काम नगर्ने विभागीय प्रमुखहरुलाई हटाउदै मन्त्री भट्टई


संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सरकारी कार्यालयमा सन्तोषजनक काम गर्न नसकेका विभागीय प्रमुखहरुलाई हटाउने जनाउ दिनुभएको छ । मन्त्रालय मातहतका विभागको आज पर्यटन बोर्डमा बसेको नियमित बैठकमा मन्त्रीले यस्तो करा बताउनुभएको हो । मन्त्रालय मातहत रहेका विभागको कामको समिक्षापछि असन्तुष्ट जनाउँदै मन्त्री भट्टराईले प्रभावकारी रुपमा काम गर्न निर्देशन दिनुभयो । लक्ष्य अनुरुप काम नभए स्पष्टीकरण सहित बिभागिय प्रमुखहरु परिवर्तन गर्ने मन्त्रीको भनाई थियो । राजनीतिक नियुक्ती लिएर विभिन्न पदमा रहेका र सन्तोषजनक काम नगरेकालाई पनि तत्काल हटाउने बताउनुभयो । उहाँले राम्रो काम गर्ने कर्मचारीलाई थप सुविधा दिएर प्रोत्साहन गर्ने र काम नगर्नेलाई दण्डित गर्ने उहाँले बताउनुभयो । आजको बैठकमा सो मन्त्रालय मातहतका विभागीय प्रमुखहरुले आफ्नो कार्यप्रगति बुझाएका थिए । सो क्रममा उहाँले उत्त कार्यप्रगति विवरण सन्तोष जनक नरहेको भन्दै फेरि बस्ने बैठकमा पुनः प्रस्तुत गर्न निर्देशन दिनुभएको छ । मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष सफल बनाउनका लागि मन्त्रालय मातहतका कार्यालयहरुले के के गर्ने ? त्यो कार्ययोजना मंसिर ११–१२ मा प्रस्तुत गर्न निर्देशन दिनुभएको छ । आजको बैठकमा उहाले काम नगर्ने र विवादित कर्मचारीहरुलाई विदेश भ्रमणमा रोक लगाउने घोषणा गर्नुभएको छ ।

About

हरेक पल हरेक खबर विचार र समचारको जनपक्षीय डिटिटल पत्रिका छलफल विक्ली डट कम