श्रीमान् सम्पादक ज्यू,
छलफल साप्ताहिक
भक्तपुर । नारायणमान बिजुक्छें सच्चा इमान्दार नेता र वहाँको नेतृत्वमा रहेको ने.म.कि.पा.को भक्तपुरमा भक्तपुर नगरपालिकाको एकछत्र शासन छ । भक्तपुर नगरपाललिका र त्यसले सञ्चालन गरेका ख्वप वीङ्गका कलेजहरु र ख्वप अस्पताल सबैमा नेमकिपाका कार्यकर्ताहरु मात्र धेरै मात्रामा कर्मचारी छन । भ्रष्टचारमा शुन्य सहनशीलता अपनाउने भक्तपुर न.पा.को पहिचान हो भन्छन तर त्यहाँ हुने गरेका भ्रष्टचारका बारेमा बोल्न सबै डराउँछन । नेमकिपाको बिरोध गरेको भनी सामाजिक बहिष्कार गर्ने डरले बोल्न सकेको छैन । तर बिगतदेखि नै भ.न.पा.केही गन्हाएका भ्रष्ट र आचरणहिन कर्मचारीहरुको सन्दर्भमा बारम्बार प्रश्नहरु नउठेको पनि होईन । बेला मौकामा त्यस्ता भ्रष्ट कर्मचारीहरुलाई कारबाही गर्न पिडित नगरबासीहरुबाट मेयर, अख्तियारमा र नेमकिपाको पार्टी कार्यालयमा उजुरीहरु परेको पनि सुनिन्छ । तर त्यस्ता बिषयमा छानबीन वा कारबाही किन हुँदैन ? भक्तपुरमा भ्रष्ट र आचरणहीन कर्मचारीले स्थान पाउनु हुँदैन ।
भ.न.पा.वडा नं.१० का सामान्य जाँचकी वडा निरिक्षक रामकृष्ण प्रजापति भ्रष्ट मात्रै छैन आचरणहिन पनि छ । उनको नाम भन्नलाई र उजुरी हाल्नलाई सबै डराउँछन । एउटा सामान्य खरदार कर्मचारीको १० औं करोडको अकुत सम्पति कहाँबाट आयो , न उनको ब्यापार ब्यबसाय छ, न उनको परिवार नै ब्यापारी छन । उनको भ्रष्टाचार गर्ने शैली सबैलाई थाहा छ । घरको नक्सापास प्रक्रियामा नक्सा नमिलेको भनेर र अनियमित निर्माण भएको भनेर मोलमोलाई गर्ने सबैलाई थाहा छ । उनले समाउने फित्तामा एक फिट फित्ता नै पुग्दैन । नपुग्ने फिताले नापेर नक्सा कसरी मिल्छ ? जिउ साँढे जस्तो बोली ब्यबहार पनि त्यस्तै । उनको क्षेत्रमा पर्ने घर निर्माणकर्ताहरु सबैले उनलाई हरेक घर निर्माणमा एक दुई लाख नबुझाएमा घर नै बनाउन नदिने गरी दुःख दिएको गुनासो पटक पटक न.पा.मा गर्दा नि केही सुनुवाई गरेन । तै चुप मै चुप घर बनाउनेको बाध्यता । नकसा आकारप्रकास भनेजस्तै ठ्याकै नमिल्ने अलिअलि फरक भईहाल्ने त्यसमा पनि एक फिट फित्ता नै नपुेकोले नापेपछि नापनक्सा मिल्ने कुरै भएन । नक्सा मिल्दैन नाप मिल्दैन नमिलेसम्म घर बनाउन काम नगर्नु उर्दी भईहल्छ । बनाए भत्काई दिउँ भनी धम्की दिईहाल्छ । खुसुक्क कमलबिनायक टाइम्स रेष्टुरेष्टमा, नगरकोट सडकको दुवालको खाजाघरमा भेट्नु कुरा गरौंला भनी बोलाउने गर्दछन । भट्टी तथा रेष्टुरेन्टहरुमा भेट्छन १२ बोटलसम्म बियर भ्याउने उनले । खाको जम्मै सेवाग्राहीलाई तिराउने गरी आएका छन । उनको जग्गा मुद्दामा घुस ख्वाएर मुद्दा मिलाउन कमल बिनायक हलनेरमा उपतयका बाहिरबाट आएर बसेका शाक्य परिवारसंग बर्षाै अगाडि लाखौं मागेका थिए । घुस नदिएको भनी निर्माण गरी सकेको पेटी नै भत्काई दुःख दिए । नियम बिपरित निर्माण थिएन । ६ र ७ का वडा अध्यक्षहरुले पेटी भत्काएको नमिलेको देखेपछि दिएको उजुरी नै उनले गायब पारेका छन । अनियमित भएको भनी जथाभाबी भत्काई हाल्ने र भ्रामक समाचार यसैले बनाई एबिसिडी अनलाईनमा हाल्ने मनलाग्दी लेख्ने अनि फेक नामबाट समाचार सार्वजनिक गरी सेवाग्राहीको बेइज्जत गराई हाल्ने उनको कर्तुतले अधिकांश नगरबासीलाई दुखित छन ।
न.पा.ले उनलाइ खटाएको अर्काे काम पनि काईदाको छ । बिशेष गरी चाँडवाँडको बेलामा गरिने पसल अनुगमन । उनले हरेक अनुगमनको ब्यक्तिगत समाचार बनाउँछन र अनुगमनबाट केही न केही त खोट अबश्य देखाउँछन । त्यसैलाई ठुलो बनाएर समाचार आउँदा सामान्य ब्यापारीहरुको टाउको दुख्ने गरेको सबैजसो ब्यापारीहरुको गुनासो छ । छानबीन नै नगरि एक्कासी समाचार बनाएर दुःख किन दिन खोजे भनेको त कमाउधन्दा पो रहेछन । जुन जुन पसलमा अनुगमन गरिन्छन त्यहीं त्यहीं पसलमा पछि उ एक्लै पुग्छन । खाम र जे जो छ ब्यबस्था गर्नु डराउनु पर्दैन म छु नि भन्छन । ब्राण्डेड रक्सी , मिठाई, मासु, खाद्य सामान, फलफुल उनको घरमै पुग्छन सित्तैमा खामबन्दी घुस रकम पनि । उनको जागीर त यस्तो पो रहेछन । अनि ने.म.कि.पा.को हरेक कार्यक्रममा उ नै ऋषि धमला सरी देखा पर्छन । पाएजति घिच्छन भनी गुनासो ब्यापारीहरुले गरेका छन । के यो भ्रष्टचार होईन ? सहकारीमा अनुगमन गएर लाखौं लाख रुपैंयाँ घुस खाएका छन ।
यो मान्छेको दखाउने दाँत नेमकिपा तर अर्कैबाट पालित पोषित र परिचालित हो ।
भ.न.पा.मा जागीर खाने, सहकारी अनुगमनमा पनि उ नै देखापर्ने, कमल बिनायक र च्याम्हासिंह ब्रम्हायणी रोडका थुप्रै सहकारीबाट लाखौं असुलेका छन यी त डाँका नै हुन । सुभज्योति, शिबशिखर, जनशक्ति, सिवालय, स्वप्नशील , केदारनाथ लगायत सहकारीबाट ५० औं लाख गैरकानुनी रुपमा यीनले घुस रकम बुझेका छन । ती सहकारीहरुकै अधिकारहिरुले नाम नबटाउने शर्तमा गुनासे ब्यक्त गरेका छन । उ जता गयो उत्तै सबैतिर अनियमितता र भ्रष्टाचार एक दुई रुपैंयाँ र एक गिलास चिया रक्सी जे पनि बाँकी नराख्ने, खाएकै थालमा हगेर हिड्ने खराब आचरण र भ्रष्टाचारका पोका भएर बसेका यीनले गुनासो गरेजतिको उल्टो बदनाम गर्न फेक नामबाट जे बायो त्यो लेखेर समाचार छाप्छन । ३।४ बर्षमै १० औं करोडको घर, जग्गा सुर्यबिनायक, तुमचो प्लानिङ्ग, सिन्धुली, निजगढ लगायतमा अकुत सम्पति जोडेका छन । कहाँबाट आयो उनको त्यो श्रोत नखुल्ने जग्गा जमिन सम्पति । कहाँबाट आउँछ त्यत्रो अकुत सम्पति ? छानबनि गरी कार्यबाही हुनुपर्याे ।
पीडित नगरबासीहरु