पुर्ब सभासद सुवेदीको निधन


काठमाडौँ,कार्तिक, ९ । नेपाल कम्युनिस्ट पार्टी नेकपाकी नेतृ तथा पुर्बसभासद कमला सुवेदीको ५१ वर्षको उमेरमा भक्तपुरको लोकन्थलीस्थित निजी निवासमा आज निधन भएको छ । सुवेदी ब्रेनट्युमर रोगबाट पीडित थिइन् । २०४६सालको जनआन्दोलनमा अनेरास्ववियुको माध्यमबाट राजनैतिक आन्दोलनमा होमिएकी नेतृ सुवेदी तत्कालिन नेकपा (एमाले) रामेछाप–काठमाण्डौ सम्पर्क मञ्चको अध्यक्ष, बाग्मती अञ्चल कमिटी सदस्य हँुदै केन्द्रिय कमिटीको सदस्य समेत भएकी थिइन् ।

About

हरेक पल हरेक खबर विचार र समचारको जनपक्षीय डिटिटल पत्रिका छलफल विक्ली डट कम