बैशाख ३१, काठमाडौ । जनताले लडेर ल्याई दिएको गणतन्त्रमा मुलधारका पार्टी नेताहरुले लामै साशन गरे, अहिले पनि मुलधारकै नेताहरुले मुलुकको बागडोर चलाईरहेका छन, सम्पत्ति कमाई रहेका छन अनि मोजमस्ति पनि गरीरहेका छन । तर जनता गाँस, बास र कपासकैलागि अझै संघर्ष गरीरहेका छन, केहि पाएका छैनन् । उनीहरुको जीबनमा कुनै परिबर्तन आयको छैन । त्यति हुँदाहुँदै पनि जनताले चित्त बुझाई नबुझाई भनिरहेका छन, लोकतन्त्र बलियो होस, अब फेरी आन्दोलन गर्न नपरोस्, राजनीतिक यिस्थाईत्व होस, शुसासन होस, समृद्धि आवस, मुलुक सबै कुरामा आत्मनिर्भर बनोस, देशमै रोजगारी होस् ।
कानुनी राज चलोस्, नेताहरुको आचरण र ब्यबहार बदलियोस, स्वास्थ्य, शिक्षा, सडक, पानी, बत्तिलगायत भौतिक पुर्बाधारका बस्तुहरु सहजरूपमा उपभोग गर्न पाइयोस्, सहिदहरूको सपना र विगतको संघर्षलाई नेताहरूले नभुलुन् भन्ने सोचेका थिए । तर अहिले सम्म भयो सबै उल्टो । मुलुक खाद्यान्य, तरकारी, फलफुलदेखि सबै कुरामा परनिर्भर छ । व्यापार घाटा बढ्दैछ । उद्योग कलकारखाना धरासयि छन,सञ्चालनमा छैनन् ।
स्वास्थ्य र शिक्षा दुई खालको छ । विकासको नाममा विनास निम्त्याउने काम भइहरेका छन्, भ्रष्टाचार चरम छ,मुलुकका सार्वजनिक संस्थानहरू भ्रष्टहरूको हातमा छन । मुलुकमा सुशासनको संकट छ, त्याग र इमानको कमि भैरहेको छ, डनवाद र धनवाद अनि हाटहुटे र डाड.डुड. ले इमान, आर्दश र नैतिकत्तालाई खाईदिएको छ । जसले गर्दा हिजोको जनसंघर्ष र सहिदका सपनालाई भुल्ने काम भइरहेको छ । जसले गर्दा जनताले नेताहरूले काम गरेनन्, देश बिगारे,नेताहरू चोर, फटाहा, बदमास हुन् भन्ने कुरा चौक, चौतारो, धारा, पँधेरा, चिया पसलहरूमा हाकाहाकि सुनिन थालेको छ । जुन कुरा नक्कलि भुटानि शरणार्थि भ्रष्टाचार काण्डले पुष्टि समेत गरेको छ । यो राम्रो कुरा पटक्कै होइन । यद्यपि अहिले प्रचण्ड सरकारले केहि गर्छ कि भन्ने आस जनतामा पलाएको छ । किनकि हिजोका दिनमा पर्दा पछाडि बसेर, भ्रष्टाचार गर्ने अनि अकुत सम्पत्ति कमाउने थुप्रै ठुलामाछाहरु समातिन्छन, कारबाहिको दायरामा आउँछन भन्ने सुखद सन्देश प्रचण्ड सरकारले दिएको छ, नक्कलि भुटानि शरणार्थि प्रकरणमा । जुन प्रकरणमा पुर्ब गृहमन्त्री, गृहसचिब, गृहमन्त्रालयका उच्च पदस्थ कर्मचारीदेखि राजनीति पहुँचका अधारमा ओहोदामा बसेका पार्टीको हाई प्रोफाईलमा बसेर काम गरेका नेतादेखि तिनका आडमा राज्यकोष दोहन गर्ने उनीहरुका छोराछोरि, कमिसनको खेलोफड्को मिलाई दिने आसेपासे समेत समातिएका छन । जसलाई कानूनि कारबाहि समेत भैरहेको छ ।
त्यतिमात्रै होइन पार्टीका अध्यक्षदेखि पुर्बपन्त्री पुर्बप्रधानमन्त्रीका श्रीमतिहरुले उनीहरुको शत्तिको आडमा गरेका जघन्य अपराध समेत बाहिर आउने र उनीहरुको अहंकार एवं अपराध कर्मको फल भोग्नुपर्नु परिस्थिति आउने होकि भन्ने देखिएको छ । यसले एकातिर उनीहरुलाई सचेत बनाएको छ भने अर्कोतिर यो घटनाले अब मुलुकमा केहि परिबर्तन होला, नेता र ओहोदामा बस्ने कर्मचारीहरुका आचरण र ब्यबहार फेरीएला, सुशासन र समृद्धि आउला कि भन्ने झिनो आशा पलाएको छ ।
यो आशालाई प्रचण्ड सरकारले कुनै दवाव र प्रभावमा नपरी जो जो जस्तो सुकै पद र ओहोदामा भएपनि सत्यतथ्य पत्ता लगाएर दाषि नछुटने, निर्दोष नपर्ने ठुलो सानोको विभेद नदेखिने गरी कानून कार्यान्वयन भयो वा हुने अबस्था भयो भने यसले मुलुकको हिजोदेखिको विक्रिति, बिसंगति, अद्योगति र गरीबीको क्रमभंग हुनेछ, अनि समृद्धिको यात्रा आरम्भ हुनेछ, जनताले परिबर्तनको अनुभुति गर्नेछ, कानूनि राज्यको अनुभुति हुनेछ । यसले प्रचण्ड सरकारलाई त संजिबनि बुटि नै हुनेछ भने देश र जनतालाई पनि ठुलै राहत मिल्नेछ । त्यसैले, वर्तमान सरकारले यो कुरालाई बहुतै सोचेर, सम्झेर, बुझेर खुटा नकमाई काम गर्नुपर्छ । यो अबसरलाई सहि रुपमा उपयोग गर्न सकेमा प्रचण्ड राजनेतामा गनिने छन । यसर्थ प्रचण्ड सरकारलाई यो अबसर र चुनौति हो ।