नैनीताल घुम्न गएका नेपालीको कार चोरी


काठमाडौं : भारतको उत्तराखण्ड राज्यस्थित प्रख्यात पर्यटकीय क्षेत्र नैनीताल घुम्न गएका नेपालीको कार चोरी भएको छ ।
सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरबाट नैनीताल घुम्न गएका नेपालीको कार चोरी भएको हो । अमेरिका बस्दै आएका दीपकराज घर आएको मौकामा आफ्नो परिवारजन र साथी लिएर नैनीताल घुम्न गएका थिए ।गत सोमबार नैनीताल पुगेका उनीहरु चिडियाघर रोडस्थित एक होटलमा बसेका थिए । पार्किङ गरेको ठाउँबाटै राति कार चोरी भएको बताइएको छ ।

कार चोरी भएको तीन दिन बित्दासमेत प्रहरीले कार फेला पार्न वा चोरहरुको बारेमा पत्ता लगाउन सकेको छैन । होटल तथा आपसासका क्षेत्रमा रहेका सीसीक्यामेराको मद्दतबाट चोरहरुका बारेमा पत्ता लगाउने प्रयास भइरहे पनि सफलता मिल्न नसकेको प्रहरीले जनाएको छ ।

About

हरेक पल हरेक खबर विचार र समचारको जनपक्षीय डिटिटल पत्रिका छलफल विक्ली डट कम