हार्दिक श्रद्धाञ्जली


नामः धनबहादुर खड्का

जन्म बि.सं. १९९६/११/४
मृत्यु २०७७/७/३०


भाका, भूल, दया, क्षमा र ममता, सन्तोष जान्दैन त्यो,
इन्द्रै बिन्ति गरुन झुकेर पदमा, त्यो बिन्ति मान्दैन त्यो,
थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैन त्यो,
खाता जाँची सबै दुरुस्त नबुझी बिर्सेर हान्दैन त्यो ।
राजा रङ्क सबै समान उसका वैषम्य गर्दैन त्यो,
आयो टप्प टिप्यो, लग्यो, मिति पुग्यो टारेर र्टर्दैन त्यो ।

खोटाड. जिल्ला साबिक छितापोखरी गाबिस बडा नं ३ हाल दिप्रूड. चुईचुम्मा गाउँपालिका बडा नं ६ दिहुँ निवासी स्व. गरुढध्वज खड्का र माता कल्लुमायाँ खड्काको कोखबाट बिसं १९९६ ११,४ मा स्व. धनबहादुर खड्का जन्मनुभएको थियो । ९ महिनाकै उमेरमा मात्वृबियोगमा परेपछि आफ्नै ठुली फुपु बिष्णुमायाँ थापाको स्याहार सुशार र मायाँ ममतामा हुर्की ११ बर्ष पश्चात आफ्नै घरमागै १८ बर्षको उमेरमा भारत सरकारको शैनिक सेवामा भर्ना हुनुभएका उहाँ सुबेदार सम्मको जिम्मेवारी कुसलतापूर्बक निर्बाहा गरी सेवा निबृत्त हुनुभएको थियो । बसाई सराईको क्रममा मोरड्को रमाईलोझोडा, ईटहरी हुँदै हाल भत्तपुरको बोडेमा रहनुभएका अग्रज काकाकासाथै अति प्रीय र मिलनसार बालसखाको रुपमा रहनुभएका हाम्रा अति नजिकका मावली नातेदार काका, हजुरबुवाको यहि कार्तिक ३० गते राति ८ बजे सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा नश्वर शरीर छोडी महायात्राकासाथ भगवानमा लिनहुनुभएको छ । उहाँ लामो समयदेखि रक्तचाप रोगबाट पिडित हुनुहुन्थ्यो ।

जीबनमा सुखदुखका थुप्रै आरोह, अबरोह, उकाली, ओराली,भन्ज्याड. चौतारी गर्दै श्रीमति बालकुमारी, छोराहरु पबन, स्व. जीबन,दिपक र छोरी शान्ता खड्कालाई जन्मदिई हाल २ बुहारी जेठी जुनु, कान्छि लक्ष्मि, नाति, नातिनीहरु क्रमशः पुजन, प्रज्वल, पुनम, सुमन, दिलदया, दिवानस खड्का र छोरी ज्वाई खेम बिष्ट, नातिनि ज्वाई रोजेस केसीसहितको अनुकरणीय र प्रेणादायि परिवार छोडी महायात्रामा जानुभएकोमा हामी अत्यन्तै मर्माहत भएका छौ । दुखको यस घडिमा आज छैटौ पुन्यतिथिमा उहाँको आत्माले शान्ति पाबस, उहाँको उत्तम लोकमा बास होस भनि हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ । साथै सपरीवारमा परेको पिडा धैरेधारण गर्ने शक्ति भगवान पशुपतिनाथले प्रदान गरुन भनि प्राथना सहित यहि समवेदना प्रकट गर्दछौ ।

समवेदना प्रकट गर्ने परिवारका तर्फबाट स्व. बिष्णुमायाँ थापाको समस्त परीवारको प्रतिनिधिन्व गर्ने नातिहरु हरीबहादुर थापा उदयपुर बेल्टार, मकरबहादुर थापा मोरड. ईटहरी र पनाति टीबी विरही थापा भक्तपुर ।