ऐतिहासिक उपलब्धिलाई कसैले चुनौती दिन सक्ने अवस्था छैन: प्रचण्ड


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रीक गणतन्त्र नेपाल र नेपाली जनताको मेहनतको उपलव्धी भएको बताएका छन् । बिभिन्न चाडपर्वका अवसरमा नेकपाले काठमाडौको भृकुटिमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा उनले भने, अहिलेको अवस्थामा आइपुग्न करोडौ जनताको सहभागीता रहेको छ, कुनै दल बिशेषको नइ संघीय लोकतान्त्रीक गणतन्त्र नेपाल र नेपाली जनताको हो । संघीय लोकतान्त्रीक गणतन्त्र सहितको संविधान जारी भएपछि सम्पन्न तीन तहको निर्वाचनबाट सातदशक लामो आन्दोलनको उपलव्धी संस्थागत भएको छु , उनले भने, नेपालमा भएको परिवर्तनले हामिले गर्व गर्ने मौका पाएका छौ, लामो युद्धको अन्तैसंग भएको राजनीतिक स्थायीत्व आफैमा सकारात्मक छ ।

उनले अहिले नेकपा र वर्तमान सरकारको ध्यान समाजवादउन्मुख राज्यको निर्माण र समृद्ध नेपाल सुखी नेपालीको नारा साकार पार्न केन्द्रित रहेको जिकिर गरे । उनले गतबर्ष कानून निर्माणको बर्ष रहेको र यस अवधीभर अन्तराष्ट्रिय सम्बन्ध थप उचाईमा पुराउन केन्द्रित रहेको बताए । राष्ट्रपतिको भ्रमणमा भएको सहमझारी नेपालको बिकासको कोशेढुङ्गा र बिकासको नया युगतर्फ नेपाल प्रवेश गरेको बताए । उनले नेपाल चीन र भारतबीच त्रिदेशीय सम्बन्ध झन प्रगाढ बन्दै जाने दावी गरे । उनले ऐतिहासिक उपलव्धीलाई कसैले चूनौति दिन सक्ने अवस्था नरहेको बताए । प्रचण्डले चियापानले राजनीतिक सहमति र सहकार्यको वातावरण बन्ने विश्वास व्यक्ति गरे । उनले चियापानले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा पनि सम्बन्ध थप स्थापीत बनाउन भूमिका खेल्ने बताए । उनले सबैको चाडपर्व सवैले मनाउने पराम्परा नेपालमा रहेको भन्दै यो सकारात्मक बिषय रहेको बताए ।

About

हरेक पल हरेक खबर विचार र समचारको जनपक्षीय डिटिटल पत्रिका छलफल विक्ली डट कम