जनताकाप्रति जिम्मेवार साँसद


काठमाडौ । कोरोना संक्रमणले मुलुको अर्थतन्त्र जर्जर जनता संकटमा भएका बेला सांसदहरुलाई सरकारले बैंक खातामा तलब बराबरको ८४ हजार भत्ता दशैं खर्च बापत हाली दिएको समाचार बाहिरिएसँगै जनता सरकार र साँसदप्रति आक्रोसित बनेका छन । सिटामोल खान नपाएका भोका नाङ्गा जनताको करबाट जनताका प्रतिनिधि भनिएका सांसदलाई दशै खर्च दिएको सुन्दा सबै चकित भएको प्रतिक्रृया बाहिर आईरहेको छ ।
साँसदको यसरी बिरोध हुन थालेपछि कतिपय नैतिकवान साँसदले भत्ता फिर्ताको अभियान नै थालेका छन भने कतिपय साँसदहरुले जनताको हितकालागि भन्दै आफु नजिकका कार्यकर्तालाई बाँडन थालेका छन । यसरी रकम फिर्ता गर्ने साँसदहरुमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, भिम रावल, गगन थापा,बालकृष्ण खाँड, नारायणकाजि श्रष्ठ,देबेन्द्र पौडेल,सूर्य पाठक, जनार्दन शर्मा छन ।अध्यक्ष तिमिल्सिनाले आफूले पाउने र सचिवालय सदस्यले पाउने दशैं भत्ता संसद सचिवालयमा गएर फिर्ता गरेका छन भने जनार्दन शर्माले भेन्टिलेटरमा रहेका कोरोना संक्रमित पूर्वजनमुक्ति सेना नरेन्द्र बोहोरालाई सहयोग गरेका छन ।
त्यसैगरी नेता नारायणकाजी श्रेष्ठले दशैं भत्ता मात्र हैन, तलब नै नलिने सांसद हुन भने देवेन्द्र पौडेल आफूले पाएको दशैं भत्ता बाढी पीडितलाई हस्तान्तरण गर्ने घोषणा गरेका छन । सूर्य पाठकस्ले आफुले पाएको दशै भत्ता सरकारी कोषमा दाखिला गरेका छन भने प्रभाब साली नेता एवं पुर्ब मन्त्री भीम रावलले दशैभत्ता वापतको रकम फिर्ता गरेका छन । उनले संघीय संसद सचिवालयलाई आइतबार एकपत्र लेख्दै आफूले प्राप्त गरेको दसैँ भत्ता फिर्ता हुने व्यवस्था गर्न आग्रह गर्दै आफ्नो खातामा जम्मा भइसकेको रकम फिर्ता लिन संघीय संसद सचिवालयलाई कठिनाइ हुने भए भत्ता वापतको रकम चेक लिएर वा आफ्नो आगामी महिनाको पारिश्रमिकबाट सो रकम कट्टा गर्न बा जे सजिलो हुन्छ त्यहि गरेर आफुलाई जानकारी दिन अनुरोध गरेका छन ।
त्यसैगरी साँसद गगनकुमार थापाले संघीय संसद सचिवालयमै गएर दशैं खर्च वापतको भत्ता रकम फिर्ता गरेका छन भने बालकृष्ण खाँणले जनहितमा उपयोग गर्न भत्ता फिर्ता गरेका छन ।