आइरेफ पि.एच.डी सेन्टरको प्रोफाईल


पिएचडि उपाधिमा अब्बल संस्था

परिचय

इनोभेसन, रिसर्च एन्ड एजुकेसन फाउन्डेसन (आइरेफ) नामको यो पि.एच.डी सेन्टर काठमाडौंको नयाँ बानेश्वरमा छ । यो स्थापना भएको चार वर्ष पुगेको छ । पि.एच.डी तहको अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई थेसिस गाइड र विद्यावारिधी लिनको लागि सहजीकरण गर्ने यसको मुल काम हो जुन काम यो संस्थाले आजसम्म सबल र आकर्षक रुपमा गरीरहेको छ ।

उद्देश्य

१.     पि.एच.डीको आवश्यक ट्युसनहरु पढाउने, स्वदेश तथा विदेशका विश्वविद्यालयमा लगेर नेपाली पि.एच.डीका विद्यार्थी भर्ना गराउने, थेसिस लेखनमा सहयोग गर्ने, सुपरभाइजरहरु खोजी दिने लगायतको यसको उद्देश्य हो । यस बाहेक एमफिल र मास्टर्स लेबलमा कुनै समस्या परेर अड्किएका विद्यार्थीलाई पनि यो सेन्टरले आवश्यक सहयोग गर्दछ ।

२.     विभिन्न विषयका प्राध्यापक, परामर्शदाता र अनुसन्धाताहरु आबद्ध यो सेन्टरले प्राज्ञिक तथा स्थलगत अध्ययन अनुसन्धानका कामहरु पनि गर्दै आएको छ ।

संरचना

यो संस्थाको संस्थागत टिम निक्कै अब्बल छ । जसमा अध्यक्ष डाक्टर बालचन्द्र मिश्र हुनुहुन्छ । उहाँ नेपाल पि.एच.डी. एशोसियशनका पूर्व अध्यक्ष तथा कर्मचारी प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) जाउलाखेलका पूर्व कार्यकारी निर्देशक, लेखक, पत्रकार, प्रशासनविद, ट्रेनर र साहित्यकारको रुपमा पनि परिचित हुनुहुन्छ । २०४८ सालदेखि कलेजहरुमा पढाउदै आउनुभएका उहाले हाल त्रिवि भक्तपुर बहुमुखी क्याम्पसका मास्टर्स लेवलका विद्यार्थीलाई अनुसन्धान विधि अध्यापन तथा सिक्किमको विनायक मिसन युनिभर्सिटीका राजनीतिशास्त्रमा विद्यावारिधि गरिरहेका विद्यार्थीका लागि सोध सुपरभाइजरको रुपमा पनि काम गरिरहनुभएको छ ।

यो संस्थाका अर्का एकेडेमिक डाइरेक्टर डाक्टर विनोद नेपाल हुनुहुन्छ जो सूनकोशी क्याम्पसको पूर्व क्याम्पसचिफ तथा अनुसन्धान पद्दती विषयको बहुचर्चित प्रशिक्षक हुनुहुन्छ । उहाहरु बाहेक अरु बौद्धिक र ब्यबसायिक पेशामा संलग्न संचालकहरुको पनि योगदानमा यो संस्था अघि बढिरहेको छ ।

आइरेफ पीिएचडी सेन्टरका सल्लाहकारहरु प्रा.डा कृष्णबहादुर थापा, (विश्वविद्यालय अनुदान आयोगका पूर्व अध्यक्ष), प्रा.डा मुकेश चालिसे, (वन्यजन्तु विशेषज्ञ), प्रा.डा दामोदर ज्ञवाली, (त्रि.वि. पूर्व डिन), डाक्टर रोस्नाल वीन जैनल अवदिन, (मलेशिएन विश्वविद्यालयको पूर्व उपकूलपति) हुनुहुन्छ ।

आवद्धता

विभिन्न विदेशी विश्वविद्यालयहरुसँग यसको आवद्धता रहेको छ जसमा भारत पन्जाबको डाक्टर केएन मोदी विश्वविद्यालय र सिटी विश्वविद्यालय तथा मलेशियाको साइवरजाया विश्वविद्यालय, इन्फास्टक्चर विश्वविद्यालय क्वालालम्पुरबाट यो सेन्टरमा आबद्ध विद्यार्थीहरुले पीएचडी गरिरहेका छन् । यस बाहेक यो सेन्टरको सहजीकरणमा थाइल्यान्ड र चीनमा अध्ययन गर्ने विद्यार्थीहरुको टोली पनि तयार रहेको छ ।

यो सेन्टरले नेपालका विभिन्न विश्वविद्यालयमा विद्यावरिधि तहमा आफै भर्ना भएर पढिरहेका वा सो तहमा भर्ना हुने चाहने विद्यार्थीहरुको लागि पूर्व तयारी कक्षाहरु पनि नियमित रुपमा संचालन गर्दै आएको छ । स्वदेश तथा विदेशका विभिन्न विश्वविद्यालयमा पढिरहेका विद्यार्थीहरुलाई पि.एच.डी गर्न सहजीकरण गर्ने बाहेक रेस्क्यु प्याकेज पनि यो सेन्टरले संचालनमा भएको जसमा कुनै विश्वविद्यालयमा पि.एच.डी गर्ने क्रममा विभिन्न कारणले अलपत्र परेका वा तनाबमा रहेका विद्यार्थीलाई त्यसको गाँठो फुकाइ आवश्यक सहयोग र सहजीकरण गर्दै उपाधि लिन सहयोग गर्ने काम पनि गर्ने गरेको छ ।

उपलब्ध सेवा

यस पि.एच.डी. सेन्टरमा पि.एच.डीका नियमित कक्षाहरु हरेक शुक्रवार र शनिवार भौतिक तथा अनलाइन विधि वा मिश्रित विधि मार्फत संचालन भइरहेको छ । कम्प्यूटर कक्षाहरु, डिजिटल तथा भौतिक लाइब्रेरी, रिसर्च आर्टिकल लेखाउने कक्षाहरु संचालन तथा विभिन्न प्रतिष्ठित जर्नलमा ती बौद्धिक लेखहरु प्रकाशित गराउने काम पनि संगसंगै भइरहेको छ ।

पि.एच.डी खर्च कति लाग्छ ?

धेरै सरलदेखि महँगा पि.एच.डी सेन्टरहरु देश विदेशमा छन् । सस्तोमा पाँच लाख देखि महँगोमा सत्र लाखसम्म लाग्ने पि.एच.डी सेन्टरहरु काठमाडौमा रहेको सुनिएको सन्दर्भमा यस सेन्टरमा आवद्ध विद्यार्थीले संबन्धित विश्वविद्यालयको फि बाहेक नेपाली तीन लाख रुपैयामा पि.एच.डीको भर्ना तयारी देखि उपाधी ग्रहण गर्ने दिनसम्मको सम्पूर्ण प्रकृयाहरु पुरा गर्न सकिने अवस्था रहेको छ । त्यो तीन लाख पनि पाँचवटा किस्तामा गरेर तिर्न सकिने सुविधा यो सेन्टरमा छ । भर्ना सहजीकरण, कम्तिमा ५० वटा डेढ घन्टे ट्युसन कक्षाहरु, पुस्तकालय सुविधा, रिसर्च आर्टिकल लेखन कक्षा, फोटोकपी र स्टेसनरी सुविधा र भौतिक कक्षाहरुमा खाजा तथा खाना सहित सम्पूर्ण खर्च यसै तीन लाखभित्र सक्नेगरी सेवा प्रदान गरिन्छ । भर्ना तयारीदेखि विद्यावारिधि अवार्डडेड् नहुन्जेलसम्मको सबै प्रकृया त्यति मात्रै खर्चमा यो सेन्टरमा पुरा हुन्छ ।

त्यस बाहेक यात्रामा जाँदा आफूले प्रयोग गर्ने साधनको तत्कालिन भाडादर अनुसारको थप खर्च र संबन्धित विश्वविद्यालयको छात्रावास प्रयोग गर्दा तोकिएको न्युनतम शुल्क विद्यार्थीले छुट्टै ब्यहोर्नुपर्छ ।

समय कति लाग्छ ?

पि.एच.डीको प्रपोजल बुझाउनु अगाडि विद्यार्थीले चार¬, छ महिनाको तयारी गर्नुपर्छ । प्रपोजल डिफेन्ड गरेर स्थायी भर्ना हुनु अघि पनि अस्थायी भर्ना भएर टपीक सेलेक्सन, सुपरभाइजर तय, सैद्धान्तिक कक्षाहरु र परीक्षाको कामहरु भइरहन्छ । प्रपोजल बुझाएपछि छिटोमा तीन वर्ष, ढीलोमा पाँच वर्ष सम्ममा पि.एच.डीको सम्पूर्ण काम सकिसक्नुपर्छ ।

पीएचडी प्रकृयामा सुरुमा इन्ट्रान्स परीक्षा हुन्छ । त्यसपछि आफ्नो प्रपोजलको सारांश बुझाउनु पर्छ । त्यसपछि सम्बन्धित विश्वविद्यालयको कोर्सवर्क कक्षाहरु हुन्छन् र त्यसको परीक्षा दिनुपर्छ । अनि परिमार्जित प्रपोजल बुझाउने र स्थायी भर्ना गर्ने काम त्यसमा हुन्छ । त्यसपछि थेसिस लेखनको काम शुरु हुन्छ । रिसर्च आर्टिकलहरु लेख्ने र प्रकाशित गर्ने काम पनि संगैसंगै अघि बढ्छ । अन्त्यमा प्रि भाइवा र भाइवा प्रकृयाबाट विद्यावारिधिको उपाधि हासिल गर्ने अन्तिम काम संपन्न हुन्छ । 

जटिलता

पीएचडी तहको अध्ययन भनेको एउटा सानो शीर्षकमा गहिरिएर लाग्ने काम भएकोले खासै जटिल हुँदैन । इच्छाशक्ति हुनेलाई मास्टर डिग्रीभन्दा यो सजिलो हुन्छ । गाइड र सुपरभाइजरले यसका जटिलता र विद्यार्थीको अलमलहरुमा सबै जिम्मा लिएर सिकाउँछन् । उनीहरुले एकदमै जिम्मेवारीपूर्वक सहयोग गर्छन् । संबन्धित विद्यार्थीको नियमित पेशा, पारिवारिक जिम्मेवारी र सामाजिक उत्तरदायित्वका बावजुद यो उपाधि लिनुपर्ने भएकोले उपलब्ध समयको प्रभावकारी ब्यबस्थापन तथा सदुपयोगमा चाँही असाध्यै गंभीर हुनुपर्छ । पहिले सुरुमा चार, छ महिना बढी समय दिनुपर्छ भने अन्तिम वर्षतिर प्रि भाइबा र भाइवामा छ महिनाजति बढी समय आवश्यक पर्छ । बीचको अवधिमा दैनिक दुई तीन घन्टा नछुटाइकन अध्ययनमा लगाउदा पीएचडी सक्न खासै कठीन हुदैन । त्यति समय निकाल्न सक्दा यो उपाधि लिने काम सहजै सम्पन्न गर्न सकिन्छ ।

पूर्व साहित्य समीक्षा

कतिपयले महत्वकांक्षी सोच राखेर नयाँ विषयहरु लिन्छन् तर त्यो विषयको अनुसन्धानमूलक सामाग्री अर्थात् रिभ्यू गर्नुपर्ने सामाग्री नपाएर समस्यामा पर्छन् । लिट्रेचर रिभ्यूका लागि सामाग्री नपाइने यसको मूख्य समस्या हो । अर्को समस्या भनेको आफूले रोजेको विषयसँग सम्बन्धित गाईड, सुपरभाइजर वा विज्ञ व्यक्तित्व पाउन नसक्ने अवस्थाले समस्या बनाइदिन्छ ।

समाधान के त ?

काठमाडौंमा यस्ता पीएचडी गराउने अरु संस्था वा ठाउँहरु पनि छन् भन्ने सुनिन्छ तर यो सेन्टरको विशेषता के हो भने यसको नेतृत्व टिम नेपाल विद्यावारधि (पि.एच.डी. एशोसियसन) को नेतृत्वदायी पदहरुमा एक दशक भन्दा बढी काम गरेको अनुभव र संपर्क संजालले युक्त भएकोले विद्यावारिधि गर्न चाहने विद्यार्थीका लागि शोध निर्देशकको अभावको पुर्ति त्यो संजालका विज्ञ डाक्टरसाहेबहरुबाट गराउन सकिने अवसर रहेको छ ।

यस सेन्टरको अध्यक्षले कर्मचारी प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) मा पाँच वर्ष कार्यकारी निर्देशक पदमा रहँदा पनि. उच्च तहका प्राध्यापक डाक्टर प्रशिक्षकहरुबाट क्लासहरु संचालनका लागि त्यो संजालको सहयोग लिएर संस्थालाई सफल र देशव्यापी प्रभाव विस्तार गर्न सफल भएको अनुभव र इतिहास छ । त्यही कारणले पनि आइरेफ पीएचडी सेन्टरमा खासगरी विद्यावारिधि गर्न चाहने सरकारी कर्मचारीहरुको आकर्षण र विश्वास बढ्ता रहेको देखिन्छ । हाल यो सेन्टरको बानेश्वरमा संचालित विद्यावारिधिका नियमित कक्षा र सेमिनारहरुमा नेपाल पि.एच.डी. एशोसियसनमा आवद्ध डाक्टरहरुले नै सहयोग र योगदान दिइरहनुभएको छ । यसले गर्दा पनि पि.एच.डी गर्ने विद्यार्थीलाई उपाधि लिन सहज हुने अवस्था छ ।

पि.एच.डी गर्न यस संस्थामा कस्ता विद्यार्थी आउँछन् ?

सामुदायिक र निजी क्याम्पसका टिचरहरु, बैंक वित्तिय संस्था र कर्पोरेट हाउसका उच्च तहका कर्मचारी, वकिलहरु, राजनीतिक नेता कार्यकताहरु, पत्रकारहरु हाल यो सेन्टरको सम्पर्कमा रहेर विद्यावारिधिको तयारी गरिरहेका छन । यस बाहेक अन्य क्षेत्रका विद्यार्थी तथा अनुसन्धानकर्मीहरुलाई पनि यो सेन्टरले सेवा प्रदान गरिरहेको छ ।

अन्तवार्ता

डा. बालचन्द्र मिश्र

१, डा. साप, तपाईले पीएचडी कहिले र के विषयमा गर्नुभयो ?

मैले त्रिभूवन विश्वविद्यालयबाट २०६३ सालमा राजनीतिशास्त्र अन्तर्गत दक्षिण एसियाली मुलुकहरुमा समाजवादी पार्टीहरुको अवस्थाका वारेमा विद्यावारिधि गरेको हुँ । त्यसपछि म जस्तै विद्यावारिधि गरेका नयाँ र पुराना डा.सापहरुलाई संगठित गरेर समाज र राष्ट्रका लागि सामुहिक योगदान पु¥याउने संस्थागत अभियान अन्तगत स्थापना भएको नेपाल विद्यावारिधि संघको सचिब, महासचिब र अध्यक्ष जस्ता जिम्मेवार पदहरुमा रहेर १० वर्ष भन्दा बढी काम गरेको अनुभव पनि संगाल्ने अवशर पाएको छु ।

२, के उद्देश्यले तपाइहरुले यो संस्था स्थापना गर्नुभयो ?

मैले आफूले विद्यावारिधि गर्दा र म पछि पनि विद्यावारिधि गरिरहेका अरु साथीहरुलाई अध्ययनको क्रममा प्रकृयागत र अनुसन्धान पद्धतिगत साना साना कुराहरुमा पनि अन्यौल र अस्पष्टता भइ ठूलो तनाब बेहोरिरहनुपरेको अनुभव छ । त्यस्तो अवस्थामा समस्याको गाँठो फुकाइदिने गरी सहयोग गरिदिने कुनै संस्था वा बुद्धिजीवीहरुको समूह भइदिएको भइ कति गुन लाग्थ्यो होला भन्ने मलाई जहिले पनि लागिरह्यो । अहिले मैले आफ्नो रिटायर्ड लाइफलाई त्यही आवश्यकता पुरा गर्ने गरी काम गरिरहेको यो संस्थाको अध्यक्षको जिम्मेवारीमा रहेर सदुपयोग गरिरहेको छु ।

३, पीएचडीका विद्यार्थीहरुले अध्ययनका लागि समय ब्यबस्थापन गर्न कत्तिको सहज छ ?

तपाई हामीले पीएचडी वा कुनै विशेष काम गर्छु भन्दा दैनिक २४ घन्टाको समय तन्किएर २५ घन्टा हुँदैन । उपलब्ध २४ घन्टाभित्रै आफ्नो पेशा, पारिवारिक जिम्मेवारी र स्वास्थ्यलाई पनि अशर नगर्ने गरी गुणात्मक समय ब्यबस्थापन गर्ने हो । पढाइकै लागि घरबाट टाढा बसेका साथीहरुको पनि त्यो एक्लो जीवनको छटपटी र बेग्लै तनाबले पढाइमा ध्यान केन्द्रीत गर्न नसकिरहेको अवस्था मैले देखेको छु । तसर्थ आफ्ना अनिवार्य जिम्मेवारीहरुलाई सकेसम्म कम र हल्का बनाउदै उपलब्ध सानो भन्दा सानो समय पनि खेर नफालिकन अध्ययनकै उद्देश्यमा प्रयोग गर्न सकियो भने यसलाइ सजिलै पार लगाउन सकिन्छ । मेरो अनुभवले त्यही भन्छ ।

४, पीएचडी उपाधि प्राप्त भएपछिको तपाईको सन्तुष्टी र असन्तुष्टी के छ ?

मैले यो उपाधि लिएका कारण समाजले, राज्यले मलाई विशेष अवसर दिनुपर्छ भन्ने सोचियो भने काम छैन । तर, विद्यावारिधि तहको पढाइ सकिएपछि एक स्तरको आत्मसन्तुष्टी र गौरवबोध चाँही हुन्छ । संगसंगै, आफ्नो थेसिससंग संवन्धित विषयमा निरन्तर अपडेट भइरहने, कुनै विषयमा लेख्दा, बोल्दा विद्यावारिधि उपाधिको गरीमा नघटाउने गरी आफूलाई प्रस्तुत गर्ने जस्ता पक्षहरुमा राम्रो तयारी वा समय ब्यबस्थापन गर्न नसक्दा, नपाउँदा भने असन्तुष्टी र छटपटी भइरहन्छ । त्यस खाले असन्तुष्टीलाइ मैले आफ्नो अध्ययनशील जीवनका लागि सकारात्मक सामाजिक दवावको रुपमा बुझ्ने गरेको छु ।

५, विद्यावारिध गर्न चाहने आम विद्यार्थीहरुका लागि के भन्न चाहनुहुन्छ ?

जीवनमा असंभव केहि हुँदैन । विद्यावारिधि भनेको यो मान्छेले प्राज्ञिक अनुसन्धानका कामहरु गर्न सक्छ भनेर विश्वविद्यालयले दिने एउटा लाइसेन्स मात्र हो । लाइसेन्स प्रााप्त भएपछि पनि त्यो विषयमा थप कामहरुमा संलग्न भएर आफूलाई खार्दै लाने प्रकृया त जीवनभर नै चलिरहन्छ । त्यसैले मास्टर्स वा एमफील तहको पढाइ सकेका साथीहरुले आफ्नो रुची र अनुभवको विषयलाई छानेर विद्यावारिधि गर्ने तयारी गरौं । तपाईहरुलाई पाइला पाइलामा आउने समस्या र अलमलमा सहयोग गर्न हामी तयार छौं । यो ज्ञान सार्दै जाने प्रकृयामा भोली तपाइहरुले पनि नयाँ पुस्तालाई त्यसरी नै मद्दत गर्दै जानुपर्छ । बीचमा समस्याहरु आउलान् कि भनेर अहिले भर्ना गर्न नै ढीला गर्ने कुरा उचित होइन ।