प्रधानमन्त्रीको अडानः एसपीपी सम्झौतामा हस्ताक्षर नगर्ने


असार १ गते, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनका शीर्ष नेतालाई अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौतामा हस्ताक्षर नगर्ने आश्वासन दिनुभएको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको भेटवार्तामा देउवाले यस्तो आश्वासन दिनुभएको हो । अध्यक्ष नेपालले देउवालाई यो विषयको बारेमा अगाडि नबढ्न सुझाव दिनुभएको थियो ।

अध्यक्ष नेपाल सहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसंगको भेटमा प्रधानमन्त्री देउवाले अहिले एसपीपी सम्झौतामा हस्ताक्षर नगर्ने बताउनु भएको हो । अहिले सत्ता गठबन्धनको बैठक बसिरहेको छ भने नेकपा एकीकृत समाजवादीको स्थायी कमिटिको बैठक बसिरहेको छ ।

बैठकमा यस विषय बारेमा कुरा उठ्ने बुझिएको छ । एसपीपीको मस्यौदामा हस्ताक्षर नगर्न भन्दै बुधबार एकीकृत समाजवादी निकट विद्यार्र्थी संगठन अनेरास्ववियूले एक विज्ञप्ति सार्वजनि गर्दै सरोकारवालापक्षलाई ध्यानाकर्षण गराएको थियो ।