अवैध लागूऔषध सहित २ जना पक्राउ


काठमाडौं, कात्तिक ६ : अवैध लागूऔषध चरेश तथा गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका(१० बस्ने ३८ वर्षीय अचुत त्रिपाठी र काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका(७ बस्ने ५४ वर्षीय राजेन्द्र प्रसाद पाण्डे रहेका छन् ।

लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले त्रिपाठीलाई अवैध लागूऔषध गाँजा १ केजी ४ सय ग्राम सहित काठमाडौं महानगरपालिका(९ गैरीगाउँबाट तथा पाण्डेलाई अवैध लागूऔषध गाँजा ३ केजी र लागूऔषध चरेश ७ केजी सहित काठमाडौं महानगरपालिका(१६ पकनाजोल सोह्रखुट्टेस्थित डिलाइट होटलबाट पक्राउ गरेको हो ।
उनीहरु माथि लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।

About

हरेक पल हरेक खबर विचार र समचारको जनपक्षीय डिटिटल पत्रिका छलफल विक्ली डट कम