पत्रकारप्रति मन्त्री गम्भिर


काठमाडौ । नब नियुत्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले क्लिन फिडलगायत मिडिया क्षेत्रका समस्याहबारे सरकार गम्भिर रहेको र आगामि कात्तिक ७ गतेबाट क्लिड फिड लागू गरिने जानकारी दिनुभएको छ ।

नेपाल मिडिया सोसाइटीसँगको एक विशेष अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गुरुङले क्लिन फिडलगायत मिडिया सम्बन्धि विधेयक, विज्ञापन ऐन लगायत नियमनकारी सबैखाले नीति, विधान र कार्यविधिहरुलाई व्यवस्थित गर्दै लगिने बताउनुभएको हो । मन्त्री गुरुङले समृद्ध नेपाल र सुखी नेपालीको निर्माणमा सरकार र मिडिया हातेमालो गरेर सँगसँगै अघि बढ्नुपर्ने र मिडियालाई सरकारको सदैव प्रतिपक्ष हो धन्ने धारणा विकास गर्दै लानु सकारात्मक नभएको बताउनुभयको छ ।

पछिल्लो समय कोरोना महामारीले व्यवसायिक, औद्योगिक र आर्थिक क्षेत्रलाई तहसनहस बनाइरहेको अवस्थामा मिडिया क्षेत्रमा पनि देखा परिरहेका समस्याहरुलाई सहकार्य र सम्झौतामार्फत सरकारले अघि बढाउदै लाने विषयलाई आफुले गम्भिरताकासाथ लिन बताउनुभयको थियो । मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले विज्ञापन ऐन २०७६ लागू भइसकेको अवस्थामा सञ्चार क्षेत्रका नीति तथा नियम कार्यान्वयनमा जोड दिइनुपर्ने बताउनुभयको थियो । वर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री सुक्ष्म अध्ययनबाट अघि बढ्ने भएकोले गर्दा पनि आगामी दिनमा सञ्चार क्षेत्रका समस्याहरुलाई समाधान गर्ने विषयमा आफू आशावादी रहेको बताउँदै मिडियालाई सिक्ने र राष्ट्र विकासको माध्यम बनाउनुपर्ने बताउनुभएको थियो ।