मोटरसाइकलकाे ठक्कर बाट एक पैदलयात्रीको मृत्यु


सल्यान, मङ्सिर ३ : सल्यानमा मोटरसाइकलले ठक्कर दिदा पैदलयात्रीको मृत्यु भएको छ ।
सल्यानको श्रीनगरबाट दाङ जाँदै गरेको रा ४ प २४२४ न मोटरसाइकलले ठक्कर दिदा शारदा नगरपालिका ९ की ८० वर्षिया बालिका विष्टको मृत्यु भएको हो ।
सोमबार छत्रेश्वरी गाउँपालिका ६ लान्तिबजारमा बाटो काट्ने क्रममा वृद्धालाई मोटरसाइकलले ठक्कर दिएको थियो ।

घाइते विष्टको नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । ठक्कर दिने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाई रहेको छ ।

About

हरेक पल हरेक खबर विचार र समचारको जनपक्षीय डिटिटल पत्रिका छलफल विक्ली डट कम