बैंक सहकारी समृद्धिको आधार क्षेत्र बनाउने लक्ष्य छ: केबी उप्रेती


केबी उप्रेती, अध्यक्ष, राष्ट्रिय सहकारी बैंक

कोरोना महामारीमा यो बैंकले कसरी काम गरिरहेको छ ?

कोरोना महामारीका कारण गत चैत्र ११ गतेदेखि मुलुकमा बन्दाबन्दी लागू भयो, त्यो बेला कार्यालयका कामहरू ठप्प भए । गत असारदेखि सरकारले बन्दाबन्दी केही खुकुलो पारेपछि हामीले कार्यालय सञ्चालनमा ल्यायौं । कार्यालय सञ्चालनमा आएपछि सरकारले गठन गरेको कोरोना संक्रमण व्यवस्थापन केन्द्र सीसीएमसीले जारी गरेको निर्देशिकाअनुसार स्वास्थ्य प्रोटोकल पूर्ण रूपमा लागू गर्दै सुरक्षित ढंगले कार्यालय सञ्चालन गरिरहेका छौ ।

यो बेलामा कामचाहिँ के के भइरहेका छन् त ?

कोरोनाले प्रभावित पारेका हाम्रा सदस्यरूलाई ध्यानमा राखेर राहातका प्याकेजहरू ल्यायौं । त्यसअन्तर्गत केन्द्रीय राहत कोषमा सहयोग ग¥यौं । मसमेत संलग्न भएर कोरोना उपचार केन्द्र भनेर सहकारी र अस्पतालमा व्यवस्थापन टिममा बसेर उपचार ग¥यौं । त्यसैगरी, कोरोना प्रभावित सातै प्रदेशमा एक एकजना संयोजक तोकेर आर्थिक गतिविधि गर्नेदेखि राहत वितरण गर्ने, पीसीआरका सामानहरू उपलब्ध गराएर उपचार गराउने, क्वारेन्टाइनमा आर्थिक सहयोग गर्ने लगायतका थुप्रै गतिविधिहरू हामीले ग¥यौ । उदाहरणकोलागि हामीले १ नं प्रदेशमा हामीले सहारा बचत तथा रिण शहकारीको तर्फबाट संयोजक महेन्द्रकुमार गिरिले प्रदेशभरिको क्वारेन्टाइनमा रहेकाहरूलाई खान बस्नको सबै व्यवस्थापन गर्नुका साथै झापालगायत अन्य ठाउँमा एकका लागि एक भन्ने कार्यक्रम नै सञ्चालन गर्नुभएको थियो । यस्ता काम हामीले सातै प्रदेशमा ग¥यौं । त्यसैगरी, फागुनसम्मको ब्यालेन्ससिट हेरेर हाम्रा प्रत्येक सदस्यहरूलाई दैनिक जीविकोपार्जनका लागि आर्थिक सहयोग गर्ने उद्देश्यले विनाधितोको ऋण उपलब्ध गराउने काम ग¥यौं भने सहकारीहरूमा तरलताको अवस्था हेरेर कम ब्याज दरमा रकम उपलब्ध गराउने जस्ता दुईवटा महत्वपूर्ण काम ग¥यौं । त्यसैगरी, लकडाउनको ३ महिनाको ब्याजमा १० प्रतिशत छुट ग¥यौं भने त्यसपछिको ब्याजमा दुई प्रतिशत छुटको व्यवस्था ग¥यौं । यीलगायत अन्य थुप्रै विषयमा हामीले सरकार र हाम्रा सदस्यहरूलाई सकेको सहयोग ग¥यौं ।

अहिले कोरोनाका कारण सबै वित्तीय संस्थाहरूमा अत्यधिक तरलताको अवस्था छ,
पैसा थुप्रिएर बसेको छ, त्यसलाई चलायमान कसरी गर्नुहुन्छ त ?

अहिलेको अवस्थामा कोरोना महामारीले उद्योग धन्दा ठप्प छ, व्यापार व्यवसाय ठप्प छ, विकास निर्माणका काम राम्रोसँग हुन पाएका छैनन्, ठेक्कापट्टाका कामहरू हुन पाएका छैनन्, मानिसहरूले ढुक्कका साथ आर्थिक गतिविधि गर्न पाएका छैनन् जसले गर्दा अधिकांश वित्तीय संस्थाहरूमा तरलता बढी भएको छ तर हाम्रो बैंकमा भने त्यस्तो छैन । हाम्रोमा चाहिँ यी तीन महिनामा नै बढी लगानी भएको छ किनकी हामीलाई बैंकको ऐन नियम लाग्दैन । हाम्रा ग्राहक सदस्य नै जनता हुन् । जनताले गाउँ सहरका सहकारी संस्थामार्फत आर्थिक गतिविधिका कामहरू दैनिक रूपमा गरिरहेकै हुन्छन, वस्तुहरूको उत्पादन वितरण भइरहेकै हुन्छन् । यसर्थ कोरोना समस्याले हाम्रो सहकारी बैंकलाई खासै असर पारेको छैन । हाम्रो चैत्रमा २२ अरब रुपैयाँ लगानी भएकोमा त्यसपछिका दुई महिनामै हाम्रो लगानी २७ अरब पुगेको थियो । यसर्थ हामीलाई यो समस्या भएको छैन ।

यो बैंकले कस्तो क्षेत्रमा बढी लगानी गरेको छ ?

हाम्रा सदस्य भनेको सहकारीहरू नै हुन् त्यसैले हाम्रो अन्य बैंकको जस्तो जथाभावी लगानी हुँदैन । हामीले हाम्रा सहकारी सदस्यहरूलाई नै लगानी गर्ने हो । त्यसमा पनि हाम्रा सदस्यहरूले के केमा आवश्यक छ भनेर माग्छन्, त्यसैमा लगानी हुन्छ । हाम्रा सदस्यहरूले केमा भन्छन् अर्थात उद्योगमा लगानी गर्ने भन्छन् कि, वस्तुको उत्पादन, बिक्री वितरणमा भन्छन् कि व्यापार व्यवसायमा भन्छन् कि त्यो हेरेर उनीहरूको आवश्यकता र मागअनुसार लगानी हुन्छ ।

लगानी असुलीको अवस्थाचाहिँ कस्तो छ ?

सन्तोषजनक छ । हाम्रो अन्य बैंकको जस्तो जथाभावी लगानी हुँदैन, सहकारी ऐन, नियम, मूल्य मान्यताअनुसार आफ्नै सदस्यहरूमा मात्रै कारोबार र लगानी हुन्छ । खराब कर्जा ठूलो परिणाममा छैन । यसर्थ हाम्रो लगानी सन्तोषजनक ढंगले उठिरहेको छ ।

बैंकबाट सहकारी सदस्य सेयरधनीहरूले कत्तिको लाभ लिएका छन् ?

हाम्रो बैंकमा आबद्ध रहेका र सहकारी ऐन, नियम, मूल्य मान्यतामा रहेर सञ्चालन भएका सबै सहकारी सदस्यहरूले परिणाममुखी सेवा प्राप्त गरिरहनुभएको छ । प्रतिस्पर्धी बजारअनुरूप बैंकबाट आर्थिक लाभ पनि राम्रै लिइरहनुभएको छ । यसबाट सहकारी संस्थाहरू सन्तुष्ट हुनुभएको छ भन्ने मलाई लागेको छ ।

बैंकको भावी योजना तथा कार्यक्रम के कस्ता छन् ?

हामीले अहिले कोरोनाबाट बढी प्रभावितहरूलाई लक्षित गरी प्रोडक्टिभ कार्यक्रम नै बनाएर अगाडि बढिरहेका छौं । अहिले हामीले ८ प्रतिशतभन्दा तल लगानी गर्न सक्ने अवस्था छैन तर हामीले केन्द्र, प्रदेश र स्थानीय सरकारले जिरो प्रतिशतमा लगानी उपलब्ध गराइदिने हो भने हामी दुई प्रतिशत सेवा शुल्क लिएर हाम्रा उद्योगी व्यावसायी सदस्यहरूलाई लगानी गर्न सक्छौं । त्यो माग हामीले तीनै तहका सरकारहरूलाई गरिसकेको छौं । त्यो मागको सुनुवाई भएको खण्डमा हाम्रा ७७ जिल्लाका सहकारी सदस्य एवं सहकारीमा आबद्ध अपांग, दलित, महिलासँग सम्बन्धित सबै वर्ग र तहका सदस्यहरूलाई तोकेरै यस यसलाई यसरी लगानी गर्नु, कृषिमा यसरी गर्नु उद्योगमा यसरी गर्नु, विदेशबाट आएका युवा उद्यमीलाई यसरी लगानी गर्न भनेर दिएको खण्डमा हामीले ती सदस्यहरूलाई महत्वपूर्ण योगदान गर्न सक्छौं, त्यो प्रयास जारी छ । त्यसैले बैंकले प्रदान गरिरहेका सेवाहरू आगामी दिनहरूमा अझ व्यवस्थित र चुस्त ढंगले अगाडि बढाउने, सरकारी नीति नियम र मापदण्डअनुरूप बैंकिङ कारोबारलाई व्यवस्थित गर्दै राष्ट्रको एउटा अग्रणी र नमुना बैंकको रूपमा स्थापित गर्ने लक्ष्य रहेको छ ।

बैंकका चुनौतीहरू के के छन् नि ?

यो बैंकको मात्र होइन, सहकारी क्षेत्रमै चुनौतीभन्दा बढी सम्भावनाहरू छन् । नेपालको आर्थिक संरचना विकास गर्न साना साना पूँजीको परिचालन धेरै मात्रामा गर्नु पर्छ । सहकारीले गाउँ सहर दुवैमा रहेका तल्लो आर्थिकस्तर भएका वर्गमा सजिलै पहुँच पु¥याउन सक्दछ । सदस्यहरूलाई बचत गर्ने बानीको विकास गर्न सकिन्छ । बचत तथा कर्जा परिचालन र घरदैलोमै छिटो छरितो सेवा दिन सकिन्छ । सदस्यहरूको समय र मेहनत बचत गर्न सकिन्छ । सहकारीले सर्वसाधारणलाई बचत गर्ने बानीको विकास गराउनुका साथै उद्यमशील बनाउने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । आर्थिक गतिविधि बढाउन र राष्ट्रलाई समृद्ध बनाउने सहकारी नै भरपर्दो माध्यम बन्न सक्छ । त्यसैले अब सहकारीबाटै मुलुकमा विकासको आधार तयार गर्नुपर्छ । यसर्थ, जहाँ संभावना हुन्छ, त्यहाँ चुनौती पनि हुन्छन् तर चुनौतीलाई सही रूपमा व्यवस्थापन गर्न सके अवसरको रूपमा परिणत गर्न सकिन्छ । त्यसतर्फ सबै सहकारी संस्थाहरूको ध्यान जानुपर्छ । हाम्रो ध्यान पनि त्यसैमा छ ।

मुलुकमा सहकारीको अवस्था कस्तो छ ?

नेपालमा राष्ट्रिय अभियानको रूपमा सहकारीको विकास हुन थालेको ३ दशक पुग्न लागेको छ । २०४८ सालमा सहकारी ऐन लागू भएपछि यस क्षेत्रमा आम सर्वसाधारणको चासो बढ्न थालेको हो । सहकारीका सेवा सुविधा, गतिविधि तथा राज्यलाई पु¥याएको योगदानको आधारमा राष्ट्रिय अर्थतन्त्रका महत्वपूर्ण तीन खम्बामध्येको एक खम्बाका रूपमा सहकारी क्षेत्र स्थापित हुन सफल भएको छ । यसलाई सहकारी आन्दोलनकै महत्वपूर्ण उपलब्धिका रूपमा लिनु पर्छ । यति हुँदाहुँदै पनि विभिन्न आरोह अवरोहका कारण सहकारी क्षेत्रले सोचेअनुरूपको प्रगति हासिल गर्न सकिरहेको छैन । देशमा नयाँ संविधान आएसँगै अवरोध भएका विकासका बाटोहरू विस्तारै खुल्ला हुदै गएका छन् । आगामी दिनमा अन्य क्षेत्रले भन्दा यो क्षेत्रले राम्रो गति लिने देखिएको छ । राज्यले सहकारीलाई हेर्ने दृष्टिकोण स्पष्ट भएकोले यो क्षेत्र अझ बढी व्यवस्थित, सहभागीतामूलक र उत्पादनमूलक हुदै गइरहेको छ । संघीयता कार्यान्वयनसँगै पछिल्लो समयमा सहकारीलाई प्रबद्र्धन र मार्गनिर्देशन गर्ने जिम्मा स्थानीय निकायले पाएको छ र यसले सहकारीलाई थप व्यवस्थापन गर्ने काम पनि गरिरहेको छ । स्थानीय निकायको समन्वयमा सहकारी क्षेत्रले अझ गति लिने विश्वास लिएको छु । हाम्रो मुलुकमा ग्रामीण जनसंख्या धेरै भएको त्यसमा पनि कृषि व्यवसायमा संलग्न जनसंख्या धेरै भएको र न्यून आय भएका जनसंख्याको मात्रा पनि उल्लेख्य भएको हुँदा त्यस्तो वर्गमा पहँुच राख्न सहज माध्यम भनेकै सहकारी हो । त्यसैले पनि सहकारी क्षेत्र आम जनताको एक मात्र भरोसाको संस्था हो । यसबाट सदस्यहरू पेसागत संस्थामा संलग्न हुने, आफ्नो उत्पादन बढाउनेलगायत उत्पादनमूलक क्षेत्रमा जोडिँदै नयाँ प्रविधि बुझ्न पाउने, ढुवानी र बजार मूल्य समयमै पाउनेदेखि लिएर उत्पादनदेखि उपभोगमा समेत संगठित रूपमा संलग्न हुन पाउने कारणले यसको महत्व, विकास र विस्तार प्रभावकारी बन्दै गइरहेको छ । त्यसैले आगामी दिनमा देशमा उत्पादित वस्तु र सेवामा सहकारीकरण र वितरण र रोजगारमा सहकारीकरण, विकास र प्रवद्र्धनमा सहकारीकरण भएमा देशै सहकारीमय हुने र त्यसले सहकारीको भविष्य राम्रो हुने देखेको छु । यसो भएको खण्डमा देशका हरेक नागरिक सहकारीको सदस्य हुनेछन् र देशमा विद्यमान कालाबजारी उन्मूलन भई शोषण र उत्पीडनमुक्त समाजको निर्माण हुनेछ । जसले राज्यको उपेक्षित वर्ग र देशको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै सरकारले लिएको सुखी नेपाली, समृद्ध नेपाल निर्माणको राष्ट्रिय आकांक्षा पूरा हुनेछ । यसर्थ यहाँ सहकारीको भविष्य उज्वल छ र जनअपेक्षित छ ।

बैंकको वित्तीय अवस्था र कारोबार कस्तो रहेको छ ?

बैंकको वित्तीय अवस्था मजबुत रहनुका साथै निरन्तर नाफामा नै सञ्चालित हुँदै आएको छ । वित्तीय अवस्था मजबुत भएको कारणले पनि हाम्रो बैंकप्रति सदस्यहरूले विश्वास गरेर आफ्नो कारोबारलाई निरन्तर अगाडि बढाइरहनुभएको छ । बैंकले दिने परिणाममुखी सेवा र बैंकका सञ्चालकहरू समाजमा कहलिएका प्रतिष्ठित व्यक्तिहरू रहेकाले पनि यो बैंकप्रतिको कारोबारमा कुनै कमी आएको छैन । यसले बैंकलाई थप उत्साहित बनाएको छ, प्रोत्साहन मिलेको छ । यसको नेतृत्व व्यवस्थापकीय टिम र कर्मचारी तहमा रहेका सबै जिम्मेवार व्यक्तिहरूले गरेका छौं । उक्त उत्साहलाई थप परिणाममुखी बनाउँदै बैंकका सेयरधनी सदस्यहरूलाई थप उचित प्रतिफल दिन हामी प्रतिबद्ध छौं । ७७ वटै जिल्लामा सञ्चालन भएको सहकारी बैंकमा ११ हजार ४ सय सहकारी संस्था सदस्य रहेका छन् । बैंकले चालु आवको अन्त्यसम्म १ हजार ५ सय सेयर सदस्य,२ अर्ब पूँजी, ३५ अर्ब १३ करोड निक्षेप, २८ अर्ब कर्जा लगानी गर्ने योजनाका साथ काम गरिरहेको छ । यसले गर्दा प्रगति पनि सन्तोषजनक नै रहेको छ ।

नेपाल राष्ट्रबैंकले हालै जारी गरेको मौद्रिक नीतिलाई कसरी लिनुभएको छ ?

मौद्रिक नीति सकरात्मक नै छ तर सहकारीलाई राष्ट्रबैंकबाट नियमन नगर्ने भए तापनि बैंकको नीतिलाई आधार मानेर प्रोभिजन, ब्याज, आम्दानीलगायत अन्य विषयहरूलाई सहकारी विभागले पनि मौद्रिक नीतिलाई सहयोग पुग्ने गरी सम्बोधन गरेर अगाडि बढ्ने गरी योजना बनाई सर्कुलर गरेको छ । त्यसले सहकारीलाई पनि राहत नै हुने हामीलाई महसुस भएको छ ।

सहकारी ऐन, नियम, नीतिमा कमी कमजोरीको महसुस भएको छ कि छैन ?

छ, यसमा हामीले छुट्टै सहकारी बैंक ग्यारेन्टी चाहिन्छ भनेको छौं, सरकारीमा राष्ट्र बैंकको रिफाईनान्सबाट निश्चित प्रतिशत सहकारीबाट परिचालित गर्न पाइयोस् भनेका छौं । अन्य कतिपय कुराहरू पनि छन् तर हामी आफैँले पनि प्रोडक्ट गरेर सहकारी र राष्ट्रबैंकसँग मिलेर कोरोना महामारीले प्रभावित पार्ने कुराहरूमा सहकार्य गरेर अगाडि बढिरहेका छौं ।

छ, यसमा हामीले छुट्टै सहकारी बैंक ग्यारेन्टी चाहिन्छ भनेको छौं, सरकारीमा राष्ट्र बैंकको रिफाईनान्सबाट निश्चित प्रतिशत सहकारीबाट परिचालित गर्न पाइयोस् भनेका छौं । अन्य कतिपय कुराहरू पनि छन् तर हामी आफैँले पनि प्रोडक्ट गरेर सहकारी र राष्ट्रबैंकसँग मिलेर कोरोना महामारीले प्रभावित पार्ने कुराहरूमा सहकार्य गरेर अगाडि बढिरहेका छौं ।

आम सहकारीकर्मीहरूलाई के भन्नुहुन्छ ?

मुलुकमा कोरोना महामारी फैलिरहेको हुनाले सबैले संयमता अपनाएर, सुरक्षा अपनाएर, सरकारले दिएको निर्देशनलाई अक्षरशः पालना गरेर आफू पनि बच्ने र आफ्ना सदस्यहरूलाई पनि बचाउने गरी आफना कर्म र गतिविधिलाई व्यवस्थित बनाउँदै अगाडि बढ्नु पर्दछ । त्यसमा हाम्रो बैंक पनि सहयोगी बन्न सक्छ । साथै, कोही राष्ट्रिय सहकारीको सदस्य बन्नुभएको छैन भने तत्काल बनिहाल्नु प¥यो, बनेर पनि कारोबार गर्नुभएको छैन भने राष्ट्रिय सहकारी बैंकमा कारोबार गर्नु प¥यो । सहकारी संघ संस्थाकै वित्तीय व्यवस्थापन र प्रर्बद्धनका लागि राष्ट्रिय सहकारी बैंक एउटा अंग भएकोले एक अर्कामा सहकार्य गरेर अगाडि बढ्नका लागि सम्पूर्ण सहकारी संघ संस्थाहरूलाई म आग्रह गर्न चाहन्छु ।