गुणस्तरीय र प्रभाबकारी उत्पादनमा बिउको भुमिका


सुसिला थापा
लमजुड.कृर्षि क्याम्पस

भूमिका

नेपाली अर्थतन्त्रको प्रमुख क्षेत्र कृर्षि हो । यसले कुल जनसंख्याको ६६ प्रतिशत रोजगारीको अवसर प्रदान गर्दछ भने यस्को कुल ग्राहस्थ उत्पादनमा करिब ३३ प्रतिशत योगदान छ । त्यसैले, सुदृढ राष्ट्रिय अर्थतन्त्र विकासकालागि कृषि क्षेत्रको महत्वपूर्ण भुमिका हुन्छ । कृर्षिको आधुनिकीकरण र विकासकालागि समय सापेक्ष गुणस्तरीय बिउ र प्रबिधिको महत्वपूर्ण स्थान रहेको छ । जुन सरल र कम लागतमा कृषकले पाउन सकुन । कुनै पनि अन्न बालि, तरकारी, फलफुल वा पशुपालन ब्यबसायबाट राम्रो उत्पादन र उत्पादकत्व बृद्धिमा गुणस्तरीय विउको महत्वपूर्ण भुमिका हुन्छ । कृर्षि अनुसन्धानले प्रमाणीत गरे अनुसार उत्पादनसँग सम्बन्धित अन्य बिधिको प्रयोग नगरेपनि गुणस्तरीय विउको प्रयोगले कम्तीमा २० प्रतिसत उत्पादन बृद्धि गर्न सकिने जनाएको छ । त्यसैले विउ त्यस्तो बस्तु हो, जसको अभाबमा यो ब्रमाण्डमा रहेका जिब र बनस्पतिको अस्तीत्व सम्भब छैन । अर्थात विउ सिड त्यस्तो बस्तु हो जसले एउटा गेडाबाट असंख्य गेडामा बृद्धि भै पृथ्विमा रहेका जिब र बनस्पतिको प्राण जोगाउन सम्भब छ । त्यतिमात्र होइन बिउले नै जल र स्थलको इकोसिस्टम प्रणालीलाई सन्तुलित र जिबन्त राख्न सक्छ । बिउ बिजन बिना हामी पृथ्विमा रहेका कुनैपनि प्राणीको जिबन सम्भब छैन । त्यसैले त बुढापाकाहरुको कहावत पनि छ कि हुलमुलमा जिउ जोगाउनु, अनिकालमा बिउ जोगाउनु भन्ने । मानिस, अन्न, बालि, तरकारी, फलफुल या पशुजन्य कुनै पनि प्राणीको अस्तीत्व रक्षाकालागि बीउको आबाश्यक पर्छ । बिउ बच्यो भने उसले आफ्नो अस्तीत्व रक्षा गर्न बढन, उन्नति प्रगति गर्न सक्छ । यसर्थ यस्तो अमुल्य सम्पदाको रुपमा रहेको बिउ विजनको सुरक्षा र संरक्षण गर्नु हामी सबैको दायित्व हो । कृषकहरुले आ आफ्नो खेति बारीमा बिभिन्न प्रकारका बिउहरुको उत्पादनसँगै बालिहरुको खेति गरी उत्पादन गर्ने काम गर्दछन । तर उचित बिउ र प्रबिधिको संयोजन भएन भने फसल राम्रो हुन सक्दैन । त्यसैले बिउको संरक्षण, यसको उपचार पद्यति र भण्डारणमा बहुतै ध्यान पुर्याउनुपर्दछ । यसकालागि उन्नत प्रबिधिको अबलम्बन प्रमुख पाटो रहन्छ । यसर्थ बिउको जातिय शुद्धता र भौतिक शुद्धता, बीउको जिबितपन, उमारशत्ति,चिस्यान,ओजस,यसको तौल, आकार, प्रकार, र बिउको चमकपन कामय राख्न सकियमा सबै प्रकारको उत्पादनमा बढवा ल्याउन र बिउको आयु बढाउन सकिन्छ ।

बीउको उपचार र भण्डारण

कुनैपनि अन्नबाली उत्पादनकालागि बीउको महत्वपूर्ण भुमिका हुने कुरा त हामीले माथि नै उल्लेख गरी सक्यौ । तर बिउ संरक्षणकोलागि भण्डारणको पनि त्यतिकै महत्व हुन्छ । त्यसैले बिउको गुणस्तर कामय राख्न वाली राम्ररी पाकिसकेपछि साबधानि पुर्बक बीउको कटानी र चुटानीमा ध्यान दिनुपर्छ । त्यसैले जुनसुकै बीउलाई भण्डारण गर्नु अघि ४ दिन सम्म घाममा बीउलाई सुकाउनुपर्छ र बीउको भण्डारण गर्ने कोठाको सरसफाई एवं बीउ राख्ने भाडोको उचित ब्यबस्थापन गर्नुपर्छ । यि सबै प्रकृयाहरु पुरा भएपछि मात्रै बीउलाई भण्डारण कोठामा लगि भण्डारण गर्नुपर्छ । साथै बीउ भण्डारण कोठा उज्यालो र हावा ओहोर दोहोर हुन सक्ने हुनुपर्छ । यसरी भण्डारण गरीएको बीउमा उमारशत्ति प्रयाप्त हुनुपर्छ र यसको नियमित निरीक्षण गरीरहनुपर्छ । साथै बीउमा चिस्यानको मात्रा घटबढ के भैरहेको छ, त्यसको पनि नियमित निरीक्षण गरीरहनुपर्छ । बीउको चिस्यान मात्रा बढेको पाइएमा घाममा पून सुकाई चिस्यानलाई सन्तुलित बनाउनुपर्छ । त्यसकालागि आफुसँग त्यसको ज्ञान छैन भने सम्बन्धित कृर्षि बिशषज्ञको परामर्स लिएर बीउको उपचार राम्रोसँग गराउनुपर्छ । किनकि बीउको चिस्यान प्रकृति बाली अनुसार फरक फरक हुनेभएकोले त्यसतर्फ पनि सचेत हुनुपर्छ । अन्नबालीलाई १३ प्रतिसत चिस्यान कायम राख्नुपर्छ भने तरकारी र तेलहन बालीलाई ७ र ९ प्रतिसत कायम राख्नु राम्रो हुन्छ । वा यसकालागि सम्बन्धित कृर्षि बिशषज्ञको परामर्स लिएर बीउको चिस्यान कामय राख्नु राम्रो हुन्छ । किनकि यसो गरीएन र बीउको चिस्यानमा ध्यानदिईएन भने बीउमा रोग किराले संक्रमण गर्ने हुनसक्छ । यदि रोगी बीउ बिजन लगाउन गएमा बाली नउम्रन, मर्ने, रोग किराले खाने भै बाली उत्पादनमा प्रतिकुल असर पर्छ । त्यसो भएमा किसानको लागत र मेहनत खेर गै ठुलो क्षेति हुनसक्छ । त्यतिमात्रै होइन बीउको आयु नै घटन सक्छ । त्यसैले यसबाट जोगाउन र उत्पादन बढाउन बीउको उचित संरक्षण, संबद्र्धन, गुणस्तर र भण्डारणमा ध्यानदिन जरुरी छ । कतिपय बीउलाई सहजै उमार्न सकिन्छ भने कतिपयलाई अन्य जातबाट पनि क्रस गरेर उत्पादन गर्न सकिन्छ तर यसकालागि सम्बन्धित बिशषज्ञको सहयोग आबाश्यक पर्छ । यसतर्फ भने किसान आँफै जागरुक बन्नु आबाश्यक छ ।