स्थानीय तहको दोस्रो निर्वाचनमा मेरो अनुभूति


पुण्य प्रसाद ढकाल

संघीय लोकतान्त्रिक गणतान्त्रक शासन प्रणाली अपनाएको हाम्रो मुलुकले नेपालको संवधिान २०७२ अन्तर्गत यो लेख तयार गर्दासम्म स्थानीय तह सदस्य पदका लागि दोश्रो पटक बैशाख ३०, २०७९ मा भएको ७५१ स्थानको निर्वाचन परिणाम प्राप्त भइसकेको छ । स्थानीय तहका पालिका प्रमुख र अध्यक्षबाट सम्बन्धित जिल्लाका प्रमुख निर्वाचन अधिकृत एवम् जिल्ला न्यायधिशहरुबाट शपथ ग्रहण गरि (आफ्ना पालिका उपप्रमुख, उपाध्यक्ष, वार्ड अध्यक्ष र सदस्यहरुलाई समेत शपथ ग्रहण गराई कार्यभार सम्हाल्ने कार्यको थालनी भइसकेको छ । यसपटकको निर्वाचनमा केही नयाँ कार्यको थालनी, बिगतमा हुने गरेका कार्यहरुमा सुधार र केही कार्यहरुमा हुनुपर्ने कार्यहरु नभएर सम्पन्न भएको छ । समग्रतामा आधारभूत तहमा रहेका स्थानीय तह निर्वाचनमा केही छिटपुट घटना बाहेक स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न भएको छ । नेपालका लागि यो निर्वाचन आगामी निर्वाचनका लागि थप मार्गदर्शन गर्ने बाटो खुलेको र सकारात्मक पाइलातर्फ उन्मुख भएको अनुभूति गर्न सकिन्छ ।


निर्वाचन कानूनी ब्यवस्थामाथि आशंका
यस निर्वाचनमा राजनीतिक दलहरुको भूमिकामा अवश्य नै फेरबदल रहेको पाईन्छ । निर्वाचन हुने र नहुने आशंकाका बिच निर्वाचन आयोगको समयमै निर्वाचन गर्ने दृढ अठोटमा सरकारको तर्फबाट जुन सदासयता सुरुका दिनहरुमा देखिनुपथ्यो त्यो भने पक्कै नभएको आम महशुस भएको थियो । विगतमा तीन चरणमा भएका निर्वाचनका कारण तत्काल निर्वाचित जनप्रतनिधिहिरुको असन्तोष, गुनासा र न्यायिक व्यवस्थाका कारण आ –आफ्ना मतहरु प्रकट भई अन्यौलता श्रृजना भैरहेको अवस्था देखा परेको थियो । प्रमुख प्रतिपक्षी, कानूनका विज्ञ एवम् आम नागरिकमा कानूनमा भएको व्यवस्था जतिसुकै चरणमा निर्वाचन भएतापनि पहिलो चरणमा भएको निर्वाचनलाई नै सुरुवात बिन्दु मान्ने व्यवस्थाका कारण केही समयपछि मिति निर्धारण गरि निर्वाचन सम्पन्न भएको छ । लोकतन्त्रमा कानूनी शासनको महत्वको भार बढी हुन्छ । विधिको शासनबाटै राज्य र सरकार पद्धतिमा रहने भएकाले जनताका आवश्यकता, उद्देश्य र लक्ष्य प्राप्तिमा मद्दत पुग्ने हुन्छ । लोकतन्त्रमा आवधिक निर्वाचनमा जनताबाट आफ्नो मत प्रकट गरिन्छ, त्यसैबाट यसलाई थप मजबुत र दीर्घजीवि बनाउन सकिन्छ । लामो समयसम्म एकीकृत शासन पद्धति अपनाएको हाम्रो मुलुकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन पद्धति अवलम्बन गर्ने नेपालको संविधान, २०७२ ले आधारभूत तहको शासन व्यवस्थालाई मजबुत, दिगो, विश्वास र भरपर्दो बनाउन आवश्यक थियो । विगतको ईतिहासलाई कोट्याउने हो भने नेपालको संविधान २०४७ अन्तरगत भएको दोश्रो स्थानीय निकाय निर्वाचन २०५४ पश्‍चात लगभग १५ र १६ वर्ष स्थानीय निकाय पूर्ण निस्तेज र कर्मचारीहरुको भरमा सञ्चालन भएको पाईन्छ । जनप्रतिनिधि जो जनताको आयोगबाट छनौट ९क्भभिअतभम० हुने र निजामति जनशक्ति जो लोकसेवा आयोगबाट छनौट हुने ९क्भभिअतभम० र दुबैको सम्मिश्रणबाट शासन सञ्चालन हुने परिपाटी राज्य सञ्चालनका क्रममा रहन्छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र निर्वाचन सम्बन्धी कानूनले निर्धारण गरेका व्यवस्था अनुसार स्थानीय तहको निर्वाचन दुई महिनापछि सारेर भएपनि सम्पन्न भएको छ । यसलाई विधिको शासन अनुरुप भएको भनिहाल्न नमिलेता पनि आगामी निर्वाचनमा कानूनको पूर्ण परिपालना गर्ने र विधि अनुसार राज्य, सरकार र जनप्रतिनिधि अनुशासनमा रहनुपर्ने तर्फ विचार गरिनु सान्दर्भिक देखिन्छ ।


राजनैतिक दलहरुको भूमिका
यस निर्वाचनमा सबै राजनैतिक दलहरुमा देखिएको परपिक्वतालाई मनन गर्नै पर्दछ । यसका दुई प्रमुख कारणहरु हुन सक्छन् पहिलो सरकार सञ्चालनमा रहेका दलहरुको महागठबन्धनबाट चुनाब जित्ने आँकलन र दोस्रो प्रमुख प्रतिपक्षी दलले छोटो समयमा लगभग ५ वर्षमा २ वर्ष कोभिडको महामारी आफूले सम्पादन गरेका आधारभूत कार्यहरु जो समृद्ध राष्ट्र र सुखी नेपाली बनाउने अभियानमा कोशेढुंगा हुने विश्वास । यी दुई मुलभूत आँकलन र विश्वासका बीचमा के कस्ता भिन्नता र जोड्ने कार्य हुन्छन् ती विषयमा छुट्टै अध्ययन, विश्लेषण र अनुसन्धान गर्न उपयुक्त हुन्छ । यद्धपी राजनैतिक दलहरु, उनीहरुले छनौट गरेका उम्मेद्‍वार र अन्य स्वतन्त्र उम्मेद्‍वारहरुबाट यस पटकको निर्वाचनमा प्रकट भएका क्रियाकलापहरु केही स्थानलाई छोडेर समग्रमा सन्तोषप्रद देखिन्छन् । राजनैतिक दलहरुले चुनाबी अभियानका क्रममा आ(आफ्ना शैलीहरु कोही कम बोल्ने, कोही बढी बोल्ने, कसैका तिखा र आलोचनात्मक भनाई, कसैका नरम र कम आलोचनाका अभिव्यक्ति विचारहरुले कहाँ कहाँ र के कस्तो परिणाम ल्याउन भूमिका खेल्यो त्यस्को पनि छुिट्टै विश्लेषण गर्न सकिन्छ । तर एक नेताले अर्को पार्टीको नेताको आलोचना पार्टी भित्रका अन्तरघाती सदस्यबाट भएका क्रियाकलाप र जनतालाई धम्क्याउने र मत संकलन गर्ने जस्ता अभिव्यक्ति बिचारले मतदातामा फैलिएको आतङ्क र भद्दा मजाक यस पटकको निर्वाचनका क्रममा अवश्यै भएका छन् । कहाँ र के( कस्ता कार्यमा आलोचना गर्ने, किन र के का लागि मतदाता र सिंगो जनतालाई धम्क्याउने, किन र के का लागि असन्तुष्टि र अन्तरघात गर्ने जस्ता विषयहरुले लोकतन्त्रको गहना भनेर बुझिने र चिनिने निर्वाचन प्रणालि माथि नै अविश्वास पैदा गर्न जाने भई राजनैतिक प्रणाली माथि जनविश्वास घट्ने र नयाँ परिवर्तनका श्रृखंलाहरुको सुरुवाती हुने अवस्था तर्फ भने जिम्मेवार राजनैतिक दलहरु, नेताहरु, कार्यकर्ता र अलिक पर बसेर अनुगमन र मूल्याङ्कन गर्ने समर्थकहरु समेतले समयमै बिचारशिल बन्नु आवश्यक छ ।

निर्वाचन प्रकृयामा देखिएका कमजोरीहरु
विगतको भन्दा एक तिहाई कम समयावधिमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्ने बाध्यात्मक अवस्था निर्वाचन आयोगलाई थियो । निर्वाचनमा मुख्य रुपमा अन्य कार्यका अलवा निर्वाचन आयोग, उसले सम्पादन गर्नुपर्ने आन्तरिक काम कारवाही, सुरक्षा व्यवस्था, निर्वाचनमा खटनपटन गरिने जनशक्ति व्यवस्थापन, निर्वाचनमा प्रयोग हुने सामग्रीहरु र निर्वाचनका लागि चाहिने आर्थिक व्यवस्था मुख्य रुपमा रहेका हुन्छन् । छोटो समयमै अनगिन्ति कार्यहरुको व्यस्थापन गर्नु आफैँमा सकसपूर्ण कार्य भएतापनि निर्वाचन आयोग र त्यसको जनशक्तिले निर्धारित समयमै निर्वाचन सम्पन्न गरेको छ । तँ चिता, म पुर्याउछु भन्ने नेपाली लोकोक्तिलाई निर्वाचन आयोगले केही कमी कमजोरीका बावजुद सम्पन्न गरेको छ यसलाई सुखदै मान्नुपर्दछ । यद्यपी कमीकमजोरी नभएका भने होइनन् जस्तो मतदाता शिक्षाको कमीका कारण यस पटक धेरै मतदाता अन्यौलमा परि बदर मत संख्याको पारो बढेको छ, आगामी दिनमा सुधारको खाँचो छ । समयमै मतदाताले मतदाता परचिय पत्र नपाएको गुनासोहरु रहेका छन्, नयाँ थपिएका मतदाता नामावली समयमै राजनैतिक दलहरुले प्राप्त गर्न नसक्दा को( को मतदाता आ(आफ्ना वार्डमा, गाउँमा थपिएका छन् भन्ने जानकारी नपाएको समस्या र गुनासाहरु समेत आउने गरेकोलाई आगामी निर्वाचनका समयमा ख्याल राख्नु जरुरी देखिएको छ ।
यस निर्वाचनमा फरक फरक राजनैतिक दलहरुका आमसभाहरु, र्यालीहरु समय अभावका कारण एकैदिन एकै समयमा हुने कार्यले झडप र अशान्ति बनि सम्पन्न हुनु परपिक्वताको उदाहरण मान्न सकिन्छ । यसरि नै यस निर्वाचनमा भित्ते लेखन, पोष्टर र पम्पलेटीङले कुरूप बनाउने सडक, चोक, गल्लीहरुले उन्मुक्ती पाएका छन । जस्लाई आगामी निर्वाचनमा समेत निरन्तरता दिनु उपयुक्त देखिन्छ । यसका वावजुद प्रचार प्रसार गर्ने समय ज्यादै थोरै भएको गुनासाहरु, पोष्टर, पम्पलेटिङ, भित्ते लेखन, टिसर्ट, क्याप आदिमा हुने खर्चहरु रातारात गरिबका झुपडी र वस्तीमा वितरण गरिएका गुनासाहरु, आ(आफ्ना क्षेत्रमा सडक मर्मतका लाग गिट्टिी र बालुवाको ओसारपसार, ह्‍यूम पाइप विच्छ्याउने र स्तरोन्नती गर्ने कार्यहरु, एक अर्कामा दोषारोषण गरिएका दृष्यहरु अवलोकनका लागि अनुकरणीय कार्यहरुको अनुगमन गर्ने अवस्था समेत पाइयो । एउटा वार्डका मतदाता अर्को वार्डमा नाम लेखाएर जित्ने प्रपञ्च भएका समेत गुनासाहरु निर्वाचनका प्रकृयाहरुमा देखा परेका छन् । कुनै उम्मेद्‍वारले प्रचाररप्रसारका सामग्रीहरुमा तुल, व्यानर, र तोरण बनाएर टाङ्ग्यो भन्ने जस्ता र हामी पनि त्यसै गर्छौ भन्ने गुनासाहरु नआएका होइनन । विगतको एक दिन मात्र उम्मेद्‍वारी दर्ता गर्ने परिपाटीमा संशोधन भई दुई दिनको म्याद दिदाँ पनि अन्तिम दिन र अन्तिम समयमै सबै दल र स्वतन्त्र उम्मेद्वारहरुको मनोनयन पत्र दाखिला गर्ने अवस्थाले भीडतन्त्र बढ्न गई निर्वाचन अधिकृतको कार्यालयमा खटएिका जनशक्तिलाई कार्यसम्पादनमा हम्मे हम्मे परि समस्याहरु परेको तर्फ निर्वाचन आयोगले आगामी दिनमा सुधार गर्नुपर्ने देखिन्छ ।
थोरै जनशक्ति र कम आर्थिक सुवधिाका बाबजुद पनि यस निर्वाचनलाई के सरकारी कर्मचारी, के सुरक्षाकर्मी सबैले आफ्नै गाँउठाउँको लोकतन्त्रको स्थायित्वका लागि हो भन्ने मनन गरि सारङ्गी जस्तो पेट र नाङ्गो शरीरद्वारा निर्वाचन प्रक्रयालाई निस्पक्ष, धाँधलीरहित स्वच्छ, निष्पक्ष वातावरणामा सम्पन्न गरिनु कम चुनौतिपूर्ण कार्य होइन । यसलाई राज्य, सरकार र निर्वाचन आयोगले समयमै ध्यान दिई व्यवस्थापन गरिनु न्यायोचित ठहरिनेछ ।


मतदान र मतगणनामा देखिएका दृष्यहरु
यस निर्वाचनमा प्रत्येक मतदान केन्द्रमा एकदेखि हजार र बाह्र सय सम्म मतदाता रहे अनुसार दुईवटा मतपेटिकाको व्यवस्था गरि एउटा मतपेटिकामा पाँचसय सम्मको मतपत्र राख्न सकिने व्यवस्था गरिएको छ । मतदान कार्यमा मतदान अधकिृत, सहायक कर्मचारी, स्वयंसेवक र बुथ अनुसार सुरक्षाकर्मी निजी घेरामा नेपाल प्रहरीको कमाण्डमा म्यादी प्रहरी, सोभन्दा बाहिरी घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालन भइ मतदान कार्य सम्पन्न भएको छ । मतदान कार्य विहान ७ बजेबाट अपरान्ह ५ बजेसम्म मतदान केन्द्रमा लगाइएको घेराभित्र प्रवेश गरेका मतदातालाई मतदान गर्ने व्यवस्था मिलाइएको छ । मतदान कार्य सकिएपछि अन्य मतपत्र सिलबन्दी लगायतका कार्य सम्पन्न गरी तोकिएका निर्वाचन अधिकृतको कार्यालयबाट गणना गर्ने स्थलमा सम्बन्धित मतदान अधिकृतबाट बरबुझारथ गर्ने कार्य गरिएको थियो । प्राप्त मतपेटिकाको बिर्काे भएका स्थानमा ५ वटा नम्बर सहितका नयाँ प्रविधिको सील लगाएका मतपेटिका बुझाउने कार्यपश्चात सम्बन्धित मतगणना स्थलमा निर्वाचन अधिकृतबाट राजनैतिक दलका र स्वतन्त्र प्रतिनिधिहरुको उपस्थितिमा मतगणना कार्य तत्काल गर्ने व्यवस्था गरिएको थियो । मतगणना स्थल सीसी क्यामेरा र तारजालीबाट घेरा लगाई गणना गर्ने कार्यले विगतमा देखिएका मतपत्र च्यात्ने, चपाउने र अन्य क्रियाकलापबाट सुरक्षित बनाउने कार्यमा मद्दत पुगेको महशुस गर्न सकिन्छ । सिसि क्यामेरा निर्वाचन आयोगबाटै टेण्डर प्रक्रियाबाट मुख्य निर्वाचन अधकिृत, प्रदेश र निर्वाचन आयोगका जिल्ला स्थित कार्यालय एवम् निर्वाचन आयोगबाट अनुगमन गर्ने व्यवस्था मिलाइएको थियो । गणनाका समयमा आफूले चाहेजस्तो मत नआउदा रिसाउने, घुर्की लगाउने, दाह्रा किट्ने, कर्मचारीलाई दुर्व्यहार गर्ने, ठुलठुला स्वरले होहल्ला गरि अशान्ति मच्चाउन खोज्ने, नियतहरु समेत अनुभव गर्न पाउने अवस्था रहेको पाईन्छ ।


परिणाम र भूमिका
यो लेख तयार गर्दा सम्म स्थानीय तह ७५१ स्थानको निर्वाचनको परिणाम प्राप्त भइसकेको छ । प्राप्त परिणाम अनुसार नेपाली कांग्रेसको अध्यक्ष र प्रमुख ३२८, उपाध्यक्ष र उपप्रमुख ३०१, वार्ड अध्यक्ष २६५८ र सदस्यहरु १०४३६ सहित पहिलो स्थान हासिल गरेको छ । नेकपा एमाले अध्यक्ष र प्रमुख २०५, उपाध्यक्ष र उपप्रमुख २३९, वार्ड अध्यक्ष २१२७ वार्ड सदस्यहरु ७२९८ सहित दोस्रो स्थान प्राप्त गरेको छ । नेकपा माओवादी अध्यक्ष र प्रमुख १२१, उपाध्यक्ष र उपप्रमुख १२६, वार्ड अध्यक्ष १०५३, वार्ड सदस्यहरु ३७४२ सहित तेस्रो पार्टी बनेको छ । अन्य राष्ट्रिय स्तरका पार्टीहरु जसपा अध्यक्ष र प्रमुख ३०, उपाध्यक्ष र उपप्रमुख ३१ वार्ड अध्यक्ष २९५ वार्ड सदस्यहरु ११९ र नेकपा एकीकृत समाजवादी अध्यक्ष र प्रमुख २०, उपाध्यक्ष र उपप्रमुख २४, लोसपाको अध्यक्ष र प्रमुख १६ र उपाध्यक्ष र उपप्रमुख १२ र स्वतन्त्र अन्य अध्यक्ष र प्रमुख ३१, उपाध्यक्ष र उपप्रमुख १८ वार्ड अध्यक्ष ५९० र सदस्यहरु २०९० प्राप्त गरेको अवस्था छ ।
यस परिणामबाट गठबन्धनबाट बढी लाभ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई पुगेको तथ्याङ्‍कबाट देखिन्छ । राजनितिमा आवधिक निर्वाचनले कुनै समय कुन पार्टी र कुनै समय कुन पार्टीलाई बिजयी र उप विजयी बनाउँछन, यसलाई स्वभाविक प्रक्रिया हो भन्ने बुझाइ हुनुपर्दछ, तब मात्र राजनीति गरेको ठहरिनेछ । कुनै समय जनताले विजय र पराजयको श्रेणीमा पार्टीलाई राख्दछ । यसलाई अन्यथा ठान्नु उपयुक्त हुँदैन । मुख्य कुरा विजयी हुनेले उन्माद गर्ने र उपविजेताले निराश बन्नु हुँदैन । संयमता र धैर्यताबाटै जनताको भावनको कदर गरिनु पर्दछ । एकपटक मतबाट पराजयको स्थानमा पुग्ने वित्तिकै पातालमै पुगियो भन्ने र विजयको स्थानमा पुग्नेले सधैं भरी गगनचुम्बी नै प्राप्त गरे भन्ने ढंगको सोच कदापी निर्माण गर्नु हुन्न । सरकारमा रहेर गठबन्धन गरिनु उचित नहुने र प्रतिपक्ष वा सरकार बाहिर रहनेले मात्र गरिनु उपयुक्त हुने दुबै धारणा गलत हुनसक्छन् । यसतर्फ जिम्मेवार राजनीतिक दलहरुले समीक्षा गरि आगामी धारणा बनाउनु उचित हुनेछ ।
निर्वाचनका क्रममा छिटपुट घटनाहरु नभएका होइनन । निर्वाचन कार्यक्रम प्रकाशित हुने समय, उम्मेद्‍वार छनौट र दाखिला गर्ने समय, आचारसंहिता पालना गर्ने कार्यका समय, मतदान केन्द्रका समयमा भएका असन्तुष्टीहरु, मतदान गरिसकेपछि मतपत्रमा संकेत गरिएकोलाई जिम्मेवार दलका प्रमुखहरुले सार्वजनिक गर्ने कार्य, मतपेटिकामा लगाइएका सील उल्टो प्रयोग गरिएका कार्यहरुलाई निर्वाचन आयोगको निर्णयले सील लगाइएका नम्बरहरु ठीक भएमा त्यसलाई अन्यथा भन्न नमल्निे भएकाले मतगणना गर्नु भन्नु हल्का, आशंकति र गैह्र कानूनी निर्णय गरिनु जस्ता छिटपुट घट्नाले संस्था र कार्यरत निकाय प्रतिको विश्वासनियता प्रति स्खलन आउने कार्यमा सबै पक्षबाट आगामी समयमा ध्यान पुर्याउन सक्नुपर्दछ । मतगणना कार्यमा खटिने कर्मचारीहरुबाट मतगणना फाराममा लगाईने रेजा र सोको गणना हुँदा सचेतना अपनाई कार्य सम्पादन गरिनु र भरपर्दो बनाउने भूमकिा निर्वाह गरिनु पर्दछ ।
अन्त्यमा आवधिक निर्वाचन जनताको ईच्छा, आकांक्षा र अभिरूची बुझ्ने महत्वपूर्ण खुड्किलो भएकाले यसतर्फ सम्बन्धित सरोकार ति पक्ष सजग रहनै पर्दछ । विश्वास माथि कुठराघात हुने कार्यले न त लोकतन्त्र बलियो बन्ने छ न त देशले समृद्धि र नेपाली जनताको मुहारमा खुशीयालीको परिवर्तन ल्याउने छ । सुधार र परिवर्तन गर्न सकिने उदाहरण अन्य सुविधाका अलावा यस पटकको निर्वाचनले निर्वाचनको कार्यमा खटिने जनशक्तिलाई कन्जुस्याँई गरि आफ्नै पिताजीको अंश अर्कोलाई बाड्नु परेजस्तो गरि श्रमिकको श्रमशोषण गर्ने तितो र यथार्थ कार्यका बावजुद पनि समयमै सम्पन्न गरि संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने थालनीको श्रीगणेश अवश्य नै भएको छ । सबै पक्ष, दलहरु, नेताहरु, बुद्धजिवी र विज्ञहरुबाट आगामी दिनमा अझ बढी वैज्ञानिक, व्यवहारिक र स्वच्छ र धाँधली रहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सकिन्छ भन्नेतर्फ ध्यान दिन सक्नु नै साँचो अर्थमा निर्वाचन सम्पन्न भएको ठहरिने विश्‍वास गर्न सकिनेछ ।