१२ को परिक्षा आयो


काठमाडौ । कोरोना संक्रमणका कारण रोकिएको कक्षा १२ को परिक्षा आउने मंसिर ९ गतेबाट संचालन हुने भएको छ । राष्टिय परिक्षा बोर्डले हिजो बुधबार परीक्षा सम्बन्धी समय तालिका सार्वजनिक गरेको छ । बिहान ८ बजेदेखि साढे ९ बजेसम्म परीक्षा संचालन हुने भएको छ । वैशाख ८ गतेदेखि संचालन हुनुपर्ने परीक्षा कोरोना संक्रमणका कारण स्थगित गरिएको थियो । स्वास्थ्य मापदण्ड र सामाजिक दुरी कायम गरेर परीक्षा संचालन गरिने बोर्डले जानकारी दिएको छ । बिदाका दिन शनिबार पनि परीक्षा संचालन गरेर मंसिर १६ गते सक्ने जनाएको छ ।