शीतलनिवासबाट विमानस्थल पुग्न राष्ट्रपति भण्डारीले हेलिकप्टर चढिन्


म्यानमारको राजकीय भ्रमणमा निस्केकी राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासदेखि विमानस्थलसम्म हेलिकप्टर प्रयोग गरेकी छिन् ।

म्यानमारको गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा पाँच दिने भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेकी हुन् । राष्ट्रपति भण्डारीसँग म्यान्मारका स्टेट काउन्सिलर आङ सान सु चीले भेट गर्नेछन् । राष्ट्रपति भण्डारी र उनको प्रतिनिधिमण्डलको सम्मानमा म्यान्माली राष्ट्रपति मिन्तले राजकीय भोजको आयोजना गर्नेछन् ।

म्यान्मारमा रहँदा राष्ट्रपति भण्डारीले नेपाली मूलका नागरिकसँग पिन ओ लिनमा भेटघाट गर्नाका साथै युनेस्कोको विश्व सम्पदा बगान र यङ्गोनको भ्रमण गर्नुहुने जनाइएको छ । यङ्गोनमा उनले ऐतिहासिक एवं सांस्कृतिक महत्वका स्थानको भ्रमण गर्नेछन् । नेपाली सेनाले भिभिआइपीका लागि भन्दै केही समयअघि हेलिकोप्टर खरिद गरेको थियो।

About

हरेक पल हरेक खबर विचार र समचारको जनपक्षीय डिटिटल पत्रिका छलफल विक्ली डट कम