जहाजमा भेटेको पढ्ने अवसर नपाएको छोरा


कोमल पौडेल


काठमाण्डौबाट फिन्ल्याण्ड आउन जहाज चढे । मेरो सीटको छेउमा एक युवक बसिरहेका थिए। मेरो हेण्ड लगेज माथि राख्न स्वतह स्फुर्त सहगोग गरे। वैटिङ रुममा कलिला युवाहरु मलीन अनुहार लिएर घरमा फोन गरिरहेका कसैका आखा राता राता भएर रसाईरहेका कसैले केही चिन्ता गर्न पर्दैन आमा म पुगेर फोन गर्छु भन्दै गरेका, कसैले श्रीमतीलाई सम्झाईरहेका सुनेर देखेर मन भारी भएको थियो र कामना गरिरहेकी थिए यी प्यारा छोराछोरीको यात्रा सफल होस् जीवन सुरक्षित र सहज होस् कसैले दुरुपयोग, शोषण र अपमान नगरोस् । पक्षेपात, हिंसा, अपमान र यातना को गंध पनि भोग्न नपरोस्। क्षमता अनुसारको काम जहा गरेपनि फरक पर्दैन संसार देख्ने र वुझ्ने मौका मिलेको छ तर मानवीय व्यवहार गर्ने समाज होस्। यिनिहरुका विवशता र बाध्यतालाई बुझेर मानवताको कदर गर्ने समाज होस्। परिवारले दिने मायाबाट बन्चित भए पनि जहा पुगेपनि सुरक्षित र सहज जीवन होस् भन्दै कामना गरिरहेकी थिए। सुकेका ओठ लिएर फोनमा व्यस्त वावु नानीहरुका कुरा र अनुहारले मेरो मनमा चोट. पुगेको थियो मुटु भरिएको थियो। कोही अति नै कम उमेरका देखिन्थे गन्तव्य कहा होला? जीवन कस्तो होला? कस्ता मानिसको समीपमा पुग्लान् ? जस्ता प्रश्न उठिरहेका थिए र कामना गरिरहेकी थिए देश, धर्म, आकृति, रङ्ग, राजनीति आस्था र अन्य क्षमता भन्दा माथि उठेर मानवताको रक्षा र सम्मान गर्ने समाजमा पुगून्। कसैको यातना र अपमान सहन नपरोस् अध्ययन र क्षमता अनुसारको परिश्रम गरी सकुसल आफ्नो प्यारो परिवारमा समयमा फर्कन पाऊन्। यस्तै सोच्दै जहाजमा पसे । जहाज दुवई को लागि उठ्दै थियो । दुवईमा ४ घण्टा वसेपछि म हेल्सिन्की उठ्न थियो। मेरो झ्यालतिरको सीट थियो । बीचमा एक युवक बसेका थिए। मैले हेण्ड लगेज यसो उठाएर माथि राख्न खोजे उनी जुरुक्क उठेर म राखिदिन्छु आन्टी भन्दै राखिदिए मानौ ऊनी चिन परिचित आफन्त नै हुन जस्तो गरी। जहाज केही ढीला गरी उठ्यो। नेपालको कार्य शैली, प्रणाली र राजनीतिक अस्थिर्ताबारे कुरा भयो। ऊनी अध्ययनको लागि कतै जादैछन भन्ने मलाई लागेको थियो । अति शिष्ट स्वभावका ती युवकले भने पढ्ने ठूलो चाहना थियो तर पाईन। नौ बर्ष भयो दुवईमा सुपरभाईजरको काम गर्छु। सानो उमेरमै काममा लाग्न बाध्य भए किनकी वावाले ममीलाई निकै दुःख दिनुभयो रक्सी खाएर कुट्ने पिट्ने गरेकोले म ५ बर्षको हुदा सम्वन्ध विच्छेद गर्नु पर्यो। ममीले निकै परिश्रम गरेर हामीलाई हुर्काउनु भयो। बाबाले अर्को विवाह गर्नु भएको छ। ममीले पनि अर्को विवाह गरेको भए हामी सडकमा हुने थियौ। ममीको माया र त्यागले १० कक्षासम्म पढे अनि कमाउन हिडे । हामी तीन जनाको भविश्यको लागि ममीले एक्लै निकै दुःख गर्नु पर्यो। बाबाको माया र सहयोग केही पाउन सकिएन । सन्तान जन्माएपछि जिम्मेवार नहुने धोकेवाज र मुर्खहरुले समाजमा कष्ट निम्त्याईरहेकाछन् भन्ने लाग्यो। पढ्ने क्षमता र चाहना हुदाहुदै अध्ययनको अवसरबाट बन्चित त्यो अनुशासित युवकलाई देखेर मेरो भारी भएको मुटुमा फेरी थप ढुङ्गा थपिएको अनुभूत गरे। अर्का छेउमा बस्ने युवक मलेसीयाबाट फर्किएर वहराईन शीशा कम्पनीमा काम गर्न गएका थिय ।