काठमाडौँमा रहेका सार्वजनिक शौचालयको अवस्था दयनीय


काठमाडौं, मंसिर ३ : काठमाडौँ उपत्यकामा रहेका सार्वजनिक शौचालयको अवस्था ज्यादै दयनीय छ ।आगामी वर्ष २० लाख पर्यटक ल्याउन महत्त्वाकाङ्क्षी लक्ष्यसमेत अगाडि सारिरहेका बेला शौचालय सुधार जरुरी भएको छ । तोकेको शुल्क तिरेर प्रयोग गर्नुपर्ने शौचालयको सुधार गर्नेतर्फ कसैको ध्यान पुगेको नदेखिए पनि स्मार्ट शौचालय बनाउने तयारी भने सार्वजनिक भएको छ । काठमाडौँ महानगरपालिकाले स्मार्ट शौचालयको अवधारणा अगाडि सारेको छ । निजी संस्थासँगको सहकार्यमा काठमाडौँ महानगरपालिकाले स्मार्ट शौचालय निर्माण गर्ने तयारी गरिरहेको जानकारी सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले दिनुभयो । उहाँले सार्वजनिक हित र सहरी सरसफाइमा सहयोग पु¥याउन सार्वजनिक शौचालय थप्ने र स्थान अभाव भएको स्थानमा स्मार्ट शौचालय निर्माण गर्न आयोगले नक्सा तयार गरिसकेको जानकारी दिनुभयो ।

तीव्र सहरीकरण र बढ्दो जनसङ्ख्याका कारण काठमाडौँका धेरै ठाउँमा सहरी गतिविधि बढिरहेको छ । सरसफाइका लागि सार्वजनिक शौचालयको आवश्यकता बढ्दो छ । मुलुकलाई खुला दिसामुक्त घोषणा गरिएको छ । यस अभियानलाई फोहोर पानी र दिसाजन्य फोहोरको प्रशोधनसहितको शौचालयको हरेक नागरिकको पहुँच पुगे मात्र सफल हुने देखिन्छ ।
सन् २०१३ देखि नै विश्व शौचालय दिवस नोभेम्बर १९ मनाउने गरिएको छ । नेपालमा पनि यस सन्दर्भमा विविध कार्यक्रम आयोजना भइरहेका छन् । यस वर्ष यो दिवस ‘कोही नछुटौँ’ भन्ने नारासहित आज नेपाललगायत विश्वभर विश्व शौचालय दिवस मनाइँदै छ ।

About

हरेक पल हरेक खबर विचार र समचारको जनपक्षीय डिटिटल पत्रिका छलफल विक्ली डट कम