हत्याराको पहिचाहन हुँदै


काठमाडौ । हालै कैलालीको मोहना नदी क्षेत्रमा भएको प्रहरी सहायक निरीक्षक गोविन्द विकको हत्या प्रकरणमा प्रहरीले ११ जना शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्यस क्षेत्रबाट सामान तस्करीमा संलग्न रहने गरेका व्यक्ति र विकसँग असन्तुष्ट समूह छन । अनुसन्धान प्रारम्भिक चरणमा रहेकाले पक्राउ पर्नेको नाम नखुलाइएको प्रहरीले बताएको छ । मृतक विकको शव हेर्दा धारिलो हतियार प्रहार गरेर हत्या भएको देखिएको छ भने विस्तृत पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै खुल्ने बताइएको छ । मृतक विकसँगै गत शनिबार साँझ बा ५८ प ५२८४ नम्बरको मोटरसाइकलमा गस्तीका लागि निस्किएका प्रहरी रामबहादुर साउद अझै बेपत्ता छन । उनको खोजिकोलागि नदीमा सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालित गरीएको छ । यो घटनामा भारतिय अपराधि समुहको हात हुन सक्ने स्थानिय बासिले बताएका छन ।