मन्त्रीपरिषद पुर्नगठन हुँदै



काठमाडौं, मंसिर २ : सत्तारुढ दल नेकपाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्रिपरिषद पुनर्गठनको जिम्मा दिएसँगै पाँच जना मन्त्री फेरिने भएको बुझिएको छ । नेकपा अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डबीच पाँच जना मन्त्री फेर्ने सहमति भएको बुझिएको छ । अध्यक्षद्वयले फेरिने मन्त्रीको नाम समेत टुंगो लगाउनु भएको छ तर नाम भने गोप्य राख्नुभएको छ । सो सहमतिअनुसार पहिलो चरणमा पाँच जना मन्त्री हटाइनेछ । हटने सूचीमा पूर्वएमालेतर्फबाट तीन र पूर्व माओवादीतर्फका दुई जना रहेको बुझिएको छ । जसमा एक जना महिला समेत पर्नुभएको बुझिएको छ । सम्भवत आजैको मन्त्रीपरिषद बैठकले मन्त्रीपरिषद पुर्नगठन गर्ने स्रोतको भनाईछ । स्रोतका अनुसार अध्यक्ष प्रचण्डले अवको मन्त्रिपरिषद हेरफेर गर्दा पूर्वएमाले र पूर्वमाओवादी नहेरी सरकारको कामलाई तीब्र पार्ने मिसनमा सहयोगी बन्ने ब्यक्तिलाई मन्त्री बनाउन सुझाउनु भएको छ । अध्यक्ष प्रचण्डले सात जनाबाहेक सवै मन्त्री हेरफेर गर्दासमेत आफ्नो कुनै असहमति नहुने जानकारी प्रधानमन्त्री ओलीलाई गराउनु भएको छ । दुई अध्यक्षबीचको सहमतिअनुसार आइतवारको सचिवालय बैठकमा प्रधानमन्त्रीले मन्त्रिपरिषद पुनर्गठन गर्ने जानकारी गराउनु भएको थियो । सचिवालय बैठकले सरकारको कामलाई प्रभावकारी रुपमा अघि बढाउन आवश्यक मन्त्री हेरफेरको जिम्मा दिएको थियो । सोहीअनुसार प्रधानमन्त्री ओलीले नयाँ मन्त्रीको सूची बनाउनु भएको नेकपाका एक केन्द्रीय सदस्यले बताउनुभएको छ ।

About

हरेक पल हरेक खबर विचार र समचारको जनपक्षीय डिटिटल पत्रिका छलफल विक्ली डट कम