प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन


काठमाडौँ, कात्तिक २४ : निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन गर्ने भएको छ ।

निर्वाचनका लागि मनोनयन दर्ता गराउनु भएका उम्मेदवारहरुको विरोधमा कुनै उजुरी नपरेकोले शनिबार उम्मेदवारको नामावली प्रकाशन गरिएको र आज अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।प्रतिनिधिसभा र प्रदेशसभाका रिक्त स्थानमा मंसिर १४ हुने उपनिर्वाचनका लागि आयोगले कात्तिक २१ गते उम्मेदवारी मनोनयन दर्ता गराएको थियो ।प्रतिनिधिसभा र प्रदेशसभा गरी ४ स्थानमा हुने निर्वाचनमा ६५ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।

About

हरेक पल हरेक खबर विचार र समचारको जनपक्षीय डिटिटल पत्रिका छलफल विक्ली डट कम