पानी आउने भो काठमाडौमा


काठमाडौ । मेलम्ची खानेपानी आयोजनाको पहिलो चरण पूरा भएपछि त्यसबाट काठमाडौं आउने पानी वितरणका लागि थोक वितरण प्रणाली र वितरण सञ्जाल तयार भएको छ ।
मेलम्ची खानेपानीको १७ करोड लिटर पानी आपूर्ति गर्न सकिने गरी थोक वितरण प्रणाली र वितरण सञ्जाल बीडीएस तयार भएको हो । काठमाडौं उपत्यका खानेपानी सुधार आयोजनाअन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालय ९पीआईडी० ले एक हजार एक सय २५ किलोमिटर वितरण सञ्जाल सुधार गरिसकेको छ भने ७६ किलोमिटर थोक वितरण प्रणाली पनि सम्पन्न गरेको हो । मङ्सिर दोस्रो सातादेखि मेलम्ची खोलाको पानी सुरुङमा पथान्तरण गरिने भएको छ । यो दोस्रो पथान्तरण हुनेछ । यसअघि गत असारमा पथान्तरण गर्दा एक्कासि प्रवेशद्वार गेट खुलेर दुर्घटना भएपछि पुनः गेट जडान गरी पानी पथान्तरण गर्न लागिएको खानेपानी मन्त्रालयले जनाएको छ । पानी पथान्तरण गरिएको पानी सुन्दरीजलमा आइपुग्न दुई महिना लाग्नेछ ।


सुरुङमा चारवटा गेटको फ्रेम परिवर्तन गरी जडानको काम भइरहेको छ । सुरुङ फिनसिङको काम सकिएको र हेडवर्कसको काम भने भइरहेको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिनुभयो । हाललाई अस्थायी डाइभर्सनबाट सुरुङमा पानी पथान्तरण गरिने छ र सोही अस्थायी डाइभर्सनबाटै सुन्दरीजलमा पानी ल्याइने छ । हाल अम्बाथान र ग्याल्थुमको गेट जडान भइरहेको छ । पथान्तरणका क्रममा अम्बाथानको गेट भत्किएपछि चारवटै गेटको पुनः निर्माण गर्नु परेकाले पानी आउन ढिलाइ भएको हो । सुरुङ परीक्षण र हेडवक्र्सको काम भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।