त्याग र निष्ठाको स्खलन (सम्पादकीय)


मुलुकमा नेकपाको कम्युनिस्ट सरकार छ, अब त रोजगारी पाइएला, केही होला, गरिबका पनि सुखका दिन आउलान् । यस्तै आशा, अपेक्षा र विश्वासमा छन् जनता । नेकपाले जनतामा जगाएको आशा र भोक पनि यही हो, सरकारले गर्नु पर्ने पनि यही हो, हामीले सरकार बनाएपछि यो काम गर्छौ, पार्टीलाई यस्तो बनाउँछौ भनेर नेकपाले प्रतिबद्धता पनि जनाएको हो । तर, हिलेसम्म भनाइअनुसारको गराइ भएको छैन । पार्टी एकताका बाँकी काम समयमा नहुँदा सरकारले राम्ररी काम गर्न सेकेको छैन, जनतामा आफ्ना काम लान पाएको छैन । गर्न खोजिरहेको छ तर सोचेअनुसार गर्न पाएको छैन । यद्यपि, काम भइरहेकै छन् तर तल देखिन पाएको छैन । यसमा पार्टीको दोष बढी देखिएको छ । पार्टी काममा भनाइ र गराइ मिलेको छैन । नमिलेको मात्र होइन, गराइ उल्टो भइरहेको छ ।


सिंगो पार्टीभित्रको बेमेल र समस्याले आमनेता कार्यकर्तामा चिन्ता छाएको छ किनकी पार्टीले दुई तिहाईको सरकार सञ्चालन गरेको छ, देशभरिका नेता, कार्यकर्ता, समर्थक, शुभेच्छुक र शुभचिन्तक बेरोजगार छन् । पार्टी एक भएको छ, नेता, कार्यकर्ता एक भएका छैन, पार्टी दक्षिण एसियाकै दोस्रो ठूलो बनेको छ, ८ लाख त कार्यकर्तै छन्, तर नेता, कार्यकर्ताको विचार आचरण सबैभन्दा सानो र कमजोर बन्दै गएको छ । निष्ठा र त्यागको भावना कमजोर बन्दै गएको छ, पार्टीमा मैले यत्रो लगानी गरेको छु, जनताको मुक्तिको लागि गरेको सामाजिक कामलाई ब्याज खान कसैको लागि गरिदिएको जस्तो गरी मैले पार्टीमा यत्रो योगदान गरेको छु, मलाई यस्तो पद चाहिन्छ, उस्तो पद चाहिन्छ, यस्तो सेवा, सुविधा चाहिन्छ नत्र यस्तो गर्छु, उस्तो गर्छु भनेर धम्क्याउने, घुक्र्याउने,बार्गेनिङ गर्ने गर्न थालिएको छ । यस्ता क्रियाकलापले अनुशासन भंग हुँदै जान थालेकोछ । अराजकता र बेथिति बढ्दै गएको छ, गुट झन् मौलाएको छ, घात प्रतिघातका घटना बढन थालेका छन् । प्रतिनिधि घटनाको रूपमा हालै झापाको एउटा नगरपालिकास्थित वडामा भएको उपनिर्वाचन र टानको निर्वाचन परिणाम र त्यहाँ पार्टीभित्र भएको घात प्रतिघातले नेकपाको अवस्था गम्भीर भएको संकेत गरेको छ । एकता भएको १६ महिना बित्दा पनि पार्टीले एकताका सबै काम अझै टुंग्याउन सकेको छैन । विवाद र फरक मतका बीच टुंगिएका एकतामा पनि जताजतै तनाव र मतभेद छ, बैठक हुन सकेका छैनन्, कहीँ हुन खोज्यो भने हलभित्रै कुटाकुटमा परिणत हुन थालेको छ । सही कार्यकर्ताले जिम्मेवारी पाएको छैन, हाटहुटे, लाटलुटे, डाङडुङेले ठाउँ पाएको छ, पद पाएको छ, अवसर पाएको छ । सच्चा कार्यकर्तामा चरम निरासा छाउन थालेको छ । मात्रात्मक रूपमा घटी बढी होलान् तर यस्तो समस्या अहिले सबै प्रदेशमा देखिएको छ भन्छन्, नेकपाका एक केन्द्रीय सदस्य । उनका अनुसार कहिले प्रदेश अध्यक्षको राजीनामा आउँछ, कहिले अन्य संघसंस्थाका व्यवस्थापन समितिमा नेकपाकै केन्द्रीय नेताले भिन्दाभिन्दै प्यानल उठाएर चुनावमा भिडन्त गर्छन्, कार्यक्रमस्थलमै हात हालाहाल हुन्छ, कतै नेकपाका जनप्रतिनिधि भ्रष्टाचारमा पक्राउ परेका छन्, कतिपय पर्ने दिशामा उन्मुख छन् । कतै जिल्ला कमिटी गठनमा केन्द्रीय नेताहरूले चासो राखेर आफ्ना नजिकका मान्छे पारेको, मनपरी गरेको भन्ने असन्तुष्टि छताछुल्ल हुन पुगेको छ । पार्टीको आन्तरिक विवादले शपथग्रहण कार्यक्रमसमेत स्थगित भएको छ ।

कतिपय ठाउँमा अघोषित समानान्तर कमिटीहरू बनेका छन्, नबने पनि काम त्यस्तो ढंगले भइरहेको छ, प्रणालीगत र कमिटीगत रूपमा पार्टीको संगठन चलेको छैन । अनुशासनमा बस्न पार्टीले कडा अनुशासन नीति जारी गरेको छ, तर व्यवहारमा लागू हुन सकेको छैन । अनुशासन
नीति जारी भएपछि समेत अनुशासन उल्लंघनका घटना भइरहेका छन, ठुला नेताहरू बिच नै टकराब भइरहेको छ । पार्टीभित्रको गुटगत प्रवृत्ति र माथिको अन्तर्विरोध तलसम्म आइपुगेको छ । विचार समूहका कारणले सबै प्रदेशको पार्टी कमिटीमा समस्या भइरहेको छ, त्यसमध्ये पनि प्रदेश दुईमा बढी समस्या देखिएको छ भन्छन् नेकपाकै केन्द्रीय स्तरका एक नेता । यसले पार्टी हित चाहने आमनेता कार्यकर्तालाई गम्भीर बनाएको छ । तर, नेताहरू कसले कति पाउने, कसले कति लिने, कसलाई कति दिने भनेर पद र अवसरहरू भागबण्डा गरिरहेका छन्, तलको समस्या रमिता हेरिरहेका छन् । पार्टी कमजोर भइरहेको छ, पार्टीनिकटका पत्रपत्रिकाले सचेत गराउन
खोज्दा दम्भ र अहंकार गरिएको छ । ठूला नेताले आफूले अनुशासन भंग गरेका छन् तर अनुशासन भंग गरेको नाममा नेतालाई सचेत गराउनेहरूलाई डण्डा लगाउन खोजेका छन्, निरङ्कुशता लाद्न खोजेका छन् । यो राम्रो होइन, यसले राम्रो संकेत गरेको छैन । त्यसैले त्याग र निष्ठा कायम हुनु, अनुशासन र पद्धति कायम हुनु, सामाजिक मुक्ति आन्दोलनको भाव र
स्वार्थबीच एक रूपता कायम हुनु, पार्टी र सरकारको बीचमा सन्तुलन कायम हुनु अहिलेको आवश्यकता

About

हरेक पल हरेक खबर विचार र समचारको जनपक्षीय डिटिटल पत्रिका छलफल विक्ली डट कम