रानिपोखरी बन्यो


काठमाडौ । गत २०७२ साल वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर सहित हिजो उद्घाटन गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्दिर उद्घाटन गर्नुभएको हो । मन्दिर र रानीपोखरीका संरचना पुनःनिर्माणका लागि राष्ट्रपति भण्डारीबाट नै २०७२ माघ २ गते शिलान्यास गरिएको थियो । दुवै संरचना पुनःनिर्माणमा रु २८ करोड खर्च भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । पोखरी उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले रानीपोखरी, खुलामञ्च र टुँडिखेललाई समेत समावेश गरी प्राधिकरणले बनाएको बृहत्तर गुरुयोजना जनप्रतिनिधिको समेत सहयोग लिएर कार्यान्वयन गरिनुपर्नेमा जोड दिनुभयको थियो । रानीपोखरीसँगैको भानु मावि र संस्कृत माविसमेत पुरानै स्वरुपमा पुनःनिर्माण भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले सामुदायिक विद्यालयतर्फ उत्कृष्ट शैक्षिक संस्थाका रुपमा यसको ऐतिहासिक स्थान रहेको बताउनुभएको थियो । समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत मन्त्रिहरु र विशिष्ट ब्यत्तित्वहरुको उपस्थिति रहेको थियो ।