महरा बिरुद्ध मुद्दा चल्ने संकेत


काठमाडौं, कात्तिक, ९ । पुर्ब सभामुख कृष्णबहादुर महरा र पीडित रोशनी शाहीका सन्दर्भमा शाहिले महराका बारेमा इन्कारी बयान दिएपनि महरालाई जबर्जस्ती करणीमा मुद्दा चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको बताईएको छ । महराको बयान सकिएसँगै प्रहरीले हिजो अनुसन्धानको मिसिल जवरजस्ती करणीमा मुद्दा चलाउन रायसहित सरकारी वकिलको कार्यालयमा बुझाएको हो । प्रहरीले १८ दिन लगाएर महराबिरुद्धको अनुसन्धान प्रतिवेदन तयार पारेको हो । महराले भने रोशनीलाई बलात्कार प्रयास नगरेको बयान दिएका छन् भने पीडित भनिएकी रोशनिले पनि घटना भएकोदिन महरा आफ्नो काठामा नआएको भन्दै बयान फेरेकी थिइन । तर घटनास्थलमा प्राप्त सवुद प्रमाणको आधारमा महराले शाहीमाथि बलात्कार प्रयाश गरेको प्रमाणित भएकोले प्रहरीले मुद्दा चलाउने रायसहित प्रतिवेदन बुझाएको हो । महरा र शाहिको बयान आफैमा बाझिएको छ भने प्रमाण नै भेटिएको कुरालाई होइन भनिएको छ । जब कि रोशनीले चश्माको टुक्रा र जुत्ताको तलुवा ‘महराकै हो’ भनेर प्रहरीमा उल्लेख गरिसकेकि छन भने महराले त्यो कुरालाई होइन भन्न सकेका छैनन । त्यसैले उनीबिरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा चल्ने स्पष्ट प्रमाण भएको प्रहरीले जनाएको छ ।

About

हरेक पल हरेक खबर विचार र समचारको जनपक्षीय डिटिटल पत्रिका छलफल विक्ली डट कम