भूमि अतिक्रमणमा सरकार गम्भीर भएर लाग्यो



काठमाडौं : मुलुकमा नेपाल कम्युनिस्ट पार्टीको स्थायी र सशक्त सरकार छ, यही बेला महाशक्तिशाली राष्ट्र« चीनका राष्ट्रपति सी जिनफिङले भर्खरै नेपालको राजकीय भ्रमण सम्पन्न गरेर गएका छन्, गत शुक्रबार मात्रै बंगलादेशका राष्ट्र«पति मोहम्मद अब्दुल हमिदले नेपालको चारदिने औपाचारिक सद्भावना भ्रमण पूरा गरी स्वदेश फर्केका छन् । यसले छिमेकीसँगको कूटनीतिक, राजनीतिक र पारस्परिक सम्बन्ध अझ प्रगाढ बनाएको देखिन्छ ।तर यही बेला भारतले विगत ५७ वर्षदेखि मिचेको नेपाली भूमिलाई वैध बनाउने गरी नयाँ नक्सा सार्वजनिक गरेको छ । यो नक्सा सार्वजनिक हुनेवित्तिकै आफ्नो भूमि फिर्ता लिनका लागि अहिले सिंगो

मुलुक एकजुट भएको छ । भारतले लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई जबर्जस्ती कब्जा गर्दै आएकोमा पछिल्लोपटक त्यस क्षेत्रलाई राजनीतिक नक्सामै समावेश गरेर नेपालको सार्वभौमसत्ता, अखण्डता र नेपाली स्वाभिमानमाथि हमला गरेको छ । यसले नेपाली जनता आक्रोशित बनेका छन् । यसै सन्दर्भमा सरकाले आफ्नो भूमि फिर्ता लिन सर्वदलीय, सर्वपक्षीय बैठक सम्पन्न गरी सबैको सुझावसहित राष्ट्रिय एकताका साथ कूटनीतिक पहल थालेको छ । यसले जनतालाई केही मथ्थर बनाएको छ । यसै सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय कार्य भएको भन्दै उक्त कार्य सच्याउनुपर्ने बताउनु भएको छ भने परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पनि आफ्नो भूमि एक इञ्च गुम्न नदिने बताउनु भएको छ ।

भारतले नेपाली भूमि अहिले मात्र मिचेको होइन, २००७ सालदेखि हाम्रो घरेलु राजनीतिक अस्थिरताको फाइदा उठाउँदै नेपाली भूमि मिच्दै आएको छ, सीमा भत्काउँदै आएको छ, नेपाली भूमिमा भारतीय सेना राख्दै आएको छ । भारतले नेपालको दर्जनौं हेक्टर खेतीयोग्य जमिन कब्जा गरिसकेको छ भने सयौं नेपाली नागरिकको उठिबास भएको छ । भारतको विस्तारवादी मिचाहा कदम विरुद्ध जनता एकजुट भएका छन, यसका विरुद्ध सरकार राष्ट्रिय एकताका साथ दृढतापूर्वक उभिएको छ । सरकारको यो कदमको चौतर्फी प्रशंसा मात्र भएको छैन सबैमा समस्या समाधानका लागि दृढताका साथ अघि बढ्न हौसला प्राप्त भएको छ । प्रधानमन्त्रीको निर्देशनअनुसार भारतस्थित नेपाली राजदूतले त्यहाँस्थित परराष्ट्र«मन्त्री र मन्त्रालयका उच्च अधिकारीसँग नेपालको विरोधको जानकारी गराउँदै तत्काल वार्ताको प्रस्ताव राखेका छन् । परराष्ट्र«मन्त्री प्रदीपकुमार ज्ञवालीले दुवै देशको सीमा समस्या समाधानसम्बन्धी संयन्त्र तत्काल सक्रिय हुने बताएका छन् । राजनीतिक दलका नेताहरू र विज्ञहरूले पनि तथ्य प्रमाण र अभूतपूर्व राष्ट्रिय एकताको जगमा तत्काल वार्ताको थालनी गरेर नेपाली सीमाको रक्षाका साथै कालापानीबाट भारतीय सेनाको क्याम्प हटाउन पहल गर्नु पर्ने सल्लाह दिएका छन् । ठीक यही बेला संसद्को राज्य व्यवस्था समितिले लिम्पियाधुरासम्मको क्षेत्र समेटेर नेपालको नक्सा तत्काल सार्वजनिक गर्न निर्देशन दिएको छ । त्यतिमात्र होइन, लिपुलेकलाई व्यापारिक नाका बनाउने चीनसँगको भारतीय समझदारीबारे चीन सरकारसँग समेत छुट्टै कुराकानी गर्नुपर्ने निष्कर्ष निकालिएको छ । सबै तथ्य प्रमाण, प्रतिवेदन, तथ्यांक र अभिलेखहरूले महाकाली नदीको मुहान लिम्पियाधुरा रहेको प्रमाणित भइसकेको छ । यिनै तथ्यका आधारमा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले समस्या समाधानका लागि पहल सुरु गरेका छन् । यो राष्ट्रभक्तिको काम हो । संसारका कुनै पनि मुलुकले राष्ट्रिय स्वार्थ पूरा गर्ने नाममा अर्को मुलुकको सार्वभौमिकतामा हस्तक्षेप गर्न मिल्दैन । यो कुरालाई कसैले मानेन, जबर्जस्ती ग¥यो, हैकम देखायो भने त्यसलाई अन्तर्राष्ट्रिय कानुन उल्लंघनको मुद्दा लगाउने ठाउँ छ, त्यहाँबाट भए पनि ठीक पार्नुपर्छ । यो परिस्थिति अहिले निर्माण भएकोले अहिलेसम्म भारतले गरेका सीमा अतिक्रमणका अपराधिक कर्मलाई समाप्त पार्न सरकारले पहलकदमी बढाउनु पर्छ र आफ्नो भूमि सुरक्षित गर्नुपर्छ ।

प्रधानमन्त्रीको पुनः स्वास्थ्य जाँच

प्रधानमन्त्री केपी शर्मा ओलीको हिजो धापासीस्थित ग्राण्डी अस्पतालमा पुनः स्वास्थ्य जाँच गरिएको छ । प्रधानमन्त्री ओली फलोअपका लागि अस्पताल पुग्नु भएको र उहाँलाई हेमोडायलासिस गरेको अस्पताल प्रशासनले बताएको छ । ग्राण्डी अस्पतालमा उहाँलाई योसमेत तेस्रोपटक डायलासिस गरिएको छ । अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्री केपी ओलीज्यू ग्राण्डी इन्टरनेसनल हस्पिटलमा नियमित स्वास्थ्य परीक्षण तथा उपचारका लागि आउनु भएको छ र उहाँको पुनः हेमोडायलासिस सम्पन्न भएको छ’, ‘हाल उहाँको स्वास्थ्य अवस्था राम्रो रहेको छ ।’

अनेरास्ववियुको हिम्मत

सत्तारुढ दल नेकपाको भातृ संगठन अनेरास्ववियुले भारतले कब्जा गरेको नेपाली भूमिमा नेपालको झण्डा फहराएको छ । इलामको सन्दकपुर गाउँपालिका वडा नं ४ मा भारतले अतिक्रमण गरेको भूमिमा अनेरास्ववियु इलाम जिल्ला कमिटीले भारतीय सीमा सुरक्षा बल (एसएसबी) सँग प्रतिकार गरी नेपालको राष्ट्रिय झण्डा फहराएको हो । केही समयअगाडि गाँउपालिकाले निर्माण सुरु गरेको भ्यु टावरलाई निर्माण अवरुद्ध गरी भारतले कब्जा गरेको थियोे । सो कब्जा गरेको जमिनमा अनेरास्ववियुले नेपालीको राष्ट्रिय झण्डा फहराउन खोज्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले बल प्रयोग गरेपछि एसएसबी र अनेरास्ववियु कार्यकर्ताबीच सामान्य झडपसमेत भएको थियो । झडपमा सीमा सुरक्षा बल (एसएसबी) का एक जवान सामान्य घाइते भएका छन् । अखिलका नेता आरसी लामिछानेका अनुसार अनेरास्ववियुका नेता रवीन्द्र सुवेदीको नेतृत्वमा गएको टोलीले भारतद्वारा निषेधित क्षेत्र भनिएर लेखिएको बोर्डसमेत भत्काएर फ्याकिदिएका छन् । कब्जा गरिएको जमिनमा राष्ट्रिय झण्डा फहराएपछि विद्यार्थीहरूले नारा जुलुस गरेका थिए

भूमि अतिक्रमणमा सरकार गम्भीर भएर लाग्योछिमेकीको राजकीय भ्रमण
महाशक्तिशाली राष्ट्र« चीनका राष्ट्रपति सी जिनफिङले नेपालको भ्रमण गरेर गएको केही समयपछि अस्ति शुक्रबार बंगलादेशका राष्ट्र«पति मोहम्मद अब्दुल हमिदले नेपालको चारदिने औपाचारिक सद्भावना भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । राष्ट्र«पति विद्यादेवी भण्डारीको निमन्त्रणामा गत मंगलबार नेपाल भ्रमणमा आएका राष्ट्र«पतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्र«पति भण्डारीले बिदाइ गर्नुभएको थियो । बिदाइमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र«मन्त्री प्रदीपकुमार ज्ञवाली र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई उपस्थित हुनुहुन्थ्यो । उनलाई नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामी दिएको थियो भने स्वागतमा झैँ बिदाइमा पनि सातै प्रदेशको प्रतिनिधित्व हुने गरी कलाकारले गीत संगीत र नृत्य प्रस्तुत गरेका थिए । बालबालिकाले नेपाल र बंगलादेशको झण्डा फहराएर विशिष्ट पाहुनालाई बिदाइ गरेका थिए । नेपाल भ्रमणका क्रममा उनले राष्ट्र«पति भण्डारीसँग गत बुधबार भेटवार्ता गरेका थिए । उनीसँग उपराष्ट्र«पति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्र«मन्त्री प्रदीपकुमार ज्ञवालीले बेग्लाबेग्लै शिष्टाचार भेट गरेका थिए । नेपाल बसाइका क्रममा उनले भक्तपुर दरबार स्क्वायर क्षेत्रका साथै पोखराका पर्यटकीय क्षेत्रको स्थलगत अवलोकन भ्रमण गरेका थिए । यसले छिमेकीसँगको सम्बन्ध थप प्रगाढ भएको पुष्टि हुन्छ तर भारतको कामले भने आम नेपालीलाई झस्काएको छ, आक्रोशित पारेको छ । यो भारतका लागि लाजमर्दो विषय भएको छ ।

About

हरेक पल हरेक खबर विचार र समचारको जनपक्षीय डिटिटल पत्रिका छलफल विक्ली डट कम