धनुषाामा गोली हानी निर्माण व्यवसायीको हत्या


धनुषाको जनकपुर उपमहानगरपालिका–१४, प्रगतिनगरमा एक ठेकेदारले अर्का ठेकेदारको गोली हानी हत्या गरेका छन् ।

जनकपुर उपमहानगरपालिका–१ का ४१ वर्षीय मनोज साहको बुधबार बिहान गोली हानी हत्या भएको हो ।

३५ वर्षीय पंकज चौधरीले आफ्नै घरमा आएका साहलाई बुधबार बिहान ९ः३० बजे गोली हानी हत्या गरेको धनुषाका डीएसपी रामेश्वर कार्कीले पुष्टि गरे ।

साह र चौधरीबीच ठेक्का पट्टा विवाद रहेको र यही विषयमा कुरा गर्न जाँदा गोली प्रहार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

‘ठेक्का पट्टाको विवादमा चौधरीले आफ्नै घरमा आएका निर्माण व्यवसायी साहको हत्या गरेको खुलेको छ’, घटनाबारे थप अनुसन्धान भैरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रहरीले गोली हानी साहको ज्यान लिने चौधरीलाई नियन्त्रणमा लिएको छ । डीएसपी कार्कीका अनुसार, उनको साथबाट कटुवा पेस्तोलसमेत बरामद भएको छ ।

About

हरेक पल हरेक खबर विचार र समचारको जनपक्षीय डिटिटल पत्रिका छलफल विक्ली डट कम