कोरोनाको नयाँ रेकर्ड


काठमाडौ । नेपालमा कोरोना संक्रमणले नयाँ रेकर्ड कामय गरेको छ । हिजो एकैदिन कोरोना संक्रमितको संख्या ५ हजार ७४३ जनामा फैलिएको छ । जुन नेपालकालागि नयाँ रेकर्ड हो । देशभरका प्रयोगशालामा २० हजार ७४२ नमुना परीक्षण गर्दा २७ दशमलव ६८ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये ३ हजार १ सय ७ जना काठमाडौं उपत्यकाका छन । नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या एक लाख ४४ हजार आठ सय ७२ पुगेको छ । संक्रमितमध्ये ९९ हजार ६ सय पाँच जना निको भइसकेका छन भने सात सय ९१ जनाको मृत्यु भइसकेका छन । त्यसैगरी विश्वमा आज बिहानसम्ममा ४ करोड १४ लाख ६२ हजार ३६ जना संक्रमित भएका छन भने ११ लाख ३५ हजार ६ सय ९७ जनाले ज्यान गुमाइसकेका छन । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा संक्रमितको संख्या ८५ लाख ८४ हजार नाघेको छ भने भातरमा ७७ लाख पाँच हजार नाघेको छ ।