पोखरामा बिद्याको जित सुनिश्चित



काठमाडौ, मंसिर २ : कास्की २ प्रतिनिधिसभा सदस्यकी उम्मेदवार विद्या भट्टराई अधिकारीले पोखराका मुख्य चोकमा आकाशेपुल बनाउने घोषणा गर्नुभएको छ । चुनावी घरदैलोका क्रममा सृजनाचोकमा भएको कोणसभामा उहाँले पोखराको जनघनत्व र भीडका कारण उत्पन्न ट्राफिक जाम कम गर्न सभागृहचोक, पृथ्वीचोक, महेन्द्रपुल, अमरसिंहचोक लगायतका मुख्य चोकमा आकासेपुल अत्यावश्यक रहेको बताउनुभयो । यसअघि निर्वाचित रवीन्द्र अधिकारी कै पहलमा सिर्जनाचोकमा आकाशे पुलको डिपीआर बनेर बजेट समेत बिनियोजन भइसकेको थियो । सृजनाचोकबाट सुरु भएको चुनावी घरदैलो रत्नचोक, फिर्के, नागढुंगा हुँदै चालिसेचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । घरदैलोका क्रममा उम्मेदवार भट्टराइले वृद्धभत्ता, विधवा भत्ताजस्ता सामाजिक सुरक्षाका योजना ल्याउने पार्टीले वृद्धहरुको सम्मानपूर्वक बाँच्ने आधार बनाइदिएको बताउनुभयो । युवालाई शिक्षा, व्यक्तित्व विकास र रोजगारीको व्यवस्था गर्न समृद्ध नेपाल जरुरी रहेको उहाँको भनाइ थियो । चुनावी मैदानमा होमिएकी नेकपा उम्मेदवार विद्यालाई कलाकारले समेत मत मागेका छन् । कास्किको नेकपाको चुनाबि माहोल हेर्दा बिद्याले निबाएचन जितिसकेको भानहुन थालेको एक स्थानीयले बताएका छन ।

About

हरेक पल हरेक खबर विचार र समचारको जनपक्षीय डिटिटल पत्रिका छलफल विक्ली डट कम