मतपरिणामले दलको अहंकार तोडियो


काठमाडौं । गत वैशाख ३० गते देशभर ७ सय ५३ पालिकाका लागि निर्वाचन भएको थियो । जसको मतगणना अन्तिम चरणमा पुगेको छ । केही उपमहानगर, महानगर र पछि निर्वाचन सम्पन्न भएका बाहेकको मतपरिणाम समेत सार्वजनिक भैसकेको छ । जसमा काँग्रेस पहिलो, एमाले दोश्रो र माओबादी केन्द्र तेश्रो, जसपा चौथो र नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजबादी पाँचौ शक्ति बनेका छन । यो चुनावी परिणामले अब मुलुकको राजनीतिक समिकरण कसरी अगाडि जाला, भोलीको संघिय संसदका लागि कस्तो प्रभाव पर्ला भन्ने राजनीतिक बहस सुरु भएको छ ।

सम्भवत अबको केहि दिनमा सबै महानगरपालिका र पछि मतदान भएका पालिकाहरुको पनि नतिजा आइसक्ने छ । यद्यपि ६ वटा महानगरपालिकाको पनि मत परिणाम भने करिब करिब स्पष्ट भैसकेको छ । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाह, ललितपुर महानगरपालिकामा कांग्रेसका चिरिबाबु महर्जन, विराटनगर महानगरपालिकामा कांग्रेसका नागेश कोइराला, वीरगञ्ज महानगरपालिकामा जसपाका राजेशमान सिंह र भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी नेतृ रेणु दाहालले जित्ने करिब करिब निश्चित जस्तै भैसकेको छ । त्यहाँ उनीहरु निक्कै अगाडि छन् । तर काठमाडौ,भरतपुर र पोखरामा अझै मत गन्न निक्कै भएका कारण सत प्रतिसत ठोकुवा गर्न भने सकिने अवस्था छैन ।


यसपटकको निर्वाचनले पहिलो शत्ति दोश्रो र दोश्रो शक्ति पहिलो भएको छ भने तेश्रो शक्तिले पनि पहिले भन्दा आफ्नो शक्ति बढाएको छ । यो स्वभाविक हो र लोकतन्त्रको सुन्दर पक्ष पनि हो तर यसपटकको अस्वभाविक परिणाम भनेको स्वतन्त्र उम्मेद्धारले प्राप्त गरेको मत परिणाम । यसभन्दा अगाडीका निर्वाचनमा जनताले विकल्प नपाएर मात्रै पार्टीहरुलाई जता भन्यो त्यतै भोट हालेका रहेछन विकल्प भयो भने दललाई जनताले तिरस्कार गर्दारहेछन, पार्टी नेताका गतिविधि र आचरण ब्यवहारले जनता आजित भएका छन भन्ने कुराको सन्देश स्वतन्त्रले ल्याएको मतपरिणा र जितेको संख्याले प्रमाणित गरेको छ । यसभन्दा अगाडी दलका नेताहरुले जे जे गरे पनि जनताले टुलुटुलु हेर्ने तिनै दलका उम्मेद्धारलाई भोट नदिई नहुने अवस्था थियो र जनताले दिए पनि तर यसपटक भने त्यो सिन्डिकेट तोडिएको छ हाम्रो र खराब मान्छे पराजित भएको छ,राम्रो र जनताको हितमा काम गर्ने मान्छे जनताबाट अनुमोदित भएको छ । यो अहिलेको निर्वाचनले दिएको जर्बजस्त तर राम्रो सन्देश हो । यसले नेता मालिक, सर्वेसर्बा, जनता दास भन्ने जस्तो हिजोको अवस्थाको अन्त्य भएको छ । दलका मुख्य नेताको अहंकारबाट पिडित बनेर स्वतन्त्र उम्मेद्धार बनेका धेरै जना निर्वाचित भएका छन । यो भने दलिय प्रणाली र नेताहरुले गरेका खराब काम प्रतिको खतरनाक आक्रोस हो । जसलाई नेताहरुले बेलैमा बुझेनन् र सुध्रिएनन् भने उनीहरुले अझै धेरै क्षेति ब्यहोर्दै जानुपर्ने छ । अर्थात जनताको वास्ता नगर्ने अहंकारी दलको अस्तित्व समाप्त हुन हुन बेर लाग्दैन । अहिलेको निर्वाचनमा महानगरपालिकाकै प्रमुख पदमा स्वतन्त्र ब्यक्ति निर्वाचित हुनु अहंकारी नेताकालागि ठुलै चुनौती हो । यसले दलका नेताहरु निरंकुष बन्नबाट सचिनु पर्ने, आफ्ना खल्तिका मान्छेलाई मात्रै ठाउँ दिने कुरालाई करेक्सन गर्नुपर्ने जर्बजस्त सन्देश दिएको छ । त्यतिमात्र होइन यसले नयाँ जनप्रतिनिधिको परिक्षण हुने,मुलुकको शुसासन र समृद्धिलाई अगाडि बढाउन सहयोग पुग्ने छ । अहिलेको निर्वाचनको मुख्य सन्देश यहि हो । जुन अहिलेको नेपालको राजनीतिमा आबाश्यक पनि छ ।

अर्को कुरा खराब काम गरेका तर नेताको कृपा पाएर तिनैलाई पालिकामा दोहो¥याएर उम्मेद्वार बनाएका उम्मेद्धारहरु अपबाद बाहेक सबै हारेका छन । यसले जनताको हितमा काम गर्नेले मात्रै जनताको माँया पाउँदो रहेछ अन्यथा पतन नै हात पर्ने रहेछ भन्ने कुराको सन्देश पनि दिएको छ ।
यसपटकको स्थानीय निर्वाचनमा मतदाताहरूले पार्टी होइन व्यक्तिलाई मूल्यांकन गरेर भोट दिएको देखिएको छ । कमजोर संगठन भएको पार्टीले पनि राम्रो उम्मेदवार दिएका कारण चुनाव जितेको देखिएको छ । बलियो संगठन भएको पार्टीले कमजोर उम्मेदवार खडा गरेका कारण चुनाव हारेको देखिएको छ भने त्यहाँ स्वतन्त्र उम्मेदवारले ठुला पार्टीका उम्मेद्धारलाई समेत हराएका छन । उदाहरणकोलागि काठमाडौं महानगरपालिका बनेको छ । जहाँ स्वतन्त्र उम्मेद्धार बालेनले निक्कै फराकिलो अग्रताकासाथ जित निकाल्ने भएका छन । अर्को कुरा पोखरा जस्तो महत्वपुर्ण महानगरपालिकामा जित्ने अवस्थामा पुग्नु र हेटौँडाजस्तो महत्वपुर्ण उपमहानगरपालिकामा जित निकाल्नु भर्खरै गठन भएको एकीकृत समाजवादीका उम्मेदवारहरूकोलागि महत्वपुर्ण उपलब्धि हो । अहिले धेरै ठाउँमा स्वतन्त्रले जित निकाल्नु भनेको दलहरूप्रति जनताको आक्रोस र वितृष्णा हो भन्ने कुरामा दुई मत छैन । यसलाई भने दलका नेताले हेक्का राख्र्नै पर्छ । नत्र पतनका दिन सुरुहुनेछन ।
अर्को कुरा पहिले खराब काम गरेका तर पार्टी नेताको कृपाले फेरी टिकट ल्याएर दोस्रो कार्यकालमा लागि उम्मेदवार बनेका मध्ये अधिकांशलाई जनताले पराजित गरिदिएका छन् भने राम्रो काम गर्नेलाई पुनः जिताएका छन । यो अर्को सुन्दर पक्ष हो । यसले खराब काम गर्ने दण्डित र राम्रो काम गर्ने पुरस्कृत हुन परिपाटीको विकास भएको छ ।


राष्ट्रिय राजनीतिमा प्रभाव


यसपटकको स्थानीय निर्वाचनको परिणामले राष्ट्रिय राजनीतिमा समेत प्रभाब पर्ने देखिएको छ । किनकी मुलुकमा अहिले पाँचदलिय गठबन्धनको सरकार छ । यो पाँच दलिय गठबन्धनले मुलुकका धेरै ठाउँमा कार्यगत एकता गरेका थिए । तर यसमा सबैले इमान्दारीताकासाथ मतदान नगर्दा कसैले बढि लाभ लिन कसैले लाभै लिन नपाउने अवस्थाको सृजना भएको छ । यस सन्दर्भमा एकीकृत समाजबादी र संघिय समाजबादीका मुख्य नेताहरुले असन्तुष्टि जाहेर गरेका छन । यहि गठबन्धनको बलमा काँग्रेस र माओबादी केन्द्रले उत्साहा पुर्ण परिणाम हात पारे तर इमान्दारीतापुर्बक सबैलाई मत नहाल्दा अन्य पार्टीहरुले भने सोचे जस्तो परिणाम हात पार्न सकेनन् । यसले गठबन्धनमा समस्या ल्याउने खतरा बढेर गएको छ । यो राम्रो कुरा होइन । अर्को कुरा स्थानीय निर्वाचनको परिणामले संघीय सरकारमा पनि प्रभाव पार्छ । खासगरी राष्ट्रपति तथा उपराष्ट्रपति पद कुन पार्टीले हात पार्लान् ? संवैधानिक अंगका नियुक्तिहरूमा कुन पार्टीको हात माथि होला ? भन्ने कुराको संकेत स्थानीयतह निर्वाचनको परिणामले गर्छ । यसैगरी आसन्न स्थानीय निर्वाचनको अर्को महत्वपुर्ण पक्ष भनेको जिल्ला समन्वय समिति गठन हो । पालिका प्रमुख र उपप्रमुख जिल्ला समन्वय समितिका मतदाता हुन् । एक्लै जिल्ला समन्वय समिति गठन गर्न सक्ने अवस्थामा कांग्रेस, एमाले र माओवादी केन्द्रबाहेक अरू पार्टी छैन् । तर, कतिपय जिल्लामा अरू पार्टीहरूको मत पनि निर्णायक हुन्छ । यसले गर्दा नि भोली गठबन्धन दलहरुमा किचलो आउने सम्भावना देखिन्छ ।


बजेटको चटारो


सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० को नीति, कार्यक्रम र बजेटमा अधिकांश साना आयोजनालाई प्रदेश र स्थानीय तहमा पठाउने तयारी गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा विनियोजन विधेयक २०७९ को सिद्धान्त र प्राथमिकताको छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिँदै कम लगानीका आयोजनाको कार्यान्वयन प्रदेश र स्थानीय तहलाई दिने बताएका थिए ।