काठमाडौंमा बस्ने गुल्मेलीहरुलाई घर फर्किन चेम्बर अफ कमर्शका अध्यक्षकाे आग्रह


काठमाडाैं, मंसिर ८ : नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले काठमाडौंमा बस्ने गुल्मेलीलाई जिल्ला फर्किन आग्रह गरेका छन् । गुल्मी चेम्बर अफ कमर्शको प्रथम जिल्ला अधिवेशनलाई तम्घासमा सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले गुल्मी सुन्दर, शान्त, मनमोहक रहेकाले यहाँ बसेरै धेरै प्रगती गर्न सकिने बताए ।आफू पहिलो पटक गुल्मी आएको बताउँदै श्रेष्ठले गुल्मी सोचेभन्दा सुन्दर शान्त र मनमोहक रहेको बताए । उनले काठमाडौंमा बसेर व्यवसाय गर्ने गुल्मेलीहरुलाई जिल्लामै बसेर पर्यटनलगायतका व्यवसाय गर्न सुझाव दिए ।गुल्मी जिल्लाका धेरै व्यक्तिहरु उच्च पदमा पुगेको भन्दै उनले, आफूले सिकेको ज्ञान र सिपलाई आफ्नै जिल्लामा उपयोग गर्न आग्रह गरे ।

धेरै वर्षपछि स्थीर सरकार बने पनि निजी क्षेत्र खुसी भएर अगाडि बढ्ने वातावरण भने नभएको श्रेष्ठले बताए । विदेशी लगानीको दर घट्दै गएकाले स्थीर सुखको अनुभूति गर्न नपाएको उनको भनाइ थियो ।उद्योग फस्टाउने गरी औद्योगिक नीति बनाउन, कृषिमा लगानी गर्न र स्वदेशी उत्पादनलाई बढावा दिन उनले सरकारलाई सुझाव दिए । उनले जिल्लामा रहेका सबै व्यावसायीक संगठनहरुलाई मिलेर अघि बढ्न सुझाव दिए ।

About

हरेक पल हरेक खबर विचार र समचारको जनपक्षीय डिटिटल पत्रिका छलफल विक्ली डट कम