नौबिसे सडकखण्डको जाममा परेका एक बिरामि को मृत्यु


नौबिसे सडकखण्डको जाममा परेका एक यात्रीको मृत्यु भएको छ । ना ७ ख ५३६४ नम्बरको बसमा रौतहटबाट काठमाडौँ ल्याउँदै गरेका रौतहट गरुडा–८ का ३५ वर्षीय रुपलाल साहको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

महानगरीय प्रहरी प्रभाग नौबिसेका अनुसार पृथ्वीरामार्गस्थित महादेवबेशी बजारमा सवारी जाममा परेको बेला साहको बिहान ५ :०० बजे मृत्यु भएको हो । साह मृगौलाका बिरामी हुन् ।

नौबिसे–नागढुङ्गा सडक मर्मतले विगत ४ दिनदेखि सवारी आवागमन प्रभावित हुँदै आएको छ । लामो समयदेखि नेपाली जनता जामको मारमा परेको भए पनि वैकल्पिक माध्यम नहुँदा धेरै समस्या खेप्नु परेको छ ।

About

हरेक पल हरेक खबर विचार र समचारको जनपक्षीय डिटिटल पत्रिका छलफल विक्ली डट कम