हामी काम गर्नकै लागि निर्वाचित भएका हौं


डम्बरबहादुर खड्का, मेयर, मेलम्ची नगरपालिका

मेलम्ची नगरपालिकाको मेयर भएको दुई वर्ष बितिसक्यो जनताका अपेक्षा पूरा भए भएनन् काम कसरी गरिरहनुभएको छ, बताइदिनुस् न ।
मेलम्ची नगरपालिका भन्नेवित्तिकै यो चारभन्ज्याङभन्दा बाहिरको नगरपालिका हो । यसको नाम आउनेवित्तिक्कै मेलम्ची खानेपानीको कुरा आउँछ । त्यसैले नामको हिसाबले यसलाई धेरैले चिन्छन पनि । यो नगरपालिकामा हामी निर्वाचित भएर आइसकेपछि ‘कृषि, पर्यटन,उद्योग र जलाधार मेलम्ची समृद्धिको अधार’ भन्ने नारा तय ग¥यौं । त्यही नाराका आधारमा हामीले योजना निर्माण गरेका छौं । हामीले कृषिलाई पहिलो, पर्यटनलाई दोश्रो र उद्योगलाई प्राथमिकतामा राखेका छौं । यी सबैको विकासका लागि भौतिक पूर्वाधारको त्यतिकै महत्व हुने भएकोले सडक निर्माण र विस्तारको कामलाई हामीले बढी महत्व दिएर काम गरिरहेका छौं । मेलम्ची नगरपालिकालाई जोडने दुईवटा सडक छन् । एउटा साँखु फड्केश्वर मेलम्ची र अर्को काभ्रे, जिरोकिलोहुँदै मेलम्चीसम्मको सडक । यसलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका छौं । अहिले मेलम्ची जिरोकिलो सडक पिच हुँदैछ, यो पौष महिनासम्ममा पूरा हुन्छ । त्यसैगरी साँखु फड्केश्वर मेलम्ची सडक पिच गर्न पहल गरिरहेका छौं । अर्को साँखु,भोटेचौर, काहुले दोभानहुँदै मध्यपहाडी लोकमार्गहुँदै ईन्द्रावती छोएर जानेबाटोको काम पनि भइरहेको छ । लोकल सडकअन्तर्गत नगरपालिका र वडा कार्यालय जोड्ने सडकलाई पनि प्राथमिकतामा राखेर काम गरिरहेका छौं । त्यस्ता १३ वटा सडक पर्छन, त्यसमध्ये ५ वटामा हामीले ग्राभेलको काम सकेका छौं बाँकी सडकको काम यस वर्ष सक्ने योजना छ । ७ वटा वडा कार्यालयका नियमित रूपमा गाडीका बाटा बनाइसकेका छौं । कृषिलाई आधुनिकीकरण गर्ने र उत्पादन बढाउने, रोजगारी सिर्जना गर्ने योजनाअन्तर्गत तरकारी उत्पादनको काम, किबि खेतीलाई प्रबद्र्धन गर्ने काम, दूध उत्पादन गर्ने, कृषि सडकहरू बनाउने, मकै खेतीको प्रबद्र्धन गर्ने त्यसका लागि कृषि औजार, मल बिउको वितरण गर्ने योजना बनाइरहेका छौं । हाम्रो मेलम्ची नगरपालिकाबाट अहिले मासिक १५ करोडको दूध काठमाडौंंमा बिक्री भइरहेको छ, त्यसलाई बढाएर अबको दुई वर्षमा ३० करोड बनाउने योजनाअन्तर्गत विकास बैंक र सहकारीहरूसँग सहकार्य गरेर किसानलाई भैंसी किन्न सस्तो ब्याजमा रकम उपलब्ध गराउने र दूध बेचेर बंैकको ब्याज तिरिदिने निर्णय गरेका छौं । त्यसका लागि राम्रै बजेटको व्यवस्था गरेका छौं । त्यसैगरी हाम्रो नगरपालिकामै बालिविज्ञानको १२ सम्म पढाइ हुने एउटा स्कुल छ, त्यो स्कुलसँग मिलेर कृषिलाई जोडेर पर्यापर्यटनको प्रबद्र्धन गर्न त्यहाँ रहेको १ सय रोपनी जमिनमा पोखरी बनाएर माछा पाल्ने, तरकारी उत्पादन गर्ने,केरा फलाउने र रिसोर्ट खोल्ने योजना बनाएका छांै । त्यसका लागि १ करोड बजेट छुट्याएका छौं जसले गर्दा मेलम्चीमा आएका पर्यटकहरूदेखि आन्तरिक पर्यटकहरू मोहित हुने गरीको नमुना नगरपालिका बनाउने योजनाका साथ काम गरिरहेका छौं । यससँगै पर्यटन विकासका लागि ईन्द्रावती संस्था स्यागसँगको सहकार्यमा १ सय १ र १ सय २ नम्बरको पदमार्ग निर्माण गर्ने गरी काम गर्दैछौं । त्यसको अध्ययन त्यो ईन्द्रावती संस्थाले गरिरहेको छ । त्यो पदमार्गमा पर्ने विभिन्न स्थानमा ५ वटा होमस्टे बनाएर सञ्चालनमा ल्याइसकेका छांै । यसले पर्यटकलाई खान बस्नको सुविधा भएको छ । हामीले धार्मिक पर्यटनको माध्यमबाट नगरलाई समृद्ध बनाउन धौलेश्वर भन्ने ठाउँमा ठूलो पोखरी बनाएका छौं । अझ त्यसलाई विस्तार गरेर मन्दिर र गुम्बा बनाएर पर्यटक भित्र्याउने योजनाका साथ बजेटको व्यवस्था गरेका छौं । गतसाल २५ सय मिटरको गुफाडाँडामा जलवायु सम्मेलन सम्पन्न गरेका छांै । त्यहाँबाट हिमालका मनमोहक दृश्य देखिन्छ । त्यसलाई अझ राम्रो बनाउन गुफाडाँडा गुरुयोजना बनाएका छौं । जलाधारको विकास र वातावरणको संरक्षण गरेर जनताको जीवनस्तर राम्रो बनाउनेदेखि यो नगरलाई देशकै नमुना नगर बनाउने योजनाका साथ काम गरिरहेका छौं । ईन्द्रावतीमा अव्यवस्थित रूपले क्रसरहरू सञ्चालन भइरहेका छन्, त्यसलाई व्यवस्थित गर्न ईन्द्रावतीमाथि ड्याम बनाउँदैछांै । त्यो ड्याममा पानी जमेपछि तलाउ बन्छ, त्यहाँको ड्यामको छेउछाउ म्युजियम बनाउने, रिसोर्टहरू खोल्ने, बगैँचा र पार्कहरू निर्माण गरेर मनमोहक बनाउने गरी सभाव्यता अध्ययनको काम सम्पन्न गरिसकेका छौं । अबको केही समयपछि हामी त्यहाँ त्यसको डीपीआर बनाउँदै छांै । यसका लागि हामीलाई १३ अरब लाग्ने अनुमान भएको छ । यसका लागि अमेरिका,बेलायत, अष्टे«लिया र जापान बसेका महत्वपूर्ण व्यक्तित्वहरूलाई हालै काठमाडौंमा भेटेर कुरा गरिसकेको छु । उहाँहरूले पनि त्यसका लागि आधा स्रोत जुटाउने कुरा गर्नुभएको छ । यो काम गर्न सक्यौं भने पूर्वपश्चिम लोकमार्ग बनिसक्दाखेरी यहाँबाट यात्रा गर्ने जो कोही यात्रुलाई यहाँ एकपटक झरेर यो नगरको मुहार हेर्नै पर्ने, केही खानै पर्ने, केही छिन भए पनि घुमुघुमु लाग्ने अवस्थाको सिर्जना गर्ने योजनाका साथ यसरी हामीले काम गरिरहेका छौं । हो, जनताका अपेक्षा जस्ताको तस्तै पूरा गर्न सकेका छैनौं किनकी जनताका अपेक्षाहरू धेरै छन्, त्यसअनुसार धेरै गर्नुछ तर यो छोटो समयमा हिजोदेखि बिग्रिएका कुराहरूलाई सम्हाल्दै केही न केही काम गरिरहेका छांै, गर्न खोजिरहेका छौं, जनतालाई पनि यो समृद्धिको यात्रामा जोडेर काम गरिरहेका छौं । कतिपय अवस्थामा जनताको सहभागिताका लागि कम्पनी बनाएर काम गरिरहेका छौं । यसर्थ हामीले जनताको जीवनमा परिवर्तन ल्याउन सकिन्छ भन्ने विश्वास जनतालाई जगाएर यसको विकास र समृद्धिका लागि मनग्य काम गरेका छांै, जसलाई परिणाममा पनि देख्न सकिन्छ, यो ढंगले कामहरू गरिरहेका छांै ।

यसलाई समृद्ध बनाउने मुख्य आय स्रोत के के हुन् त ?
पहिलो गाई भैंसी पालन गरेर दूध उत्पादन, भेंडा बाख्रा, हाँस, कुखुरा र माछापालन गरेर मासु बेचबिखन, अर्गानिक तरकारी, फलफूल उत्पादन र धान उत्पादन, किबि खेती, लोकल कुखुराको अण्डा उत्पादन बिक्री वितरण गर्ने, करको दायरामा ल्याएर वैधानिक ढंगले लोकल मदिरा उत्पादन गर्ने, मौरीपालन गरेर मह उत्पादन गरी काठमाडौंमा बिक्री वितरण गर्ने, होटल, रिसोर्ट, होमस्टे, पर्यटक पदमार्ग स्थानपना गरी आन्तरिक र बाह्य पर्यटकको माध्यमबाट आय आर्जन बढाउनेदेखि अर्गानिक चिया उत्पादन गरेर आय आर्जन बढाउन सकिन्छ, हाम्रा आय आर्जनका मुख्य स्रोतहरू पनि यिनै हुन् ।

बहुचर्चित मेलम्ची आयोजना समयमा सम्पन्न नहुनुमा तपाईंंहरूको पनि दोष छ भन्छन्, तरकारीमा विषादीको अत्यधिक प्रयोग तपार्इंकै जिल्लामा छ, त्यहाँ त छोरीचेली नै दिनुहुँदैन भन्छन्, जनप्रतिनिधिले आफैँ ठेक्का खोल्ने, आफैँ निर्णय गर्ने र आफैँलाई पार्ने काममा पनि अगाडि नै भएको बताउँछन्, डनहरूको बिगबिगी पनि त्यहीँ छ भन्छन् मान्छेले के यो सत्य हो ? समस्या कति छन् काम गर्न ?
मेलम्ची नगरपालिकामा हामी काम गर्दैगर्दा करका कुरा छन्, सम्पत्ति करका कुरा होलान्, कर नतिर्ने कुरा छन्, सडक फराकिला पार्न खोज्दा जग्गा मिचिन्छ भनेर जग्गा छोड्न नखोज्ने कुरा छन् ,डनहरूले हप्कि दप्कि गर्ने कुरा पनि सुनिन्छन्, थोर बहुत विषादी प्रयोग गर्ने कुराहरू पनि हुन सक्छन् यद्यपि अन्तजस्तो हाम्रो नगरमा छैन तर केही मात्रामा छ । त्यसलाई न्यूनीकरण गर्ने कुरा छ, रोजागारी पाउनुपर्छ भन्ने माग पनि छ जनताको, आधुनिक खेती प्रणालीमा जान नखोज्ने, पुराना सोचाइहरू बदल्न नखोज्ने, जमिनको बढी खण्डीकरण हुने त्यसले व्यवसायिक खेती प्रणालीमा समस्या आउने यस्ता समस्या छन् तर यसलाई हामी बदल्न सक्ने अवस्थामा छौं । जहाँसम्म मेलम्ची आयोजनाको कुरा छ यसमा हाम्रो कुनै दोष छैन । साना साना ठेकेदारलाई र त्यहाँ काम गर्ने श्रमिकलाई पैसा नदिएर समस्या पारेकोले हामीले त्यो भुक्तानीका लागि पहलकदमीसम्म गरेका हौं तर उसलाई हामीले हिँडाएका हैनौं, त्यो पैसा तिर्न नसकेर उ आफँै हिडेको हो । त्यहाँका जनताले गरेको कामको पारिश्रमिक नै उसले अहिलेसम्म दिएको छैन । यसले केही समस्या भएको हो, उ हिँड्नुपर्ने सम्पूर्ण कारण उ आफँै हो, हामी हैनौं । यसको सम्पूर्ण जिम्मा मेलम्ची खानेपानी आयोजना र यसको कार्यकारी प्रमुखले लिनुपर्छ । हामीले काम थालेका कुनै कुरामा हाम्रा जनप्रतिनिधिलाई जनताको लेबलबाट कुनै समस्या छैन, बरू सहयोग नै छ । स्रोत साधनको अभाव, पूर्वाधार विकासको कमी, ऐन कानुनको अभाव, श्रम गर्न खोज्नुभन्दा अनुदानमा बढी जोड दिने, वर्षाका कारणले बाटो भत्कने, यातायात सञ्चालनमा समस्या आउनेजस्ता कुराले हामीलाई केही अप्ठ्यारो छ, तर जनप्रतिनिधिले ठेक्का खोज्ने, आफैँलाई ठेक्का पार्ने, डोजर किनेर आँफैले काम गरी बढी बिल बनाई कमिसन खानेजस्ता कुनै समस्या छैनन् । अन्यत्र यस्तो भएको कुरा पत्रपत्रिकामा हामीले पनि पढेका छौं तर हाम्रोमा यो खालको समस्या छैन । हाम्रा जनप्रतिनिधि इमान्दार छन्, आफ्नो कामप्रति जिम्मेवार र प्रतिबद्ध छन् ।

यी सबै कुरालाई हेर्दा तपाईं र तपाईंको सरकारले अगाडि बढाएको समृद्ध नेपाल, सुखी नेपालीको अभियान अबको साढे तीन वर्षमा पूरा होला ?
अवश्य पूरा हुन्छ, परिणाममा देखिने गरी पूरा हुन्छ किनकी हिजो हामी जनप्रतिनिधिको रूपमा यहाँ नहुँदा यहाँको शिक्षा, स्वास्थ्य, सडक, बत्ती, पुलपुलेसा, कृषि, पर्यटन, सिँचाई, रोजगारी, प्रशासनिक सेवा प्रवाह, रीति रिवाज, धर्म, संस्कृति, पर्यन र विकास निर्माणको अवस्था कस्तो थियो, आज कस्तो भइरहेको छ, भोलिको अवस्थामा कस्तो हुन्छ हामी यसका बेग्लाबेग्लै तस्बिर राख्छौ, हिजोको विकास निर्माणको डेटा र हामीले काम गरेपछिको डेटा राख्छौं र जनतालाई जस्ताको तस्तै परिणाममा देखाइदिन्छौं । यसले जनतालाई छर्लङग हुन्छ । हामी काम गर्न आएका हांै, काम गर्छौं, कम्युनिस्टहरूले काम गर्दा रहेछन् भन्ने कुरा व्यवहारमार्फत सिद्ध गर्छांै, यसमा दुईमत छैन । हाम्रो पार्टी र हाम्रो सरकारको उद्देश्य पनि यही हो, यसमा हामी किञ्चित तलमाथि हुँदैनौं । म यसमा ढुक्क हुन र हामीलाई सहयोग गर्न सबैमा तपाईंको पत्रिकामार्फत आग्रह पनि गर्न चाहन्छु ।

प्रदेश सरकार र जिल्ला पार्टीसँग कतिको समन्वय भइरहेको छ ?
राम्रै छ, काम पनि हामी प्रदेश सरकारसँग समन्वय गरेरै गर्छौ तर प्रदेशले आफ्नो राजधानी टुंग्याउन सकेको छैन,यसमा मलाई दुःख लागेको छ, यो कुरा मैले प्रदेशको समन्वयको बैठकमा पनि मुख्यमन्त्रीलाई भनिसकेको छु, यो काम चाडो टुंग्याउनुस्, हेटौडामा नै राख्ने हो भने काठमाडौंमा चाँडो आउन आजै बजेट राखेर सुरुङमार्ग बनाउनुस् बरू हामीलाई बजेट चाहिँदैन, त्यो काम चाँडो गर्नुस् भनेर भनेको छु । यो विषयलाई सबै साथीभाईहरूले राम्रो मानेर ताली पनि बजाउनुभएको छ, सबैको भावना यही छ । कतिपय कामका विषयमा तालमेल मिलिरहेको छैन तर समस्या हुने गरी होइन । यसलाई पनि हामी मिलाउने प्रयत्नमा छौ, मिल्छ । जहाँसम्म पार्टीको कुरा छ, त्यसमा कुनै समस्या छैन । पार्टीबाट हामीलाई पूर्ण सहयोग छ । अन्त्यमा सबैले सकरात्मक भएर सोचौ, काम गरौँ, जनताका हितका काममा सबै मिलेर जाऔ,एकले अर्कालाई सहयोग गरौँ, सबैको सहयोगले यो नगरपालिकालाई मुलुककै नमुना नगरपालिका बनाआंै,यो काम हामीले नै गर्ने हो, हामीले नगरे कसले गर्ने ? आज नगरे कहिले गर्ने ? यसर्थ इमान्दारिताका साथ काम गरौं, यिनै भनाइका साथ मलाई स्थान दिएर हामीले गरेका राम्रा कामहरू जनतामा लान यो लोकप्रिय पत्रिकामा बोलाउनुभयो, मेरा भनाइहरू जनतामा लगिदिनुभयो त्यसका लागि यहाँ र यहाँको पत्रिकाको टिमलाई समेत धन्यवाद दिन चाहन्छु ।


About

हरेक पल हरेक खबर विचार र समचारको जनपक्षीय डिटिटल पत्रिका छलफल विक्ली डट कम