हाम्रो उद्देश्य जडीबुटी किसानको मुहारमा कान्ति ल्याउनु हो: महाप्रबन्धक कार्की


ज्ञानेश्वर कार्की, महाप्रबन्धक, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लि.

जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रले जडीबुटी उत्पादनका लागि कचा पदार्थ उत्पादन गर्ने, संकलन गर्ने, त्यसलाई प्रशोधन गरेर तेल बनाउने र त्यो तेलबाट विभिन्न प्रकारका औषधिजन्य वस्तु तयार गरेर बजारसम्म पु¥याउने यसको म्याण्डेट छ । कोरोनाकाल भए पनि हामीलाई वस्तुको मागको कमी त छैन, यस्तो बेला झन् बढी छ । तर समस्या कहाँ भयो भने बजारको मागअनुसार उत्पादन गर्ने अहिले हामीसँग मेनपावर छैन । कोभिड १९ को संक्रमणले लामो समयसम्म लकडाउन भयो पछि केही समय खुले पनि फेरि निषेधाज्ञा जारी भयो । त्यसले गर्दा हाम्रो मेनपावर जति थियो ती सबै काममा आउन सकेनन् । त्यसले गर्दा उत्पादनमा कमी भयो र हाम्रो लक्ष्यअनुसार उत्पादन हुन सकेन । तर पनि यसको बावजुद विभिन्न उपाय अपनाउँदै अघिल्लो वर्षभन्दा बढी नै उत्पादन ग¥यौं । अघिल्लो वर्ष हामीले ३० लाख सञ्चो उत्पादन गरेका थियौं भने यसपालि ५० लाख उत्पादन गरेर बजारमा पु¥यायौं यद्यपि हाम्रो तारगेट चाहिँ १ करोड थियो । कोरोनाका कारण हाम्रो जनशक्ति काम गर्न आउन नसकेर लक्ष्यअनुसार उत्पादन गर्न सकेनौं ।

यो कम्पनीले कस्ता कस्ता वस्तुको उत्पादन गरिरहेको छ ?

कोरोनाकै लागि भनेर अहिले हामीले हर्बल सेनिटाइजर उत्पादन गरिरहेका छौं । तर हाम्रो यो कम्पनीको म्याण्डेडचाहिँ जडीबुटीसँग सम्बन्धित कुनै पनि उत्पादन साबुन भयो भने हर्बल साबुन, टुथपेष्ट भयो भने हर्बल टुथपेष्ट, सेनिटाइजर भयो भने हर्बल सेनिटाइजर उत्पादन गर्ने म्याण्डेट छ । तर यसपालिचाहिँ हर्बल सेनिटाइजर जुन डब्लूचएओको गाइडलाइनअनुसार ८० प्रतिशत अल्कोहललगायत अरू सुगन्धित तेलहरू मिसाएर बजारमा पठाएका छौं । जसको माग र सप्लाई सन्तोषजनक रूपमा भइरहेको छ । अहिले हामीले हर्बल सेनिटाइजर विभिन्न प्याकमा बजारमा ल्याएका छौं । अहिलेचाहिँ ३० एमएलको प्याकमा ल्याएका छौं, जसलाई मानिसहरूले खल्तीमा राखेर हिडडुल गर्दा उपयोग गर्न सकून् भनेर सहजताका लागि यो उत्पादन गरेका छौं भने अफिसियल प्रयोजनको लागि भनेर कार्यालयमा राख्ने गरीका सय, दुईसय र पाँच सय एमएल र रिफिलर प्याक भनेर ५ लिटरको प्याकमा बजारमा ल्याएका छौं ।

हर्बलसँग सम्बन्धित अन्य औषधि के के छन् त ?

धरै प्रयोग हुने सञ्चो, रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि सञ्चो सिलाजी, भिक्षको काम गर्ने सञ्चो बाम, हिमालय मसाज तेल जस्लाई पेण्डिलिक भन्छ । यिनै ५ प्रकारका औषधि र औषधिजन्य वस्तुको उत्पादन अहिले बजारमा गइरहेको छ ।

कोरोना महामारी यस्तो छ, यसैको लागि भनेरचाहिँ कुनै औषधिजन्य उत्पादन बजारमा ल्याउनुभएको छैन ?

कोरोनाको त अहिले औषधि नै यही हो भनेर आधिकारिक रूपमा कहीँबाट सर्टिफाई भएकै छैन । चीन, रूस, अमेरिकाले कोरोना रोग नियन्त्रणको भ्याक्सिन बनाएको प्रचार भए पनि आधिकारिक रूपमा त यही औषधि हो भन्ने त पत्ता लागेको छैन । त्यसैले हामीले पनि कोरोनाको औषधि यही हो भनेर बेच्ने कुरा त भएन तर यसमा एन्टिभाइरल प्रोपर्टी भएको हुनाले र ८० प्रतिशत अल्कोहल भयो भने त्यसले चाहिँ कोरोनालगायत अन्य भाइरस मार्छ भनेर विश्व स्वास्थ्य संगठनले भनेको हुनाले हामीले त्यहि मान्यताका आधारमा विश्व स्वास्थ्य संठनको भनाईलाई मानेर त्यतिनै अल्कोहल सहित अन्य सुगन्धित तेलहरूको समिश्रणसहितको सेनिटाइजर बनाएका हौं । र त्यसले कोरोनाको संक्रमण रोक्न सहयोग पुग्छ भनेर त्यो प्रयोग गर्नु राम्रो हो भनिएको हो । तर, कोरोना रोगकै औषधिचाहिँ सेनिटाइजर, सञ्चो, सञ्चो बामलगायत हामीले उत्पादन गरेका हर्बल औषधिहरू होइनन् । तर सामान्य रूपमा टाउको दुःखदा, ज्वरो, रूघा, खोकी लाग्दा शरीर दुःखदा यसको प्रयोगले फाइदा गर्छ भाइरसहरू मार्छ भनिएको हो । त्यसो हुँदा कोरोना लागेका बिरामका लागि पनि यी औषधिहरू लाभदायक छन् ।

कोरोना महामारीले यति आक्रान्त पारेको नेपाली समाजलाई सहज हुने गरी कोरोना भाइरस सर्न रोक्ने सेनिटाइजरलगायत औषधिजन्य नेपाली वस्तुको उत्पादन नै प्रयोग गरौँ यसैले भाइरस मार्छ, रोक सर्न दिँदैन, बाहिरको औषधिभन्दा हाम्रै देशको उत्पादन राम्रो छ भनेर जनतालाई विश्वस्त पार्न सक्नुभएको छैन, औषधिदेखि साबुन र सेनिटाइजरसम्म विदेशी नै प्रयोग गर्छन् नेपालीहरूले ?

विदेशबाट यति धेरै औषधि आयात भइरहेको बेला र कोरोनाको कहरमा सञ्चोलगायत सेनिटाइजरको माग बढी भइरहेको बेला विदेशी होइन अब स्वदेशी आयुर्वेदिक औषधिहरू उपयोग गरौँ, स्वदेशी जडीबुटीहरू उपयोग गरौँ भनेर जनतालाई म्यासेज दिएर

विदेशी औषधिको आयात घटाउने सुअवसरको उपयोग गर्न तपाईंहरू किन चुक्नुभयो नि भनेर मैले भनेँ भने त्यो ठीक हुन्छ कि बेठीक ?

ठीक हुन्छ । कुरा पनि यो सही हो तर यो कम्पनी नेपाल सरकारको पूर्ण स्वामित्वको भएकोले सरकारले हामीलाई जे गर्ने अधिकार दिएको छ, त्यतिमात्र गर्ने हो, त्यसभन्दा पर जान मिल्दैन । सरकारले हामीलाई भनेको काम गरेका छौं । यति हो हामीले धेरै गर्ने, राम्रो गर्ने, गुणात्मक गर्ने, बजारको मागअनुसार गर्ने हो । त्यसमा हाम्रो लक्ष्य थियो १ करोड उत्पादन गर्ने तर कामदारको उपलब्धताकोे कमीले त्यसमा हामी पुग्न सकेनौं । त्यसैले हामीले हाम्रो देशमा भएको कच्चा औषधिजन्य कच्चा जडीबुटीलाई संकलन गरेर प्रशोधन गरेर बढीभन्दा बढी जनताको सेवामा पु¥याउने हो, मागबमोजिम पु¥याउने हो, त्यो स्रोत साधनले भ्याएसम्म हाम्रो क्षमताअनुसार हामीले गरिरहेका छौं । अब विश्व बजारमा अरबौंको माग छ तर हाम्रो उत्पादन गर्ने क्षमता छैन भने त्यो हामीबाट उपलब्ध गराउन सम्भव छैन । त्यसैले हामीलाई जे आदेश छ, त्यही गर्ने हो, जे जति स्रोत साधन छ, त्यसलाई उपयोग गर्ने हो । त्यसभन्दा बाहिर जान सकिन्न । उदाहरणको लागि अहिले हामीले उत्पादन गरेको सञ्चो भारत,चीनबाट १ अरब चाहियो भन्ने माग आयो भने त्यो दिन हामी सक्दैनौं किनकी त्यति धेरै उत्पादन हुने, गर्न सक्ने हाम्रो उत्पादन नै छैन, क्यापासिटी नै छैन । यो त भन्नेवित्तिकै भइहाल्ने कुरा गरिहाल्नसक्ने कुरा त होइन । त्यसैले हामीले प्रचारप्रसार गर्ने, बजारीकरण गर्ने हाम्रो जिम्मेवारी र कार्यक्षेत्र होइन ।

यो कम्पनीको उत्पादनमध्ये कुन कुन उत्पादनको माग बढी छ ?

हामीले बजारबाट कत्तिको माग आउँछ त्यसलाई हेरेर मागअनुसारको उत्पादन गर्न सकिन्छ, सकिन्न, कति उत्पादन गर्ने भन्ने बारेमा हाम्रो यो कम्पनीको वन मन्त्रालयअन्तर्गतको बोर्ड छ, त्यसमा हामी छलफल गर्छौं र बजारको आवश्यकताअनुसार डिमाण्डकर्तासँग सम्झौता गर्छौं र उत्पादन गर्छौं । अहिले हामीले यो वर्ष १ करोड उत्पादन गर्ने लक्ष्य लिएका थियौं तर त्यसमा हामी सफल भएनौं । माग त मुलुकमा ३ करोड त हाम्रो जनसंख्या नै छ । एक एकवटा दिँदा पनि ३ करोड चाहिन्छ । त्यसमाथि अन्य मुलुकमा पनि जान्छ । माग त धेरै छ तर हामीले सोचे जति उत्पादन गर्न सकिरहेका छैनांै ।

यो कम्पनी कसरी चलेको छ ?

यो सरकारी कम्पनी भएको हुनाले यसको आफ्नै भूमि,आफनै घर आफ्नै मेसिनरी औजारहरू र आफ्नै बचत पूँजी छ, आफ्नै मानव स्रोत छ । अर्थात यसको आफ्नै स्रोत साधन छ । तर यसलाई यसको क्षमताअनुसार, यसको उद्देश्यअनुसार परिचालन गर्न यसभन्दा अगाडिको नेतृत्वले सकेको देखिँदैन तर म यहाँ आएपछि यसको पूर्ण क्षमतामा सञ्चालन भइरहेको छ । अहिले कोरोनाको कारणले हामीले चाहे जति उत्पादन गर्न नसके पनि कोरोना महामारीको अन्त्यसँगै यसको पूर्ण क्षमतालाई उपयोगमा हामी ल्याई छाड्ने छौं । त्यसका लागि हामीले तत्कालीन दीर्घकालीन योजना बनाइरहेका छौं ।

यसको संस्थागत संरचनाचाहिँ कस्तो छ नि ?

यो कम्पनीको मुख्य तालुकदार वा नियमक निकाय नेपाल सरकारको वन तथा वातावरण मन्त्रालय हो । त्यसको मातहतमा यसका अन्य वन पैदावार, कृषि विकास बैंक, नेपाल औषधि लिमिटेडलगायत अन्य सेयरधनीहरू हुन्छन् । यसको एउटा बोर्ड छ, त्यसमा अर्थ मन्त्रालयको पनि संलग्नता हुन्छ । वन मन्त्रालय यसको सञ्चालक प्रमुख हुन्छ । यो कार्यालयका महाप्रबन्धक बोर्डका सदस्य सचिव हुन्छन् ।

तपाईंहरूले कृषकलाई यस्तो जडीबुटी यसरी लगाऔं, यस्तो ठाउँमा लगाऔं हामी किनिदिन्छौं, यस्तो नाफा हुन्छ भनेर उनीहरूलाई प्रोत्साहित किन गर्न सक्नुभएको छैन ?

मैले माथि पनि भनिसकेँ कि हामी शुद्ध व्यापारिक संस्था हांै, सरकारले हामीलाई ऐन नियम बनाएर अधिकार तोकिदिएर यस्तो गर्नु, यति गर्नु भनेर स्पष्ट भनेको छ । त्यसैले हामी कसैलाई पनि यस्तो गर, उस्तो गर, यहाँ गर, उहाँ गर, यसरी गर, उसरी गर भन्दैनौं, हामीलाई भन्ने अर्थोरिटी पनि हुँदैन, त्यस्तो हाम्रो कार्यक्षेत्र पनि हुँदैन, त्यो हाम्रो पाटो पनि होइन । कृषकलाई के गर्ने के नगर्ने, के दिने, के नदिने, कुन ठाउँमा के उत्पादन गर्न कसरी दिने, के उत्पादन गर्न लगाउने त्यो सरकारको विषय हो, सरकारको पाटो हो । हाम्रो रोलचाहिँ के हो भने हामी उत्पादन गर्छौं र बेच्छौं । यत्ति हो हाम्रो काम । हामीलाई हाम्रो प्रोडक्ट सुहाउने, आवश्यक पर्ने कच्चापदार्थ हामीसँग यति छ लिइदिनुप¥यो भनेर किसानले त्यो उत्पादन दियो भने हामी उनीहरूलाई धेरैभन्दा धेरै फाइदा दिएर उनीहरूको उत्पादन खरिद गरिदिन्छौं । बस् हाम्रो काम यत्ति हो तर, हामी बजारीकरण गर्दैनौं । जस्तो उदाहरणको लागि सरकारले कृषकलाई टिमुर लगाउन प्रोत्साहित ग¥यो र कृषकले टिमुरको उत्पादन ग¥यो भने त्यो उत्पादन अर्थात कृषकले लगाएको टिमुर हामी उचित मूल्य दिएर किनिदिन्छौं । त्यस्तै तेजपात,मेन्थालगायत अन्य धेरै जडीबुटीहरू छन् । तर तपाईंले भनेजस्तै यसरी कृषकलाई हित हुने गरी कसैले सोचिदिएका छैनन्, सरकारले पनि सोचिदिएको छैन, किसानलाई प्रोत्साहित हुनेगरी कृषि कर्ममा लगाउन सकेकै छैन । त्यसैले कृषकहरू मर्कामा परेका छन् । यो विडम्बनाको विषय हो ।

मैले माथि पनि भनिसकेँ कि हामी शुद्ध व्यापारिक संस्था हांै, सरकारले हामीलाई ऐन नियम बनाएर अधिकार तोकिदिएर यस्तो गर्नु, यति गर्नु भनेर स्पष्ट भनेको छ । त्यसैले हामी कसैलाई पनि यस्तो गर, उस्तो गर, यहाँ गर, उहाँ गर, यसरी गर, उसरी गर भन्दैनौं, हामीलाई भन्ने अर्थोरिटी पनि हुँदैन, त्यस्तो हाम्रो कार्यक्षेत्र पनि हुँदैन, त्यो हाम्रो पाटो पनि होइन । कृषकलाई के गर्ने के नगर्ने, के दिने, के नदिने, कुन ठाउँमा के उत्पादन गर्न कसरी दिने, के उत्पादन गर्न लगाउने त्यो सरकारको विषय हो, सरकारको पाटो हो । हाम्रो रोलचाहिँ के हो भने हामी उत्पादन गर्छौं र बेच्छौं । यत्ति हो हाम्रो काम । हामीलाई हाम्रो प्रोडक्ट सुहाउने, आवश्यक पर्ने कच्चापदार्थ हामीसँग यति छ लिइदिनुप¥यो भनेर किसानले त्यो उत्पादन दियो भने हामी उनीहरूलाई धेरैभन्दा धेरै फाइदा दिएर उनीहरूको उत्पादन खरिद गरिदिन्छौं । बस् हाम्रो काम यत्ति हो तर, हामी बजारीकरण गर्दैनौं । जस्तो उदाहरणको लागि सरकारले कृषकलाई टिमुर लगाउन प्रोत्साहित ग¥यो र कृषकले टिमुरको उत्पादन ग¥यो भने त्यो उत्पादन अर्थात कृषकले लगाएको टिमुर हामी उचित मूल्य दिएर किनिदिन्छौं । त्यस्तै तेजपात,मेन्थालगायत अन्य धेरै जडीबुटीहरू छन् । तर तपाईंले भनेजस्तै यसरी कृषकलाई हित हुने गरी कसैले सोचिदिएका छैनन्, सरकारले पनि सोचिदिएको छैन, किसानलाई प्रोत्साहित हुनेगरी कृषि कर्ममा लगाउन सकेकै छैन । त्यसैले कृषकहरू मर्कामा परेका छन् । यो विडम्बनाको विषय हो ।


हेर्दै नहेरेको त होइन तर जसरी हेर्नु पर्ने हो त्यसरी हेर्न सकेको छैन । अर्थात कृषकलाई फाइदा पुग्ने गरी स्रोत साधन, प्रविधि, मल बीउ, औजार, सिँचाइको उचित प्रबन्ध आदि इत्यादि कुराको परिपूर्ति हुन सकिरहेको छैन । चाहिँदो रूपमा सरकारी अनुदान दिन सकिरहेको छैन, जसले गर्दा साँच्चिकै किसानहरू मर्कामा परेका छन्, कृषिकर्मको मूल्याङकन हुन सकिरहेको छैन र कृषि पेसा आकर्षणको पेसा पनि बन्न सकिरहेको छैन । कृषिप्रधान देशका लागि यो दुःखको कुरा पनि हो ।

तपाईंलाई काम गर्न समस्या के के छन् ?

पहिलो कुरा त हाम्रो मुलुकको कुन कुन ठाउँमा कस्तो कस्तो जडीबुटी छ, कति परिणाममा छ, के के छ, त्यसलाई कसरी संरक्षण गर्न सकिन्छ, कुन कुन महँगो छ, कुन जडीबुटी हुने छ, कुुन अन्य कामको लागि हुने छ, भनेर यकिन निक्र्यौल गर्नुपर्छ र यो यो जडीबुटी हामी यति औषधिको लागि यति अन्य उपयोगको लागि दिन्छौं भनेर सरकारले डेटा दिनु पर्छ । त्यसो नगरीकन कसैले पनि लगानी गर्दैन । नेपाल सरकारले त्यसको अनुसन्धान र रेकर्डचाहिँ गर्नुपर्छ त्यसो गरेपछि मार्केटिङ गर्न सहज हुन्छ । हुन त सरकारका पनि आफ्नै लिमिटेसन छन्, त्यसैले गाह्रो पनि भएको होला तर जेजस्तो समस्या छ त्यो फुकाएर पनि सरकारले यो काम गर्नै पर्छ । किनकी आफ्नै किसिमले खेती गर्ने, मनलाग्दी जंगलमा गएर जडीबुटीको चोरी निकासी गर्ने, मनलाग्दी जडीबुटीको उत्पादन गर्ने र बजार नपाउनेजस्ता समस्याले समेत कृषकलाई सताएको छ भने यस्ता कुराले अन्तर्राष्ट्रिय बजारमा हाम्रा उत्पादन प्रतिस्पर्धी बन्न नसक्ने खालका हुने कतिपय त अन्तर्राष्ट्रिय बजारमा जानै नसक्ने जस्ता समस्याले हाम्रो अवस्था कमजोर बन्दै गएको छ । नेपालमा ३ हजारभन्दा बढी जडीबुटी छन्, ८ सयभन्दा बढी जडीबुटी त रेकर्डमा आइसकेका छन् । यसमा २ सय जति व्यावसायिक प्रयोजनमा आएका छन् । त्यसमध्ये हामीले चाहिँ १३ वटालाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं । तर यहाँ समस्या कहाँ हो भने कृषकले जडीबुटी उत्पादन गरेको बिक्री गर्न सकेका छैन, जानेको छैन, ठाउँ पाएको छैन, कतिपयलाई जडीबुटी प्रशोधन केन्द्र यहाँ छ, यसले हाम्रो उत्पादन लिइदिन्छ भन्ने जानेका छैनन्, जडीबुटी त्यसै कुहिएर खेर गइरहेको छ । जसले गर्दा कृषको मेहनत त्यसै खेर गइरहेको छ । त्यसैले सरकारले नेपाली किसानको उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा जान पाउने गरी प्रोत्साहन गर्नुपर्छ । त्यसका लागि अन्तर्राष्ट्रिय बजारमा हाम्रा वस्तु बिक्री गर्न एउटा छुट्टै निकायको एकदमै आवश्यकता छ । जसले नेपालमा उत्पादित वस्तुको विदेशबाट डिमाण्ड ल्याओस् र नेपाली वस्तुको त्यहाँ बिक्री गरोस् । त्यसो भयो भने हाम्रा कृषकहरू समृद्ध हुन्छन् । यसबाहेक पूँजीजको अभाव छ, मेनपावरको अभाव छ कतिपय ऐन कानुनको समस्या छ, हाम्रो आफ्नै बजार छैन,बजारमा कसरी जाने त्यो पनि समस्या नै छ । हाम्रा उत्पादनहरूलाई गुणस्तरीय बनाउनु पर्ने छ,प्रतिस्पर्धी बनाउनु पर्ने छ, सार्वजनिक खरिद ऐनहरू पनि चुनौतीपूर्ण छन्, किसानको हितमा हुने खालको खरिद ऐन छैन, त्यसलाई बदल्नु पर्ने छ, जुन हामीले प्रधानमन्त्री कार्यालयमा दिएका छौं । हामीलाई आशा छ त्यो स्वीकृत भएर आउँछ भन्ने । सरकारले तीनखम्बे अर्थनीति भनेको छ, सरकार, पब्लिक प्राइभेट पाटनरसिपको कुरा गरेको छ तर भनाइ एकातिर छ गराइ अर्कोतिर छ । अर्थात यो कुरा भाषणमा मात्र सीमित छ । हामीलाई आवश्यकक पर्ने टेक्नोलोजी हामीसँग छैन, यसका लागि त हामीले प्राइभेटसँग मिल्नु प¥यो तर हामीलाई त्यसो गर्न कतिपय ऐन, कानुन र कार्यविधिले बाँधेको छ । जसले गर्दा न हामी टेक्नोलोजी ल्याउन सक्छौं न सरकारले नै ल्याइदिन्छ । दुवै हुँदैन, यस्तो भएपछि त उत्पादनमा समस्या भयो । त्यसैले यस्तोमा स्पष्ट नीति ल्याउनु पर्छ । त्यसमा ढिलाइ भइरहेको छ । यस्ता समस्या छन् । तर चुनौती भए पनि हामी सामना गर्दै अगाडि बढ्ने छौं ।

यसका लागि नीतिको पनि त समस्या होला नि ?

छ, नीतिको समस्या छ, ऐनको समस्या छ, कार्यान्वयनको समस्या छ, अध्ययन अनुसन्धानको कमि छ । पुजिँको समस्या छ, त्यसमा सरकारको पनि कमी कमजोरी छ, निजी क्षेत्रको पनि कमी कमजोरी छ । यसलाई दुवैले सच्याएर कृषकका लागि संवेदनशील भएर जानु पर्छ ।

तपाईं आफ्नो कामप्रति कत्तिको सन्तुष्ट हुनु हुन्छ ?

सन्तुष्ट छु, मलाई सरकारको पनि सहयोग नै छ, मेरो कर्मचारी साथीहरूको पनि सहयोग नै छ, सञ्चालक समिति अर्थात बोर्डको पनि सहयोग नै पाएको छु । जसले गर्दा अरूभन्दा पृथक र बढी क्षमताका साथ उत्पादन गरिरहेको छु । त्यसैले म मेरो काममा र कार्यालयको टिमको काममा पूर्ण सन्तुष्ट छु ।