोलेको छु । संस्थागत रूपमा बोल्ने ठाउँ नभएपछि पार्टीको नीति, विधि, सिद्धान्त छ, पद्धति, प्रक्रिया छ, मूल्य, मान्यता छ, ऐन, कानुन र संविधान छ, त्यसअनुसार काम नहुँदा, त्यसअनुसार पार्टी नेतृत्व र सरकार नचल्दा त्यसको प्रतिरक्षा गर्नुपर्ने अवस्था आउँछ । त्यस्ता काम मैले गर्ने गरेको छु । कतिपय सन्दर्भमा मूल नेतृत्व र वरिष्ठ नेताहरूसँग भेट हुँदा पनि यस्ता विषयमा मैले ध्यानाकर्षण गराएको छु तर नेतृत्वले जसरी लिनुपर्ने हो त्यसमा कमि भएको देखिएको छ ।

राष्ट्रियता, राष्ट्रिय सार्वभौमिकता र जनताका हितका विषयमा बाहिर जेजस्ता कुराहरू उठाउनुभएको छ त्यसमा त तपाईंले पार्टी नेतृत्व र सरकारलाई नै असहयोग गरेको, देश विकासको काममा अवरोध गरेको भन्ने कुरा पार्टीभित्रैबाट बेलाबखत आउँछ नि के हो ?
यो तर्क नै हाँस्यास्पद तर्क हो । मेरो राजनीतिक जीवन बुझ्नेहरूले विद्यार्थीकालदेखि हालसम्म आउँदा पार्टी नीति, विधि, पद्धति, प्रक्रिया र अनुशासनमा बढ्ता जोड दिएर आएको व्यक्ति हुँ म, यो कुरा तपाईंलाई पनि थाहा छ । चाहे महाधिवेशनमा होस वा अन्य फोरममा होस् म यी कुरालाई सदैव ख्याल गरेको हुन्छु, ख्याल गरेरै बोलिरहेको हुन्छु । अहिले पनि मैले जुन कुरा बोलिरहेको छु त्यो पार्टीकै प्रतिरक्षाको लागि बोलिरहेको छु, कुनै स्वार्थमा होइन । उदाहरणको लागि भन्नुस् नेपालले सैन्य गठबन्धनमा प्रवेश गर्ने प्रयास ग¥यो । तर त्यो त हाम्रो पार्टीको नीति, सिद्धान्त, विधि, विधान पद्धति, प्रक्रिया, नेपालको संविधानभन्दा विपरीत हो । यस्तो बेला पार्टीका नेता, कार्यकर्ताले पार्टी र देशको विधि विधानको प्रतिरक्षा गर्ने कि नगर्ने ? त्यसो गर्दा कतै पार्टी र सरकार कमजोर हुन्छ ? पार्टी र सरकार कमजोर त त्यतिबेला हुन्छ जब पार्टीले स्थापना कालदेखि अहिलेसम्म लिएका नीति, सिद्धान्त, मूल्य, मान्यता र नेपालको संविधान प्रतिकुल हुने कामहरू गरिन्छ, पार्टी विधि, प्रक्रियामा चल्नेभन्दा जसलाई जे मन लाग्यो त्यही निर्णय गर्ने प्रक्रिया हावी हुन्छ र त्यसले पार्टीलाई कमजोर बनाउँछ । हाम्रो नेपालको कम्युनिस्ट आन्दोलनलाई हेरौं त्यसका बारेमा अध्ययन गरेर मैले किताबै लेखेको छु नि, पार्टी कसरी कमजोर हुन्छ, फुट्छ भन्ने कुरा त मैले देखेको छु, लेखेको छु नि । जब नीति, विधि, सिद्धान्त मूल्य मान्यता हट्छ, अनुशासन र आचरण भंग हुन्छ, सामूहिकता हुँदैन, जवाफदेहिता हुँदैन, निजी स्वार्थ हुन्छ, देश र जनताको हितलाई भन्दा व्यक्ति र गुटगत स्वार्थमा मान्छेहरू लाग्दछन् जसका कारण पार्टी फुट्छ, फुटेको इतिहास हामीसँगै छ । यसर्थ मैले जेजस्ता विषयहरूको उठान गरेको छु ती नेपाल र नेपाली जनताको हित, राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र संविधानको रक्षाका लागि गरेको छु, त्यो बुझ्नेका लागि राम्रो छ, उनीहरूले समर्थन पनि व्यापकै गरिरहेका छन्, नबुझ्ने बुझेर बुझ पचाउने,मैले जे भनेँ ठीक भनँे, जे गरँे ठीक गरेँ, पार्टीको विधान मिचे पनि ठीक, संविधान नै मिचे पनि ठीक, मै हुँ सर्वेसर्वा, अरूले बोल्नै पाइँदैन, टिप्पणी नै गर्न पाइँदैन भन्नेहरूले त्यस्ता खालका तर्क दिन सक्छन् तर त्यस्ता हाँस्यास्पद तर्कको कुनै अर्थ छैन ।

पार्टीलाई अनुशासित, मर्यादित र सशक्त बनाउने अब के गर्नुपर्छ त ?
हाम्रो पार्टीले विगतमा जस्तो नीति, विधि, सिद्धान्त, मापदण्ड, अनुशासन लिएको थियाें, जस्तो संगठनात्मक प्रक्रिया अपनाएको थियाें त्यसको आधारमा आजको उपलब्धि हामीले हासिल गरेको हौ । चाहे विगतको एमाले होस् वा नेकपा माओवादी केन्द्र होस् । ती हाम्रा नीति निर्णय, महाधिवेशनका निर्णय प्रक्रियाहरू, पार्टीका घोषणापत्रहरूलाई, माक्र्सवादमा आधारित हाम्रा मान्यताहरूलाई जनताका बीचमा स्पष्ट राखेर तदनुकुलको संगठनात्मक प्रणाली अपनाउने, गुटबन्दीका संकीर्ण स्वार्थका घेराबाट बाहिर आउने र जनताको फैसलाबाट तीन तहमा आज हाम्रो जस्तो उपस्थिति छ त्यसलाई ख्याल गरेर जनताका अपेक्षा पूरा गर्ने गरी देश, जनता र पार्टीको हितमा हुने गरी काम ग¥यौं भने निसन्देह अहिलेका समस्यालाई पार लगाउँदै हाम्रो देशभक्तिपूर्ण अभियानलाई मुलुकको समृद्धमा जोड्न सक्छौं । यसले मात्रै पार्टी, सरकार, देश र जनतालाई बलियो पार्न सक्छ, अनुशासित बनाउँन सक्छ । त्यही गरौं भन्ने मेरो जोड हो । कम्युनिस्ट पार्टीको इतिहासमा भूमिगतकालदेखि गरेको मेहेनत र स्वतन्त्र मुलुक स्थापित गराउन आफूले खेलेको भूमिका यसैका लागि हो ।

तपाईं ६ नं प्रदेशको इञ्चार्ज तर त्यो प्रदेशमा भीम रावलले नेता कार्यकर्तालाई न्याय गर्नु भएन, काखापखा गर्नुभयो भन्ने कुरा पत्रपत्रिकामा आएको छ नि त्यस्तै गर्नुभएको छ हो ?

यहाँ मैले माथि उठाएका विषय र देशभक्तिपूर्णरूपले गरेका काम मन नपराएर वा त्यसलाई आफ्नो व्यक्तिगत विरोध ठानेर जस जसलाई मन पोलेको छ, जस जसलाई रिस उठेको छ, उनीहरूकै इसारामा केही व्यक्तिहरूले यो प्रदेशमा गरेको क्रियाकलाप मात्रै हो । ती व्यक्तिहरूमध्ये केहीले विभिन्न जिल्लामा गुटका समानान्तर संगठन हामी बनाउँछौ भनेको मैले सुनेको छु । त्यस्ता व्यक्तिहरूका विरुद्ध जिल्लाका ९८ प्रतिशत कार्यकर्ता जुरुक्कै उठ्नेछन, उनीहरूका विरुद्ध प्रतिवाद गर्नेछन् । मेले विगतमा पार्टी फुट्दा होस् वा माओवादी द्वन्द्वका बेलामा होस्, जिल्ला, क्षेत्रको विकास निर्माणमा होस् वा राष्ट्रिय स्वाधीनताका विषयमा होस् वा भूमिगतकालदेखि अहिलेसम्म पार्टीको संगठन निर्माण, विस्तार र विकासका साथै पार्टीलाई स्थापित गराउने र बलियो बनाउने कुरामा होस् मैले इमान्दारिताका साथ काम गरेको छु, त्यो कुरा त्यहाँका जनता र कार्यकर्ताले राम्ररी बुझका छन् । केही मानिसहरू यहाँबाट उचालिएर आफ्ना संकीर्ण स्वार्थ पूरा गर्नको लागि यस्ता कुरा गरेपछि कुनै पद पो आइहाल्ने पो हो कि, कुनै स्वार्थ पो पूरा भइहाल्छ कि भन्नेहरू र हिजो पार्टीलाई पराजित गर्न लागेको केही चरित्रका कारणले च्यूत भएका, यस्ता काममा लागेवापत कतिपय अवस्थामा दण्डित पनि भएका व्यक्तिहरूलाई मैले देशभक्तिपूर्ण भावनाले गरेका कामहरू मन नपरेर माथि केही व्यक्तिहरूले इसारा गरिरहेका छन्, त्यस्ताका इसारामा लागेपछि आफ्ना फोहोरमैलाहरू धोइपखाली हुन्छन्, कुरूप अनुहार राम्रो हुन्छ र केही खान पनि पाइन्छ भनेर मेराविरुद्धमा लागेका छन् तर उनीहरूको अनुहार राम्रो हुने धोइपखाली हुने होइन त्यहीँका कार्यकर्ताले प्रतिवाद गर्छन्, दण्डित गर्छन्, उनीहरू आँफै पंगु हुनेछन्, षड्यन्त्रमा सफल हुने छैनन् ।

हालको नेकपाले दुई तिहाईको सरकार सञ्चालन गरिरहेको छ, एसियाकै दोश्रो ठुलो पार्टी बनेको छ, तर पार्टी सुन्निनथालेको, नीति, विधि, सिद्धान्त छोडन थालेको मूल्यांकन पद्धति समाप्त भएको गुट झन् मौलाउन थालेको, नेता कार्यकर्तामा गुटका आधारमा जिम्मेवारी तोकिन थालेको, वर्गपक्षधरता समाप्त भएको भन्ने कुरा नेकपाकै नेता कार्यकर्ताले गर्न थालेका छन् के हो, यसरी पार्टी चल्ला ?
हामीभित्र यो देशलाई सञ्चालन गर्न सक्ने क्षमता भएका नेताहरू छन्, त्यही भएर जनताले यो पार्टीलाई यत्रो विश्वासका साथ दुई तिहाईनजिकको मत दिए तर हामीले दुईवटा पार्टीलाई एक बनाएपछि हाम्रो पार्टीको संगठनात्मक प्रणालीलाई जसरी व्यवस्थित रूपमा अगाडि बढाउनु पर्दथ्यो त्यसरी बढाउन नसकेका कारण यत्रो ठूलो संगठन कतै यसको प्रणालीबाट विचलित त हुने होइन भन्ने मान्छेका मनमा प्रश्न उठ्न सक्ने देखिएको छ । नीति, विधि, सिद्धान्त, मूल्य, मान्यतादेखि गएको एक वर्ष त नेकपाले संगठनात्मक र राजनीतिक हिसाबले असाध्यै ठूलो मूल्य चुकायो । कमिटीहरू नहुँदा झण्डै आठ लाख कार्यकर्ता निस्क्रिय बसे, केही नेता कार्यकर्ता सक्रिय भए तर सिंगो पार्टी सक्रिय भएन । त्यसले नेकपाप्रति आमरूपमा टिप्पणी भयो । त्यस हिसाबले यो एक वर्षमा ठूलो घाटा भएको छ । सरकारलाई सपोर्ट गर्नु पर्ने पार्टीका जुन कमिटीहरू हुन्छन्, ती नभएपछि सरकारमा बसेकालाई पनि पार्टीका नेता कार्यकर्ताले सहयोग नै गरेनन् भन्ने मनोविज्ञान बन्यो । यसले गर्दा सरकारलाई कसरी सहयोग गर्ने भनेर पार्टीमा त्यस विषयमा छलफल र बैठकहरू नै भएनन् । पार्टी कमिटीहरू नै बनेनन् । पार्टी कमिटी नबन्दा पार्टी सदस्यहरूलाई परिचालन गर्न गाह्रो भयो । यो स्थिति उत्पन्न हुँदा यसले एक वर्षमा हामीले जुन क्षति व्यहो¥यौं, त्यो अपूरणीय छ, यसरी पार्टी अगाडि बढ्न सक्दैन । त्यसलाई सामूहिक प्रयत्न र विवेकबाट आगाडि बढाउनुपर्छ । विधि र प्रक्रिया कसैले पनि मिच्नु हुँदैन, यो मिचिएपछि सबै बिग्रन्छ । तपाईंले माथि मेरो प्रदेशको बारेमा जुन प्रश्न गर्नुभयो त्यो पनि त्यही विधि र प्रक्रिया मिच्न बानी परेकाले गर्दा हो । मैले जहिले पनि विधि र प्रक्रियामा जाऔं नीति र सिद्धान्तअनुसार चलौं भनेको छु । यसभन्दा अगाडि पनि मैले मिडियामा जुन कुरा बोलेँ पार्टी राम्रो र बलियो बनाउने यिनै संगठनात्मक प्रणालीका विषयमा बोलेँ । झापा र मोरङमा भारतीयहरूले नेपाली नागरिकता लिएको कुरा आएको छ अब मैले त्यसको समर्थनमा बोल्ने ? त्यो मैले ठीक भन्ने ? त्यही विषयमा मैले पार्टीमा छलफल गरौं, सामूहिक निणर्य गरौं भनेको हुँ । यत्रो ठूलो पार्टी सञ्चालन गर्दा नीति सिद्धान्तको कुनै माने नराखिकन पार्टी सञ्चालन भयो भने पार्टीमा संकट आउँछ, पार्टीका सबै कुराहरू धुलिसात हुन्छन् । त्यो स्थिति अहिले आएको होइन त्यही नआओस् भनेर हामीले खबरदारी गरिरहेको छौं । अब चाँडै नेतृत्वले पार्टी, देश र जनताको हित हुने गरी सबै काम सम्पन्न गर्नुपर्छ, हाम्रो क्षमताको पूर्ण उपयोग हुने गरी सबैलाई काममा लगाउनु पर्छ । सर्वप्रथम गुट ध्वस्त पार्नुपर्छ । कमरेडली भावनाको विकास गर्नुपर्छ । पार्टीलाई माक्र्सवादबाट निर्देशित हुने गरी अगाडि बढाउनुपर्छ । हिजोको अनुशासन र वर्गपक्षधरतालाई पहिलेकै रूपमा अगाडि बढाएर पार्टीलाई श्रमजीवी जनताको हित गर्ने जनआधारित पार्टीको रूपमा अगाडि बढाउनुपर्छ । यसो भयो भने हामी जस्तोसुकै चुनौती आए पनि सामना गर्न सक्छौ र २१ औँ शताब्दीको पार्टीको रूपमा विकास गरेर अगाडि बढाउन सक्छाैं ।

नागरिकता र मिडिया काउन्सिल विधेयकमा सरकरले राष्ट्रघात ग¥यो, सञ्चार क्षेत्रलाई नियन्त्रण गर्न खाज्यो भनेर तीव्र विरोध भइरहेको छ, यो विषयमा पार्टीमा छलफल भयो कि भएन, यसमा तपाईंको के भनाइ छ ?
यस विषयमा पार्टीमा कुनै छलफल भएको छैन । यो विषयमा मैले मात्रै होइन अरू नेताहरूले पनि भनिसक्नुभएको छ । हाम्रो पार्टीेले संविधानको प्रस्तावनामा उल्लेख भएअनुसार पूर्ण प्रेस स्वतन्त्रतालाई सम्मान गर्छ । हामीले संविधानको धारा ४८ मा सबै नागरिकहरूको कर्तव्य उल्लेख गरेका छांै । कर्तव्यको पालना त सबैले गर्नैपर्छ तर प्रेस स्वतन्त्रता कुण्ठित हुनुहुँदैन, हामी कुनै कानुन बनाएर संविधानप्रदत्त हकअधिकार र अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पनि गर्न चाहँदैनौं । त्यो हाम्रो उद्देश्य पनि होइन, नियत पनि होइन । मैले यो विधेयक पढेँ जुन संविधानसम्मत छैन । सरकारले राष्ट्रिय सरोकारका यस्ता महत्वपूर्ण विषय ल्याउँदा पार्टीमा सामूहिक छलफल गरेर गर्नुपर्दथ्यो । सामूहिकतामा आधारित भएर निर्णय लिनुपर्दथ्यो, त्यो भएको छैन । दलीय व्यवस्थामा दलले नीति ल्याउने हो, त्यो नीति सरकारले कार्यान्वयन गर्ने हो । हामीले पहिलेदेखि गरेको अभ्यास यही हो । नागरिकताको विषय पनि यही हो । नागरिकताको विषयमा पार्टीमा किन छलफल हुन सकेन ? छलफल गरेर निष्कर्षमा पुग्न हामीलाई कसले रोकेको छ र ? अरू देशमा जस्तो अभ्यास छ हाम्रोमा पनि त्यस्तै बनाउनुपर्छ । हाम्रै छिमेकी देश भारतमा नेपालबाट गएका चेलीहरूले नागरिकता लिन ७ वर्ष कुर्नुपर्छ अनि हामीले चाहिँ आज भारतीय चेली विवाह गरेर ल्याउने भोलि नागरिकता दिने र पर्सि मन्त्री, सांसद बनाइदिइहाल्नुपर्ने ? यस्तो विषयमा सरकारले छलफल नै नगरी निणर्य गर्ने ? हाम्रो राष्ट्रियतासँग गासिएको कुरालाई खुकुलो बनाएर विदेशी भित्र्याउने, नेपालीलाई बाहिर पठाउने र आदिवासी नेपालीलाई अल्पमतमा पारी देशको सार्वभौमिकता नै समाप्त पार्ने र नेपालको अस्तित्व नै संकटमा पार्ने काम नहोस् भन्ने चिन्ता मेरो हो, त्यही हुन नदिन म त्यसका विरुद्ध लागिरहेको छु । त्यही भएर मप्रति देशी विदेशी षड्यन्त्रकारी र कतिपय आफ्नै भित्रका समेत आक्रामक ढंगले, सुनियोजित रूपले लागिरहेका छन्, अनावश्यक रूपले टाउको दुखाइरहेका छन् । देश र जनताका हितमा बोल्दा उनीहरूले किन टाउको दुखाइरहेका छन् यसमा मलाई आश्चर्य लागेको छ ।

राष्ट्रिय स्वाधीनताका विषयमा कुरा उठाउँदा तपाईंलाई सुरक्षा थ्रेट आउँदो हो डर लाग्दैन ?
यस विषयमा तपाईंले माथिदेखि नै मलाई केन्द्रित गरिरहनु भएको छ, अहिले हामी स्वतन्त्र र खुला समाजमा छांै, हामी मन्त्री, उपप्रधानमन्त्री र सांसद भयौं । हिजो २०३१ सालअगाडि मैले यो पार्टीमा भूमिगत रूपमा तोकेको विद्यार्थी फाँटबाट काम गरेर अगाडि बढ्दा त्यो बेला बोल्न लेख्न पनि पाइदैनथ्यो । मण्डलेको आक्रमण सहेर, जेलनेल सहेर समाज परिवर्तनका लागि सतिसालझँै उभियौं लाग्यौं, अलिकति तलमाथि परे मारिन्थ्यांै त्यस्तो बेलामा त डराइएन आज हामी यत्रायत्रा जिम्मेवारीमा पुग्ने कम्युनिस्ट पार्टीको दुई तिहाईको सरकार बन्ने हामीले २००६ सालमा जुन उद्देश्य राखेर कम्युनिस्ट पार्टी निर्माण ग¥यौं त्यही पार्टीको सरकारले राष्ट्र र जनताको पक्षमा बोल्दा डराउनु पर्ने हिच्किचाउनु पर्ने स्थिति यदि आउने हो भने त त्यो नै दुभाग्र्यपूर्ण भइहाल्यो, यसमा सबैले चिन्ता गर्नुपर्छ । जनताका समस्याका बारेमा, देशका बारेमा हामीजस्ता नेताले नबोल्ने हो भने देश बचाउन सकिन्न अब । चुनाव भयो, पार्टी एकता पनि भयो, दुई तिहाइ बहुमत हाम्रो पार्टीले पाएपछि जनताका काम गरौंला भनेर सरकार बनाएका बेला नागरिकता, राष्ट्रिय सुरक्षा, राष्ट्रियहित जस्ता संवेदनशील विषयमा बोल्न पनि डराउनु पर्ने स्थिति आयो र यसको बारेमा चिन्ता गर्नु पर्ने अवस्था आयो भने अरू नबोल्लान्, तर म त देशका बारेमा नबोली रहन सक्दिनँ । देशभक्तिपूर्ण अडान लिँदा मदनकुार भण्डारी मारिनुभयो हामीले यो देखेका छौं, भोगेका छौं, म नौ नौदिनसम्म अनसन बस्दा मरिसक्यो भनेर पत्रिकामा नाम छापिएको व्यक्ति हुँ तर त्यस्ता कुराको पछि लागेर राष्ट्रिय स्वाधीनताको कुरामा पछाडि हटिँदैन, जस्तोसुकै चुनौतीको सामना गर्न म तयार छु, नेपाली जनता साथमा रहुञ्जेल त्यस्ता थ्रेट र धम्कीको कुनै अर्थ हुँदैन ।

सरकारको कामलाई कसरी समीक्षा गर्नुभएको छ ?
सरकारको छ महिना पुगेपछि सरकारको समीक्षा गरौ भन्ने प्रस्ताव हाम्रो स्थायी समितिले पारित गरेको थियो तर त्यो झण्डै डेढ वर्ष पुग्न लाग्यो आजसम्म भएको छैन । सरकारका सबल दुर्बल पक्षको समीक्षा गरेर सबल पक्षलाई जनताको बीचमा लाने र दुर्बल पक्षलाई हटाउने परिपाटीबाट मात्रै सरकार प्रभावकारी हुन्छ । जनताका राम्रा आलोचना ग्रहण गर्नुपर्छ, निराधार कुराहरू छन् भने तथ्यगत रूपमा खण्डन गर्ने गर्नुपर्छ । यही परिपाटीबाट कम्युनिस्ट पार्टीको राजनीति र सरकार बलियो हुने हो । तर अहिलेसम्म समीक्षा भएन यसले गर्दा सरकारका राम्रा काम जनतामा लाने संयन्त्र भएन र नराम्रा कामको खण्डन गर्ने ठाउँ पनि भएन यसले विरोधीका भ्रम चिर्न असहज भइरहेको छ । तसर्थ यसमा ध्यान दिएर जनतालाई प्रभावकारी सेवा सुविधा दिनुपर्छ । तीनै तहमा नेकपाको बलियो सरकार छ तर त्यो रूपमा आफूलाई उभ्याउन सकिरहेको छैन ।

About

हरेक पल हरेक खबर विचार र समचारको जनपक्षीय डिटिटल पत्रिका छलफल विक्ली डट कम