भिडियो कन्फरेन्स मार्फत मन्त्रिपरिषद्को बैठक (फोटो फिचर)


प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुरमा रहनुभएकाबेला आज पहिलो पटक भिडियो कन्फरेन्स मार्फत मन्त्रिपरिषद्को बैठक बसेको छ ।

भिडियो कन्फेरेन्समा सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट सबै मन्त्री सहभागी हुनुभएको थियो भने सिंगापुरबाट प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुभएको थियो ।

नेपालमा पहिलोपटक भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक बसेको हो । सिंगापुरमा उपचारका क्रममा रहनुभएका प्रधानमन्त्री ओलीले भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक बोलाउनुभएको थियो ।

प्रधानमन्त्री ओली उपचारमा जानुअघि कार्यविधि संशोधन गरी भिडियो कन्फ्रेन्समार्फत पनि मन्त्रिपरिषद बैठक बस्न सकिने ब्यवस्था मिलाउनुभएको थियो ।

About

हरेक पल हरेक खबर विचार र समचारको जनपक्षीय डिटिटल पत्रिका छलफल विक्ली डट कम