काँग्रेसको बैठक स्थगित


काठमाडौ । पटक पटक बिघटनको संघारमा पुगेको नेपाली कांग्रेसले फेरी आकस्मिक केन्द्रीय समिति बैठक बोलाएको छ । प्रतिनिधिसभा सांसदसमेत रहेका पार्टीका आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधन भएपछि काँग्रेसले केन्द्रीय समिति बैठक बोलाएको हो । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको हो । आज बस्ने केन्द्रीय समिति बैठकले शोक प्रस्ताव पारित गर्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयको छ । कांग्रेसले आज दिउँसो १ बजेकालागि पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकसमेत राखेको थियो । केसीको निधनका कारण बैठक नबस्ने भएको कांग्रेसले जनाएको छ । ६३ बर्षिया केसीको गए राति पोखरास्थित घरमा निधन भएको थियो । उहाँ लामो समयदेखि मधुमेह र प्रेसर रोगबाट पीडित हुनुहुन्थ्यो ।