समृद्धि र विकास नै मुलुकको एजेण्डा हो


सरकारसँग दुई तिहाईको बहुमत छ । विकास र समृद्धिको लागि पैसाको कमी छैन, हामीसँग के छैन मात्र स्वार्थी मनोवृत्ति र आत्मकेन्द्रित सोचाइलाई त्याग्न सक्नुपर्दछ । यो मेरो देशको लागि विकास चाहिएको छ समृद्ध बन्नुछ कुनै हालतमा पनि गरिब बन्नु हुँदैन र बन्न सक्दैन पनि भन्ने भावनाको विकास गर्न अब ढिला भइसक्यो । यसका लागि विकास गर्न जरुरी छ ।

नरेश्वर ज्ञवाली

जनअभिमतको सर्वोत्तम प्रजातान्त्रिक अभ्यासबाट निर्मित संविधानसभाले निर्माण गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान कार्यान्वयनको प्राय सम्पूर्ण प्रक्रिया पूरा भएको छ । मुलुकले अधिकारसम्पन्न तीन तहको सरकार प्राप्त गरेको छ , तीनै तहका सरकारहरू संविधानअनुसार दुई वर्षदेखि क्रियाशील छन् । केन्द्रीय सरकारमा नेकपाको करिब दुई तिहाई छ , सरकारको मूल नारा नै समृद्ध नेपाल र सुखी नेपाली हो । यो नाराले अहिलेको नेपाल र नेपालीको चाहना बोलेको छ । सरकारले दुईवटा आ व को बजेट संसद्मा पेस गरेको छ । पहिलो बजेटले मुलुको समृद्धिको आधारशीला खडा गरेको छ भनि दोस्रो बजेटले तीव्र आर्थिक विकास र समृद्धिको कार्यान्वयनको चरणलार्ई अगाडि सारेको छ । यसले अब के देखाउँछ भने मुलुकमा लामो समयदेखिको राजनीतिक अस्थिरताको अन्त्य भएको छ । आवधिक चुनाबको लोकतान्त्रिक पद्धतिले पक्कै पनि जनतामा अलोकप्रिय भएको दलले सत्ताको बागडोर समात्न सक्दैन ,सत्तामा भएको दलले पनि जनअभिमतअनुसारको कार्य गरेन, विकास निर्माणको कार्यमा पहुँचवालाको जिल्ला क्षेत्रलार्ई प्राथमिकता दिने कार्य भएमा त्यो मुलुक र जनताको लागि सैह्य हुँदैन र अर्को आवधिक चुनावमा जनताबाट हार ब्यहोर्नु पर्ने हुनेछ । यो नै लोकतान्त्रिक पद्धतिको संसारमा भएको चलन हो ।

हालै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संसद्मा मुलुकको प्रधानमत्रीलार्ई आफ्नो कुरा राख्न नदिएर जुन व्यवहार देखायो त्यो लोकतान्त्रिक आचरण र व्यवहार पटक्कै भएन, हरेक विषय प्रक्रियाअनुसार नै गएको हुन्छ । सरकारका गलत कार्यको खबरदारी गर्ने जनतालाई सचेत बनाउने त्यो कार्य प्रतिपक्षको धर्म नै हो । त्यसमा सरकारले पनि मनन गर्नु पर्ने हुन आउँछ । तर, यतिबेला समृद्धि र विकासको बहस चलिरहेको वर्तमान अबस्थामा हरेक तह र तप्काले आफ्नो इमानदारिता देखाउँदै विकासको यो महाअभियानमा संलग्न हुनु पर्ने बेलामा मुलुकमा हाल जुन अवस्था देखिएको छ अवश्य पनि त्यो मुलुकको हितमा छैन, एकातिर सरकार र सत्तारुढ दलमा सस्थागत निर्णयको पूर्णतः अन्त्य भएको आत्मकेन्द्रित सोचाइ र स्वार्थी भावनाको विकास भइरहेकोले हजारौं नेता कार्यकर्ताहरूमा असन्तुष्टि चुलिएको छ । अर्कोतिर, सरकारलार्ई चारैतिरबाट घेराबन्दी गर्ने, सडकमा उत्श्रृंखल गतिविधि देखाउने,जनतालार्ई दिग्भ्रमित पार्ने, हुँदै नभएको विषयलाई सोसल मिडियामा भाइरल बनाउने आदि कारणबाट के देखिन्छ भने मुलुकलाई अझै गरिबको गरिब नै राख्ने,सधैँ विदेशी दाताको दानमा बाँच्न लगाउने र आत्मनिर्भर बन्नै नदिने कतै षड्यन्त्र त हुँदैछैन ? यी र यस्ता क्रियाकलापहरू अब देश र जनताको लागि सैह्य हुँदैन ।

हामीले देखिरहेका छौं मलेसिया सिंगापुर र दक्षिण कोरियाजस्ता गरिब देशहरू छोटो समयमा नै विकसित देश बन्न पुगे, के त्यो आफैँ भएको हो र ? कदापि होइन । त्यहाँका नेतृत्वको इच्छाशक्ति, इमान्दारिता र व्यापक जनसहभागिताले गर्दा नै छोटो समयमा नै कल्पना नै नगरिएको विकास देखिएको हो । सबैको गाइडलाईन भनेको इमानदरिता कानुन र ब्यबस्थापन नै हो । एकल सोचाइ, एकल विचार र एकल अभियानले मुलुक पक्कै पनि समृद्ध बन्दैन । जो कोही हरेकले आत्मकेन्द्रित सोचाइ र स्वार्थी मनोवृत्तिलाई त्याग्न सक्नुपर्दछ । त्यसो भएपछि बिचौलियाहरू ठेक्कापट्टाका डनहरू नजिकमै आउने छैनन् उनीहरू कानुनदेखि डराउने छन् र स्वतः प्रक्रियामा आउन बाध्य हुनेछन् र समयमै विकासका योजनाहरू सम्पन्न हनेछन् ,समग्रमा भन्नु पर्दा दलाल पूँजीपति र उसको प्रवृत्ति समाप्त हनेछ । यसको लागि नेतृत्व आफैँमा बदलिनु पर्दछ,लाखौं कार्यकर्ताहरू विकास र समृद्धिको अभियानमा लाग्न आतुर छन् नेतृत्वले परिचालन गर्न जान्न र सक्नु प¥यो त्यसको लागि इमानदारितापूर्वक नै सिस्टमको विकास पर्छ ।

सरकारसँग दुई तिहाईको बहुमत छ । विकास र समृद्धिको लागि पैसाको कमी छैन, हामीसँग के छैन मात्र स्वार्थी मनोवृत्ति र आत्मकेन्द्रित सोचाइलाई त्याग्न सक्नुपर्दछ । यो मेरो देशको लागि विकास चाहिएको छ समृद्ध बन्नुछ कुनै हालतमा पनि गरिब बन्नु हुँदैन र बन्न सक्दैन पनि भन्ने भावनाको विकास गर्न अब ढिला भइसक्यो । यसका लागि विकास गर्न जरुरी छ । यो बहसमा धेरै कुरा लुकेको छ अन्त्यमा हामी नै सच्चिनु पर्दछ, विकास र समृद्धि त हाम्रो एजेण्डा नै हो अरू हुनै सक्दैन ।

About

हरेक पल हरेक खबर विचार र समचारको जनपक्षीय डिटिटल पत्रिका छलफल विक्ली डट कम