नेकपा आज वारपारको बिन्दुमा


काठमाडौ, कार्तिक २५ । लामो समयदेखि किचलो खेप्दै आएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपामा आज किचलोेको फैसला हुनेदेखिएको छ । यो किचलोले समाधानको रुप लेला वा पिरलोको रुपमा अगाडि बढला त्यो भने निश्चित छैन । त्यसको पनि छिनोफानो आजै हुने देखिन्छ । आज नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड सहित गत सुक्रबार धुम्बराहिमा अनोपचारीक बैठकमा सभागि पाँच बरिष्ठ नेता माधब नेपाल, झलनाथ खनाल, बामदेब गौतम र नारायणकाजि श्रेष्ठ सहभागि हुनुहुने छ ।

निक्कै पहिलेदेखि पार्टीको सचिवालय बैठक राख्न आग्रह गर्दै आउनुभएका पाँच शीर्ष नेताले आज बेलुकासम्म बैठकका लागि प्रधानमन्त्री तयार नभए औपचारिक बैठक बस्ने तयारी गरेका छन । प्रधामन्त्रीलाई बैठकका लागि आइतबार र सोमबार लगातार आग्रह गरेका नेताहरुले ओलीले त्यतातर्फको कुनै संकेत नगरेपछि औपचारिक बैठक बस्ने योजना बनाएका हुन । नेकपाका एक नेताका अनुसार शुक्रबार धुम्बाराहीको अनौपचारिक बैठकपछि शनिबार लिखित अनुरोधपत्र बुझाएका नेताहरुको अनुरोध प्रधानमन्त्री ओली आज साँझसम्म पनि सुन्नेदेखिन्न । बैठकका लागि नेताहरुले ओलीबाट गरेका अपेक्षा पूरा हुने संकेत नदेखिएपछि बैठकको तयारी गरिएको देखिन्छ । कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीका चार नेतासँगको छलफलमा आजसम्म औपचारिक बैठक तोक्ने विषयमा पर्खिँदा उपयुक्त हुने तर संकेत सकारात्मक नआए औपचारीक बैठक बस्नेबारे परामर्श गर्नुभएको छ ।

पार्टीभित्रको राजनीति झन झन पेचिलो बन्दै गएपछि अध्यक्ष प्रचण्ड सहितका नेताहरुले यस्तो कदम उठाएको एक नेताले बताएका छन । प्रधानमन्त्री ओलीले भने पार्टीको विधानअनुसार नै बैठक बस्ने भन्दै महासचिव विष्णु पौडेलमार्फत अध्यक्ष प्रचण्डलाई हिजो सन्देश पठाइसकेका छन । पौडेलले प्रधानमन्त्रीले विधानअनुसार बैठक बोलाउन निर्देशन दिनुभएकोले १५ दिनभित्र सचिवालय बैठक बस्न सक्ने प्रचण्डलाई जानकारी गराउनु भएको छ । तर, प्रचण्डले भने प्रधानमन्त्री ओली पार्टी विधान, पद्धति मात्र नभई आफूसहितका नेताहरूको मानमर्दनमा झरेकाले आजसम्म पनि बैठक नबोलाए आफैले बैठक बोलाउने बताएका छन् ।